इनरुवा । सुनसरी जिल्लामा रहेका चार वटा निर्वाचन क्षेत्र मध्ये यसपालि संसदीय निर्वाचनमा सबैले धेरै चासोका साथ हेरेको क्षेत्रमध्ये सुनसरी ४ पनि हो। यहाँका टोल, चोक, पसल, खेत, घर र बारीमा पुगेर हामीले यहाँका मतदातासँग कुरा गरिरहेका छन् सुनसरी क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारी लोकतान्त्रिक बाम गठबन्धनका ज्ञानेन्द्रबहादुर कार्की । सुनसरी ४ मतदाताका अनुसार यसपटक पनि कार्की यो क्षेत्रबाट निर्वाचित हुने सम्भावना प्रबल बनेको छ। सुनसरी क्षेत्र नम्बर ४ हरिनगर गाउँपालिका वडा नम्बर ७ घुस्कीका हजरत मियाँ भन्छन् हाम्रो लागि कांग्रेसबाहेक अर्को विकल्प हिजो पनि थिएन र आज पनि छैन उनले आफूहरूले काँग्रेसलाई भोट दिने बताउँछन् । हाम्रो घरपरिवार दुईजनाको नागरिता जन्मसिद्ध रहेको छ। अाफ्नाे छाेराछाेरीले नागरिता बनिरहेका छैन ।
यसपटक कसैलाई भोट नदिने सोच बनाएपनि अब काँग्रेसकाे सरकारले नागरिता बनाउने कानुन ल्याउने सबैले भन्न थालेकाे छ त्यसकारण अब काँग्रेसलाई मंसिर ४ गते भोट हाल्ने तयारीमा छन् मियाँ । उनले यसअघिका निर्वाचनमा नेपाली काँग्रेसलाई मत दिने गरेको बताउदै गत वैशाखमा भएको स्थानीय चुनावमा आफ्नै मान्छे वडा अध्यक्षको उम्मेदवार बन्दा मात्रै उनले कलमलाई भोट दिएको सुनाए । मिया मात्रै होइन विगतमा एमाले वा अन्य पार्टीलाई भोट दिनेहरू पनि यसपटक काँग्रेसलाई मत दिने निष्कर्षमा पुगेका छन्। अर्का एकजना मतदाता भन्छन् ‘यहाँ त सबैतिर काँग्रेसलाई मत दिने भनेका छन्,। चुनावी रिपोर्टिङका क्रममा हरिनगरकाे वडा नम्बर ६ का गाँउ टोल घुम्दा काँग्रेसप्रति मतदाताको ठूलो आकर्षण पायौं। खासगरी युवा, महिला र जेष्ठ नागरिकहरूमा काँग्रेसको आकर्षण छ। जसलाई हिजोसम्म राजनीतिको कुनै चासो थिएन, उनीहरूलाई पनि काँग्रेसको चासो छ।
यीमध्ये धेरै मानिस काँग्रेसको जुलुस र सभामा गएका छैनन्। चुनाव प्रचारमा पनि हिँडेका छैनन्। उनीहरू राजनीतिक रूपले धेरै सक्रिय मानिस पनि होइनन्। तर पनि धेरैले गाछीमा भोट दिने मन बनाएका छन्। हामीले सुनसरी क्षेत्र नम्बर ४ मा पर्ने हरिनगरका ६ वडा, भोक्राहा नरसिंहका ८ वटा वडा, इनरुवाका ३ वटा वडा रामधुनीका १ वटा वडा र बराहक्षेत्रका ६ वटा वडाका अधिकांश ठाउँमा पुग्यौं हामी । जताततै कांग्रेसकै पक्षमा माहोल बनेको देखिन्छ । हामीले कुरा गरेका २०० जनामध्ये ७८ जना अर्थात् ३९ प्रतिशतले काँग्रेसलाई मत दिने बताए। ४० जना अर्थात् २० प्रतिशतले नेकपा एमालेलाई र ३१ जना अर्थात् १५।