इनरुवा । निर्वाचनको मिति आउन दुईहप्ता बाँकी हुँदा सुनसरी क्षेत्र नम्बर–४(ख) बाट प्रदेशसभा सदस्य पदमा उम्मेदवारी दिएका हाजी डाक्टर इसराईल मंसुरी अहिले घरदैलो अभियानमा व्यस्त तीव्रता दिएका छन् । सत्तारुढ गठबन्धनमा नेपाली कांग्रेसको तर्फबाट सुनसरी–४(ख) मा उम्मेदवारी दिएका मंसुरीको भोक्राहा नरसिंह गाउँपालीका क्षेत्रमा लोकप्रिय छवि बनाएका राजनीतिज्ञ हुन । समाजसेवाबाट राजनीतिमा लागेर स्वच्छ छवि बनाएका उनी जनताका समस्या समाधान गर्न कटिबद्ध भएर काम गर्दै आएका छन् । जागिरे जीवनमा स्वास्थ्यकर्मी भएर समाजमा दिएको योगदानका कारण अहिले उम्मेदवार मन्सुरी जनताको रोजाईमा पर्न सफल भएका छन् ।
उनलाई नेपाली कांग्रेस पार्टीका नेताकार्यकर्ताहरुले मात्रै नभई अन्य पार्टीमा लागेका व्यक्तिहरुले समेत समर्थन गरिरहेका छन् । उनीहरू भन्छन् हामी मंसुरीलाई पार्टी भन्दा पनि व्यक्तिलाई हेरेर मतदान गर्ने पक्षमा छौं,किनभने समाजमा उहाँले अतुलनीय योगदान दिनुभएको छ र आगामी दिनमा समाज रुपान्तरण गर्न मन्सुरीबाहेक अन्यको विकल्प छैन । । उनलाई नेपाली कांग्रेसमा आवद्ध रहेका सर्वसाधारण र अन्य पार्टीमा आवद्धमा रहेका व्यक्तिहरुले पनि मतदान गर्ने तयारीमा छन् । समाजमा लोकप्रियताका कारण मंसुरीलाई आगमी मंसिर ४ गते हुने निर्वाचनमा चुनाव जित्न खासै चुनौती नरहेको स्थानीय बताउँछन् । मत माग्न जाँदा हसिलो अनुहार र नम्र स्वभावबाट प्रस्तुत हुने मन्सुरी सुनसरी क्षेत्र नम्बर ४ (ख ) का मतदाताहरुमाझ लोकप्रिय छन् । सबैको माया, स्नेह र प्रेमले आउँदो मंसिर ४ गते हुने निर्वाचनबाट लोकतान्त्रिक बाम गठबन्धनबाट उम्मेदवारी दिएका सबै उम्मेदवारहरुलाई चुनाव जित्न सहज हुने मन्सुरी बताउँछन् ।
समाजसेवाबाट राजनीतिमा उदाएका मन्सुरी को हुन ?
२०३२ साल मंसिर १६ गते सुनसरी जिल्लाको साविक भोक्राहा गाविस वडा नम्बर ६ हाल भोक्राहा नरसिंह गाउँपालीका वडा नम्बर ४ मा जन्मिएका हुन मन्सुरी । उनको बुवाको नाम सुलेमान मियाँ र आमाको नाम हमिदन खातुनको हो । बिए लिएर स्नातक गरेका मन्सुरी सुरु सुरुमा स्वास्थ्य क्षेत्र हुँदै समाजसेवीको छविमार्फत राजनीतिमा लागेका व्यक्ति हुन । २०४८ सालमा एसएलसी गरेका मन्सुरीले २०५१ सालमा अहेव उतिर्ण गर्दै लाेकसेवा उतिर्ण गरी नेपाल सरकारकाे स्वास्थ्य मन्त्रालय अन्तर्गत २१ वर्ष ११ महिना स्वास्थ्य क्षेत्रमा काम गरेका थिए ।
कामको सिलसिलामा उनी ४ वर्ष भाेजपुर स्वास्थ्य कार्यलय अन्तर्गत विभिन्न स्वास्थ्य चाैकी प्रमुख भइ काम काज गरेका थिए भने लगभग १८ वर्ष स्वास्थ्य अन्तर्गत भाेक्राहा स्वास्थ्य चाैकी प्रमुख भइ जन्ताकाे स्वास्थ्य अवस्था सुधार गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । नेपालमा पहिलो पल्ट जनताकाे आवश्यकता र गरिबीकाे कारण सहज स्वास्थ्यमा पहुचको लागि (HOLLAND मा स्थापित) अन्तर्राष्ट्रिय गैरसरकारी संस्था “करूणा फाउन्डेसन” नामक संस्थासंग समन्वय गरी २०६६ सालमा “स्वास्थ्य बिमा कार्यक्रम” भाेक्राहा बाट सुरुवात गरेपछि उक्त कार्यक्रम ३ जिल्लामा सुरू भई हाल नेपाल सरकारबाट देश भरी स्वास्थ्य बिमा संचालनमा रहेकाे अवस्था छ । २०७३ सालमा सेवाबाट निवृत्त भई जनताकाे समस्याहरू समाधान काे लागि दिन रात केहि न भनि ओहाेरात रूपमा लागि रहेका कारण मन्सुरीको पक्षमा जनता देखिएका छन् ।
स्वास्थ्य क्षेत्रसँगसँगै नेविसंघबाट राजनितिमा लागेका मन्सुरी, नेपाल स्वास्थ्यकर्मी संघ, नेपाल मुस्लिम संघ हुदै क्षेत्र सदस्य हुदै हाल जिल्ला सदस्य भइ काम गर्दै आइरहेका छन् । भाेक्राहा सहकारी समन्वय समितिका अध्यक्ष हुँदै जिल्ला सहकारी संस्थाकाे जिल्ला सदस्य समेत भएका व्यक्ति हुन मन्सुरी । सुनसरी सदरमुकाम सदरमुकामकाे सबै भन्दा पुरानो बिद्यालय भगबती माध्यमिक विद्यालयकाे ब्यवस्थापन समितिकाे अध्यक्ष भइ शिक्षा क्षेत्रमा उल्लेखनीय सुधार गर्दै असल र कुशल रणनीतिबाट उनले बिद्यालयका अन्य बिभिन्न समस्याहरुलाई समाधान गर्न सफल भएका छन् । किसानहरुलाई सहज हाेस भनेर सहकारी संचालन गरी मन्सुरीले सहकारीमार्फत किसानलाई सेवा दिइरहेका छन् । सोही क्रममा भाेक्राहा नरसिंह वडा नम्बर ६ मा सजिलो कृषि सहकारी संचालन गरी किसानहरुलाई सहुलियत दरमा खाद,मल,बिउ लगायतका अन्य कृषि सामाग्रीहरू उपलब्ध गराउन अहम् उम्मेदवार मन्सुरीले महत्त्वपूर्ण योगदान दिइरहेका छन् । यस्तै भोक्राहा नरसिंह गाउँपालीका वडा नम्बर ७ मा संचालित मदरसा दारूल फूर्कान मन्सुरीकै पहल संचालनमा आएको हो भने मदरसामा विपन्न ,अनाथ तथा जेहेन्दार विद्यार्थीलाई निशुल्क शिक्षा तथा छात्राबासको व्यवस्था मन्सुरीले गरिदिएका कारण आगामी मंसिर ४ गते हुने निर्वाचनमा उनको पक्षमा जनलहर देखिएकाले मन्सुरीको जित सुनिश्चित रहेको स्थानीय बताउँछन् ।