ourkoshi
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
ourkoshi

स्थलगत रिपोर्टिङ – कांग्रेसमय बन्दै सुनसरी ४

आवर कोशी by आवर कोशी
कार्तिक २२, २०७९
स्थलगत रिपोर्टिङ – कांग्रेसमय बन्दै सुनसरी ४
41
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरी जिल्लामा रहेका चार वटा निर्वाचन क्षेत्र मध्ये यसपालि संसदीय निर्वाचनमा सबैले धेरै चासोका साथ हेरेको क्षेत्रमध्ये सुनसरी ४ पनि हो। यहाँका टोल, चोक, पसल, खेत, घर र बारीमा पुगेर हामीले यहाँका मतदातासँग कुरा गरिरहेका छन् सुनसरी क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारी लोकतान्त्रिक बाम गठबन्धनका ज्ञानेन्द्रबहादुर कार्की । सुनसरी ४ मतदाताका अनुसार यसपटक पनि कार्की यो क्षेत्रबाट निर्वाचित हुने सम्भावना प्रबल बनेको छ। सुनसरी क्षेत्र नम्बर ४ हरिनगर गाउँपालिका वडा नम्बर ७ घुस्कीका हजरत मियाँ भन्छन् हाम्रो लागि कांग्रेसबाहेक अर्को विकल्प हिजो पनि थिएन र आज पनि छैन उनले आफूहरूले काँग्रेसलाई भोट दिने बताउँछन् । हाम्रो घरपरिवार दुईजनाको नागरिता जन्मसिद्ध रहेको छ। अाफ्नाे छाेराछाेरीले नागरिता बनिरहेका छैन ।

यसपटक कसैलाई भोट नदिने सोच बनाएपनि अब काँग्रेसकाे सरकारले नागरिता बनाउने कानुन ल्याउने सबैले भन्न थालेकाे छ त्यसकारण अब काँग्रेसलाई मंसिर ४ गते भोट हाल्ने तयारीमा छन् मियाँ । उनले यसअघिका निर्वाचनमा नेपाली काँग्रेसलाई मत दिने गरेको बताउदै गत वैशाखमा भएको स्थानीय चुनावमा आफ्नै मान्छे वडा अध्यक्षको उम्मेदवार बन्दा मात्रै उनले कलमलाई भोट दिएको सुनाए । मिया मात्रै होइन विगतमा एमाले वा अन्य पार्टीलाई भोट दिनेहरू पनि यसपटक काँग्रेसलाई मत दिने निष्कर्षमा पुगेका छन्। अर्का एकजना मतदाता भन्छन् ‘यहाँ त सबैतिर काँग्रेसलाई मत दिने भनेका छन्,। चुनावी रिपोर्टिङका क्रममा हरिनगरकाे वडा नम्बर ६ का गाँउ टोल घुम्दा काँग्रेसप्रति मतदाताको ठूलो आकर्षण पायौं। खासगरी युवा, महिला र जेष्ठ नागरिकहरूमा काँग्रेसको आकर्षण छ। जसलाई हिजोसम्म राजनीतिको कुनै चासो थिएन, उनीहरूलाई पनि काँग्रेसको चासो छ।

यीमध्ये धेरै मानिस काँग्रेसको जुलुस र सभामा गएका छैनन्। चुनाव प्रचारमा पनि हिँडेका छैनन्। उनीहरू राजनीतिक रूपले धेरै सक्रिय मानिस पनि होइनन्। तर पनि धेरैले गाछीमा भोट दिने मन बनाएका छन्। हामीले सुनसरी क्षेत्र नम्बर ४ मा पर्ने हरिनगरका ६ वडा, भोक्राहा नरसिंहका ८ वटा वडा, इनरुवाका ३ वटा वडा रामधुनीका १ वटा वडा र बराहक्षेत्रका ६ वटा वडाका अधिकांश ठाउँमा पुग्यौं हामी । जताततै कांग्रेसकै पक्षमा माहोल बनेको देखिन्छ । हामीले कुरा गरेका २०० जनामध्ये ७८ जना अर्थात् ३९ प्रतिशतले काँग्रेसलाई मत दिने बताए। ४० जना अर्थात् २० प्रतिशतले नेकपा एमालेलाई र ३१ जना अर्थात् १५।५ प्रतिशतले स्वतन्त्र युवा उम्मेदवारलाई मत दिने बताए। यसबाहेक ७ जनाले राप्रपालाई भोट दिने बताए भने ४६ जना अर्थात् २३ प्रतिशतले भन्न नचाहने वा अझै निर्णय गरिनसकेको बताए। सुनसरी ४  मुख्यत नेपाली काँग्रेसको प्रभाव क्षेत्र हो। यहाँबाट २०७४ सालमा नेपाली काँग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्की  निर्वाचित भएका थिए। यसपालिको स्थानीय निर्वाचनमा पनि काँग्रेसकै मत धेरै छ। स्थानीय तहकाे नतिजालाई आधार मान्ने हो भने नेपाली काँग्रेस नै सबै स्थानीय तह जितेका छन् । एमालेले केही वडा मात्रै जितेका छन् । नेकपा माओवादी केन्द्रले एक वडा मात्रै जितेका छन् । जनता समाजवादीले केही वडा जितेका छन। नेकपा एकीकृत समाजवादीले पनि केही वडा मात्रै जितेका छन् । परम्परागत रूपमा एमाले र काँग्रेसलाई मत दिँदै आएका मतदाताहरू नै काँग्रेसतिर कित्ता सरेपछि कार्की बलिया देखिएका छन्। यसले एमालेको राजनीतिक साख घटेको छ।