५ प्रतिशतले स्वतन्त्र युवा उम्मेदवारलाई मत दिने बताए। यसबाहेक ७ जनाले राप्रपालाई भोट दिने बताए भने ४६ जना अर्थात् २३ प्रतिशतले भन्न नचाहने वा अझै निर्णय गरिनसकेको बताए। सुनसरी ४ मुख्यत नेपाली काँग्रेसको प्रभाव क्षेत्र हो। यहाँबाट २०७४ सालमा नेपाली काँग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्की निर्वाचित भएका थिए। यसपालिको स्थानीय निर्वाचनमा पनि काँग्रेसकै मत धेरै छ। स्थानीय तहकाे नतिजालाई आधार मान्ने हो भने नेपाली काँग्रेस नै सबै स्थानीय तह जितेका छन् । एमालेले केही वडा मात्रै जितेका छन् । नेकपा माओवादी केन्द्रले एक वडा मात्रै जितेका छन् । जनता समाजवादीले केही वडा जितेका छन। नेकपा एकीकृत समाजवादीले पनि केही वडा मात्रै जितेका छन् । परम्परागत रूपमा एमाले र काँग्रेसलाई मत दिँदै आएका मतदाताहरू नै काँग्रेसतिर कित्ता सरेपछि कार्की बलिया देखिएका छन्। यसले एमालेको राजनीतिक साख घटेको छ।
काँग्रेसलाई मत दिन्छु भन्ने ७८ जनामध्ये २८ जनाले अघिल्लो निर्वाचनमा एमालेलाई र २४ जनाले नेपाली कांग्रेसलाई मत दिएका थिए। काँग्रेसलाई मत दिन्छु भन्नेमा माओवादीलाई भोट दिएका ३ जना छन् भने नयाँ मतदाता ५ जना छन्। बाँकी १८ जनाले पहिले कसलाई मत दिएको खुलाउन चाहेनन्।हामीले कुरा गरेका २०० जनामध्ये ४६ जनाले कसलाई मत दिने खुलाउन चाहेनन् वा निर्णयमा नपुगिसकेको बताए। यसरी निर्णयमा पुगिनसकेका वा बताउन नचाहनेमध्ये ७ जनाले विगतमा कांग्रेसलाई मत दिएको बताए। एमालेलाई विगतमा मत दिनेहरू ६ जना छन्। त्यस्तै नेकपा माओवादीलाई मत दिनेहरू ३ जना छन्।
काँग्रेसले निर्वाचन जित्ने प्रबल सम्भावना छ भनेर हामी निष्कर्षमा पुग्नुको एउटा मुख्य कारण के हो भने हामीले भेटेकामध्ये जतिले काँग्रेसलाई मत दिन्छु भनेका छन्, एमाले र जसपाका उम्मेदवारलाई मत दिन्छु भन्ने संख्या जोड्दा पनि त्यति पुग्दैन। यसलाई अर्को कोणबाट हेरौं एमालेलाई मत दिन्छु भन्ने २० प्रतिशत र जसपालाई मत दिन्छु भन्ने १५।५ प्रतिशत हुन्छ। यो जोड्दा पनि ३५।५ प्रतिशत मात्र हुन्छ। जबकि काँग्रेस एक्लैलाई मत दिन्छु भन्ने ३९ प्रतिशत छन्।अर्को कुरा( यहाँ अहिलेसम्म कसलाई मत दिने भनेर निर्णय नलिसकेका मतदाताको संख्या ४६ छ। अर्थात् हामीले कुरा गरेका मतदाताको २३ प्रतिशत मात्र छ।यसमध्ये आधि(आधि नै एमाले र स्वतन्त्र लगेछन् र यसबाट काँग्रेसलाई कुनै पनि मत आएनछ भने पनि उनी एमाले र स्वतन्त्रका उम्मेदवारभन्दा अघि हुन्छन्।
