ourkoshi
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
ourkoshi

मतदातामाझ लोकप्रिय बन्दै सदानन्द मण्डल

आवर कोशी by आवर कोशी
कार्तिक २२, २०७९
सुनसरी ४ : प्रदेश (क) मा सदानन्द मण्डलको दाबी
32
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । आगामी मंसीर ४ गते हुन गैरहेको प्रतिनिधीसभा र प्रदेशसभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ (क) बाट लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका सदानन्द मण्डल मतदाता माझमा लोकप्रिय बन्दै जानुभएको छ् । जनताका घरदैलोमा गएर भेटघाट गर्नुहुने उहाँलाई यतिबेला मतदाताहरुले जितको आशिर्वाद दिईरहेका छन । कुनै लाभको पदमा नरहेपनि सुनसरी क्षेत्र नम्बर ४ मा चौतर्फी विकास निर्माणकार्यले गति प्रदान गर्न मण्डलले अहम् भूमिका खेलेको भन्दै मतदाताहरुले आफ्ना आशा, अपेक्षा र हरेक समस्याको सामाधान उहाँको जितवाट सम्भव हुने बताउँछन् ।

सुनसरी क्षेत्र नम्बर ४ बाट पुनः उम्मेदवारी दिनुभएका कार्कीसँगै प्रदेशसभा क बाट उम्मेदवारी दिनुभएका सदानन्द मण्डल र ख बाट उम्मेदवारी दिनुभएका हाजी डाक्टर इसराइल मन्सुरीलाई मतदाता भन्छन्, “तपाईहरु जित्नु पर्छ, अनिमात्र यस क्षेत्रको विकास हुुन्छ र गाँउको मुहार फेरिन्छ । तपाईको जीत नै जनताको जित हो” । जनताका माझ घरदैलो कार्यक्रम गर्ने क्रममा कोसी गाउँपालीका क्षेत्रका स्थानीयले नेपाली कांग्रेसको नेतृत्वमा भएका विकास निर्माणकार्यबाट सन्तुष्ट रहेको बताउदै जनभावनाअनुसार विकास निर्माणकार्य गर्ने प्रतिनिधिसभातर्फ कार्की र प्रदेशसभा क मा मण्डल र प्रदेशसभा ख मा मन्सुरीलाई मतदान गर्न आफूहरू उत्साहित भएको स्थानीय बताउँछन् ।

नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर ४ का सभापति ऐयुब अन्सारी र वर्तमान सूचना,सञ्चार प्रविधि मन्त्री कार्कीको विशेष पहल र हाम्रो साथ र समर्थनमा कोरोना महामारीका बाबजुद भएका विकास निर्माणकार्यका कारण आफूहरूको जीत सुनिश्चित भएको उम्मेदवार मण्डलले बताउनुभयो । जनता अब कसैको झुठो आश्वासनमा विश्वास नगर्ने र विकास र समृद्धि चाहेका कारण लोकतान्त्रिक वाम गठवन्धनलाई जिताउन सम्पूर्ण क्षेत्र लागिपरेको उहाँले दाबी गर्नुभयो । आफूहरूको जितले हरेक वर्ग,जातजाति,समुदायलाई समान हक र अधिकार सुनिश्चित गर्ने बताउँदै उहाँले यस क्षेत्रका बेरोजगार यूवाहरुलाई रोजगारको सृजना गर्ने बताउनुभयो । उहाँले यस क्षेत्रको हरेक अवस्था आफूलाई जानकारी रहेकोले योजनावद्ध रुपमा विकास गर्ने भनी प्रतिवद्धता गर्नुभयो ।उहाँले सुनसरीको क्षेत्र नम्बर ४ मा रिङ्ग रोडको निर्माण गर्ने, विदेशिएका यूवाहरुलाई आफ्नै ठाँउमा काम गर्ने वातावरण तयार गर्ने र समाज र देशको आर्थिक विकासमा योगदान दिन ठोस कार्यक्रमहरु ल्याउने प्रतिवद्धता जनाउनुभयो ।

लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभातर्फ सुनसरी क्षेत्र नम्बर ४ का उम्मेदवार मन्त्री कार्कीले २०७४ सालको निर्वाचनका बेला जनतासामु आफूले गरेका प्रतिबद्धतामा ८० प्रतिशत पूरा गरेको बताउदै उम्मेदवार मण्डलले त्यो पनि आफूहरूको जितको आधार भएको बताउनुहुन्छ । गठबन्धनको सरकार निर्माण भएपछि मात्र प्रजातन्त्र र संविधानको रक्षा हुने उहाँको भनाइ छ । गठबन्धनको सरकारबाट मुलुक स्थिरता र समृद्धिको बाटोमा अगाडि बढ्ने मण्डलले बताउनुभयो । “विकास, जनताको आर्थिक समृद्धि, रोजगारी सृजनाको लागि लोकतान्त्रिक बाम गठबन्धनको विकल्प छैन । नेपाली काँग्रेसले घोषणा पत्रमै ३ वर्षसम्मका बालबालिकाहरूको उपचार सरकारले गर्ने भनेको छ। हाल ६८ वर्ष भए पछि पाउने सामाजिक सुरक्षा भत्तालाई ६५ वर्षमा झारेर ज्येष्ठ नागरिकहरूलाई भत्ता उपलब्ध गराउनेछ” उहाँले भन्नुभयो ।

