इनरुवा। नेपाली काँग्रेसका केन्द्रीय सदस्य, सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले आफू बोलेको कुरा पूरा गर्ने व्यक्ति भएको बताएका छन् । साेमबार भोक्राहा नरसिंह गाउँपालिका-८ मा लोकतान्त्रिक बाम गठबन्धनको चुनावी प्रचारप्रसार आयोजित कार्यक्रममा बोल्दै उनले भने ‘म जे गर्छु त्यो बोल्छु, बोलेको कुरा पूरा गर्छु ।`

आफूले यस क्षेत्रका जनतासँग ०७४ सालकाे निर्वाचनमा बाेलेका ८० प्रतिशत काम पुरा गरेको कार्कीले बताउने गरेका छन् । हामीले यस क्षेत्र जनताको हरेक दु:ख र सुखमा साथ रहदै अाएकाे र अगामी दिनमा पनि रहने जनतासँग बाचा गरेकाे कुरा पूरा गर्ने उनको कथन छ । चुनाव जित्नका लागि जनतालाई भ्रममा पार्ने नेताहरु सफल नहुने र त्यस्ता उम्मेदवारलाई जनताले समयमै चिनिसकेको मन्त्री कार्कीले बताए ।सुनसरी निर्वाचन क्षेत्र नं-४ मा नेपाली काँग्रेसबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार ज्ञानेन्द्र बाहादुर कार्कीले आफ्नो चुनावी प्रचारप्रसारलाई निरन्तरता दिरहेका छन् ।

घरदैलोमा मन्त्री कार्कीले सबै वडावासी समक्ष पुगिरहेका छन् । सोही क्रममा सोमबार बिहानैदेखि भोक्राहा नरसिंह गाउँपालिका वडा नं ६,७ र ८ स्थित लगायतका स्थानमा मतदातासँग भेटघाट गरेका थिए।भेटघाटका क्रममा यहाँका मतादाताले गरेको भव्य स्वागत र जनसागर उर्लिएको देख्दा जित सुनिश्चित भइसकेको उनले दाबी छ । ‘मंसिर ४ गते एक दिन मलाई सहयोग गर्नुहोस् म तपाईंहरूको पाँच वर्ष सेवक बन्ने छु,’ मन्त्री कार्कीले जनतासँग प्रतिवद्धता गरेका छन् ।उनले थपे, ‘म यो क्षेत्रमा तपाईंहरूको काम गर्न आएकाे हुँ, काम गरेरै छाड्छु ।’ उनले भने, ‘म झुठ बोल्न जान्दिन जे गर्छु त्यहीँ बोल्छु ।’
इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...








