ourkoshi
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
ourkoshi

मतदातामाझ लोकप्रिय बन्दै सदानन्द मण्डल

आवर कोशी by आवर कोशी
कार्तिक २२, २०७९
सुनसरी ४ : प्रदेश (क) मा सदानन्द मण्डलको दाबी
35
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । आगामी मंसीर ४ गते हुन गैरहेको प्रतिनिधीसभा र प्रदेशसभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ (क) बाट लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका सदानन्द मण्डल मतदाता माझमा लोकप्रिय बन्दै जानुभएको छ् । जनताका घरदैलोमा गएर भेटघाट गर्नुहुने उहाँलाई यतिबेला मतदाताहरुले जितको आशिर्वाद दिईरहेका छन । कुनै लाभको पदमा नरहेपनि सुनसरी क्षेत्र नम्बर ४ मा चौतर्फी विकास निर्माणकार्यले गति प्रदान गर्न मण्डलले अहम् भूमिका खेलेको भन्दै मतदाताहरुले आफ्ना आशा, अपेक्षा र हरेक समस्याको सामाधान उहाँको जितवाट सम्भव हुने बताउँछन् ।

सुनसरी क्षेत्र नम्बर ४ बाट पुनः उम्मेदवारी दिनुभएका कार्कीसँगै प्रदेशसभा क बाट उम्मेदवारी दिनुभएका सदानन्द मण्डल र ख बाट उम्मेदवारी दिनुभएका हाजी डाक्टर इसराइल मन्सुरीलाई मतदाता भन्छन्, “तपाईहरु जित्नु पर्छ, अनिमात्र यस क्षेत्रको विकास हुुन्छ र गाँउको मुहार फेरिन्छ । तपाईको जीत नै जनताको जित हो” । जनताका माझ घरदैलो कार्यक्रम गर्ने क्रममा कोसी गाउँपालीका क्षेत्रका स्थानीयले नेपाली कांग्रेसको नेतृत्वमा भएका विकास निर्माणकार्यबाट सन्तुष्ट रहेको बताउदै जनभावनाअनुसार विकास निर्माणकार्य गर्ने प्रतिनिधिसभातर्फ कार्की र प्रदेशसभा क मा मण्डल र प्रदेशसभा ख मा मन्सुरीलाई मतदान गर्न आफूहरू उत्साहित भएको स्थानीय बताउँछन् ।

नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर ४ का सभापति ऐयुब अन्सारी र वर्तमान सूचना,सञ्चार प्रविधि मन्त्री कार्कीको विशेष पहल र हाम्रो साथ र समर्थनमा कोरोना महामारीका बाबजुद भएका विकास निर्माणकार्यका कारण आफूहरूको जीत सुनिश्चित भएको उम्मेदवार मण्डलले बताउनुभयो । जनता अब कसैको झुठो आश्वासनमा विश्वास नगर्ने र विकास र समृद्धि चाहेका कारण लोकतान्त्रिक वाम गठवन्धनलाई जिताउन सम्पूर्ण क्षेत्र लागिपरेको उहाँले दाबी गर्नुभयो । आफूहरूको जितले हरेक वर्ग,जातजाति,समुदायलाई समान हक र अधिकार सुनिश्चित गर्ने बताउँदै उहाँले यस क्षेत्रका बेरोजगार यूवाहरुलाई रोजगारको सृजना गर्ने बताउनुभयो । उहाँले यस क्षेत्रको हरेक अवस्था आफूलाई जानकारी रहेकोले योजनावद्ध रुपमा विकास गर्ने भनी प्रतिवद्धता गर्नुभयो ।उहाँले सुनसरीको क्षेत्र नम्बर ४ मा रिङ्ग रोडको निर्माण गर्ने, विदेशिएका यूवाहरुलाई आफ्नै ठाँउमा काम गर्ने वातावरण तयार गर्ने र समाज र देशको आर्थिक विकासमा योगदान दिन ठोस कार्यक्रमहरु ल्याउने प्रतिवद्धता जनाउनुभयो ।

लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभातर्फ सुनसरी क्षेत्र नम्बर ४ का उम्मेदवार मन्त्री कार्कीले २०७४ सालको निर्वाचनका बेला जनतासामु आफूले गरेका प्रतिबद्धतामा ८० प्रतिशत पूरा गरेको बताउदै उम्मेदवार मण्डलले त्यो पनि आफूहरूको जितको आधार भएको बताउनुहुन्छ । गठबन्धनको सरकार निर्माण भएपछि मात्र प्रजातन्त्र र संविधानको रक्षा हुने उहाँको भनाइ छ । गठबन्धनको सरकारबाट मुलुक स्थिरता र समृद्धिको बाटोमा अगाडि बढ्ने मण्डलले बताउनुभयो । “विकास, जनताको आर्थिक समृद्धि, रोजगारी सृजनाको लागि लोकतान्त्रिक बाम गठबन्धनको विकल्प छैन । नेपाली काँग्रेसले घोषणा पत्रमै ३ वर्षसम्मका बालबालिकाहरूको उपचार सरकारले गर्ने भनेको छ। हाल ६८ वर्ष भए पछि पाउने सामाजिक सुरक्षा भत्तालाई ६५ वर्षमा झारेर ज्येष्ठ नागरिकहरूलाई भत्ता उपलब्ध गराउनेछ” उहाँले भन्नुभयो ।

Tags: नेपाली कांग्रेससदानन्द मण्डल

Related Posts

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

by आवर कोशी
फाल्गुन २६, २०८२
0

सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

सुनसरी ४ : ह्याट्रीक जित हुनेमा कार्की ढुक्क

by आवर कोशी
फाल्गुन १८, २०८२
0

सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदको लागि तेस्रो पटक उम्मेदवारी दिएका पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आफूलाई मतदाताले...

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

by आवर कोशी
फाल्गुन १५, २०८२
0

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा सुनसरी निर्वाचन क्षेत्र नं ४ मा उम्मेदवारहरू आफ्नो पक्षमा मतदाता आकर्षित गर्न घरदैलो अभियानमा...

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

by आवर कोशी
फाल्गुन ११, २०८२
0

मिकाइल आलम कोशी । सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदको लागि उम्मेदवारी दिएका पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की...

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरैका समाचार

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
प्रदेश

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

by आवर कोशी
फाल्गुन २६, २०८२
0

सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...

Read more
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

सुनसरी ४ : ह्याट्रीक जित हुनेमा कार्की ढुक्क

फाल्गुन १८, २०८२
घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

फाल्गुन १५, २०८२
कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

फाल्गुन ११, २०८२
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

फाल्गुन ७, २०८२

बढी पढिएकाे

  • सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    1652 shares
    Share 661 Tweet 413
  • महिलासँग रंगेहात पक्राउ परेका वडाध्यक्ष निलम्बित

    696 shares
    Share 278 Tweet 174
  • सीमाबाट ब्राउन सुगरसहित भारतीय पक्राउ

    563 shares
    Share 225 Tweet 141
  • मन्दिरको जग्गा व्यक्तिको नाममा गरेपछि…..

    521 shares
    Share 208 Tweet 130
  • इनरुवाको मेयरमा भण्डारीको फराकिलो अग्रता

    382 shares
    Share 153 Tweet 96
  • कोसीको अध्यक्षमा ऐयुब अन्सारीको अग्रता

    374 shares
    Share 150 Tweet 94
  • 5k Fans

सम्पर्क

ठेगाना : कोशी गाउँपालीका -८ (भण्टाबारी) सुनसरी
मोबाइल नम्बर : ९८४८६४४३६८/९८१४३०८२२४
इमेल : ourkoshinews@gmail.com

हाम्राे टिम

सम्पादक : प्रेमकुमार साह
संचालक/अध्यक्ष : मो. मिकाइल
प्रमुख सम्बादाता : अलफेद अन्सारी

दर्ता

कम्पनी दर्ता नं. : २६७२०९-०७८-०७९
सूचना विभाग द‍‍र्ता नं. : ४३६०-२०८०-०८१
प्रेस काउन्सिल सूचीकृत नं. :४६८२-२०८१-०८२

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.