जबकि यथार्थमा त्यस्तो हुन सम्भव छैन। यी ४६ जनामध्ये १५ जनाले आफूहरूले अन्तिममा काँग्रेसलाई मत दिन सक्ने हामीलाई बताएका थिए। अर्थात् कसलाई मत दिने निर्णय गरिनसकेका धेरै मतदाताको झुकाव पनि काँग्रेसतिरै हुनसक्छ भन्ने यसले देखाउँछ।पछिल्ला केही निर्वाचनमा रिपोर्टिङ गरेको हाम्रो अनुभवमा चुनाव बेला मतदाताकहाँ गएर कसलाई मत दिनुहुन्छ भनेर सोध्न निकै कठिन काम हो। कहिलेकाहीँ त यो जोखिमपूर्ण पनि हुन्छ। मतदाताको खप्की खानुपर्छ। धेरै मतदाता बोल्न चाहँदैनन्। त्यसमा पनि युवा र महिलाहरू झनै बोल्न खोज्दैनन्। यसपालि यो क्षेत्रमा भने धेरै मतदाता कुरा गर्न उत्साही देखिए। कसलाई, किन मत दिने वा नदिने खुलस्त कुरा गरे। काँग्रेसको पक्षमा उभिएका मतदाताको रौनक नै अर्कै छ। धेरैलाई यसपालि काँग्रेसले फेरि जित्छन् भन्ने परेको छ। त्यसैले पनि उनीहरू सजिलै खुल्न सकेका हुन्।
भोक्राहा नरसिंह गाँउपालिका सदाम मंसुरीले पनि अहिलेसम्म एमालेलाई भोट दिँदै आएका थिए। ‘केही भएन, यसपालि काँग्रेसलाई दिन्छु,’ उनले भने। बराहक्षेत्र-१० का सुरज थापाले भने ‘हामी कहिले कुन दल, कहिले कुन दललाई भोट दिन्छौं। यसपटक काँग्रेसलाई दिने हो,’ थापा भने, ‘काँग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले यहाँ धेरै राम्रो काम र विकास गरेका छन्। एमालेका उम्मेदवारले केही गरेन त्यसकारण जनताले हराउँछन् ।बराहक्षेत्र- ७ का राजु तिवारीले काँग्रेसका उम्मेदवार कार्की राष्ट्रिय नेता हाे। कार्कीले स्पष्ट बोल्न सक्ने क्षमतावान भएकाले संसदमा जान जरूरी रहेको बताए। देश बनाउन कोही त लाग्नैपर्छ। महात्मा गान्धी नलागेको भए भारत आजाद हुन्थ्यो?’ उनले भने, ‘ कार्की सर निरन्तर लाग्नुहुन्छ भन्ने हाम्रो अपेक्षा छ। उहाँलाई सर त्यसै भनिएको होइन, उहाँले अहिलेको भन्दा अझै राम्रो काम गर्नुहुन्छ।’
काँग्रेसका लागि अधिकांश घरमा महिला र युवाहरूले कार्कीलाई भोट दिने सोच बनाएका छन्। जस्तो, बराहक्षेत्र -१० मा मतदाता नामावली नाम रहेका कार्की स्थानीयवासी पनि हुन्। सत्ता गठबन्धनको पक्षमा चुनाव प्रचारप्रसारमा हिँड्नेहरूले समेत काँग्रेसलाई भोट हाल्ने उनका समर्थकहरूको दाबी छ।हामीले भेटेका कतिपय एमाले र जसपाका सक्रिय कार्यकर्ताले पनि काँग्रेसलाई मत दिने बताए।नेकपा एमालेबाट भर्खरै काँग्रेसमा प्रवेश गरेका रमेश यादवले आफू र आफ्नो परिवारले भोट भने यसपालि काँग्रेसलाई नै दिने बताए।उनले भने अरू कराउने मात्रै हो तर भोट ल्याउने काँग्रेस मात्रै हो,’ उनले भने, ‘२०७४ सालमा काँग्रेसकाे पक्षमा भित्रभित्रै जस्तो माहोल थियो, अहिले त्यस्तै छ। यो क्षेत्रमा एमाले त दोस्रो हुन्छ।’
जनअपेक्षा अनुसार विकास निर्माणकार्य गरौं : सांसद मन्सुरी
इनरुवा । प्रदेश १ का सांसद डाक्टर हाजी इसराईल मन्सुरीले जनताको अपेक्षाअनुसार विकास निर्माणकार्य गर्नुपर्नेमा जोड दिएका छन् । जिल्ला...