Tags: नेपाली कांग्रेससदानन्द मण्डल

Related Posts

शिक्षक सेवा तयारी कक्षा समपन्न

शिक्षक सेवा तयारी कक्षा समपन्न

by आवर कोशी
चैत्र १५, २०७९
0

लौकही । कोशी गाउँपालिकाले गाउँ तथा वडाका युवाहरुका लागि निःशुल्क शिक्षक सेवा तयारी कक्षा दिएको छ । आधारभुत तथा प्राथमिक...

लोक सेवा तयारी कक्षा सुरु

लोक सेवा तयारी कक्षा सुरु

by आवर कोशी
चैत्र १५, २०७९
0

लौकही । कोशी गाउँपालिकाले गाउँ तथा वडाका युवाहरुका लागि निःशुल्क लोकसेवा तयारी कक्षा सुरु गरेको छ । आयोगद्धारा लिइने नायव...

कोसीमा सरसफाइ सम्बन्धि अन्तरक्रिया सम्पन्न

कोसीमा सरसफाइ सम्बन्धि अन्तरक्रिया सम्पन्न

by आवर कोशी
चैत्र १५, २०७९
0

लौकही । कोसी गाउँपालीका वडा नम्बर १ लौकही स्थित रहेको गाउँपालीकाको सभा हलमा पालीका स्तरीय खानेपानी तथा सरसफाइ समिति (Wash)...

जोखिम बढेको भन्दै सचेत रहन अध्यक्ष अन्सारीको आग्रह

गाउँपालीका महासंघको प्रदेश अध्यक्षमा अन्सारी

by आवर कोशी
चैत्र १४, २०७९
0

इनरुवा । कोसी गाउँपालीकाका अध्यक्ष एवं नेपाली काङ्ग्रेस सुनसरी क्षेत्र नम्बर ४ का सभापति ऐयुब अन्सारी गाउँपालिका महासंघ कोशी प्रदेश...

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरैका समाचार

शिक्षक सेवा तयारी कक्षा समपन्न
प्रदेश

शिक्षक सेवा तयारी कक्षा समपन्न

by आवर कोशी
चैत्र १५, २०७९
0

लौकही । कोशी गाउँपालिकाले गाउँ तथा वडाका युवाहरुका लागि निःशुल्क शिक्षक सेवा तयारी कक्षा दिएको छ । आधारभुत तथा प्राथमिक...

Read more
लोक सेवा तयारी कक्षा सुरु

लोक सेवा तयारी कक्षा सुरु

चैत्र १५, २०७९
कोसीमा सरसफाइ सम्बन्धि अन्तरक्रिया सम्पन्न

कोसीमा सरसफाइ सम्बन्धि अन्तरक्रिया सम्पन्न

चैत्र १५, २०७९
जोखिम बढेको भन्दै सचेत रहन अध्यक्ष अन्सारीको आग्रह

गाउँपालीका महासंघको प्रदेश अध्यक्षमा अन्सारी

चैत्र १४, २०७९
कोसीमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कोसीमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

चैत्र १४, २०७९
  • 5k Fans

बढी पढिएकाे

  • सीमाबाट ब्राउन सुगरसहित भारतीय पक्राउ

    सीमाबाट ब्राउन सुगरसहित भारतीय पक्राउ

    537 shares
    Share 215 Tweet 134
  • इनरुवाको मेयरमा भण्डारीको फराकिलो अग्रता

    373 shares
    Share 149 Tweet 93
  • कोसीको अध्यक्षमा ऐयुब अन्सारीको अग्रता

    369 shares
    Share 148 Tweet 92
  • वडाध्यक्षसहित ३ सय ७४ जना काङ्ग्रेसमा प्रवेश

    363 shares
    Share 145 Tweet 91
  • कोसीको अध्यक्षमा अन्सारीको फराकिलो अग्रता

    359 shares
    Share 144 Tweet 90
  • सुनसरी सभापतिमा कस्ले मार्ला बाजी ?

    284 shares
    Share 114 Tweet 71

सूचना : याे वेबसाइट निर्माणाधिन छ । हाल परीक्षणकाे क्रममा रहेकाे याे वेबसाइट चाँडै नै दर्ता गरी सञ्चालनमा ल्याउनेछाैं । यहाँहरूकाे सल्लाह सुझाव

प्रबन्ध निर्देशक :
प्रधान सम्पादक :
सम्पादक :
संवाददाता :

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: Content is protected !!