काँग्रेसलाई मत दिन्छु भन्ने ७८ जनामध्ये २८ जनाले अघिल्लो निर्वाचनमा एमालेलाई र २४ जनाले नेपाली कांग्रेसलाई मत दिएका थिए। काँग्रेसलाई मत दिन्छु भन्नेमा माओवादीलाई भोट दिएका ३ जना छन् भने नयाँ मतदाता ५ जना छन्। बाँकी १८ जनाले पहिले कसलाई मत दिएको खुलाउन चाहेनन्।हामीले कुरा गरेका २०० जनामध्ये ४६ जनाले कसलाई मत दिने खुलाउन चाहेनन् वा निर्णयमा नपुगिसकेको बताए। यसरी निर्णयमा पुगिनसकेका वा बताउन नचाहनेमध्ये ७ जनाले विगतमा कांग्रेसलाई मत दिएको बताए। एमालेलाई विगतमा मत दिनेहरू ६ जना छन्। त्यस्तै नेकपा माओवादीलाई मत दिनेहरू ३ जना छन्।

काँग्रेसले निर्वाचन जित्ने प्रबल सम्भावना छ भनेर हामी निष्कर्षमा पुग्नुको एउटा मुख्य कारण के हो भने हामीले भेटेकामध्ये जतिले काँग्रेसलाई मत दिन्छु भनेका छन्, एमाले र जसपाका उम्मेदवारलाई मत दिन्छु भन्ने संख्या जोड्दा पनि त्यति पुग्दैन। यसलाई अर्को कोणबाट हेरौं एमालेलाई मत दिन्छु भन्ने २० प्रतिशत र जसपालाई मत दिन्छु भन्ने १५।५ प्रतिशत हुन्छ। यो जोड्दा पनि ३५।५ प्रतिशत मात्र हुन्छ। जबकि काँग्रेस एक्लैलाई मत दिन्छु भन्ने ३९ प्रतिशत छन्।अर्को कुरा( यहाँ अहिलेसम्म कसलाई मत दिने भनेर निर्णय नलिसकेका मतदाताको संख्या ४६ छ। अर्थात् हामीले कुरा गरेका मतदाताको २३ प्रतिशत मात्र छ।यसमध्ये आधि(आधि नै  एमाले र स्वतन्त्र  लगेछन् र यसबाट काँग्रेसलाई कुनै पनि मत आएनछ भने पनि उनी एमाले र स्वतन्त्रका उम्मेदवारभन्दा अघि हुन्छन्।

जबकि यथार्थमा त्यस्तो हुन सम्भव छैन। यी ४६ जनामध्ये १५ जनाले आफूहरूले अन्तिममा काँग्रेसलाई मत दिन सक्ने हामीलाई बताएका थिए। अर्थात् कसलाई मत दिने निर्णय गरिनसकेका धेरै मतदाताको झुकाव पनि काँग्रेसतिरै हुनसक्छ भन्ने यसले देखाउँछ।पछिल्ला केही निर्वाचनमा रिपोर्टिङ गरेको हाम्रो अनुभवमा चुनाव बेला मतदाताकहाँ गएर कसलाई मत दिनुहुन्छ भनेर सोध्न निकै कठिन काम हो। कहिलेकाहीँ त यो जोखिमपूर्ण पनि हुन्छ। मतदाताको खप्की खानुपर्छ। धेरै मतदाता बोल्न चाहँदैनन्। त्यसमा पनि युवा र महिलाहरू झनै बोल्न खोज्दैनन्। यसपालि यो क्षेत्रमा भने धेरै मतदाता कुरा गर्न उत्साही देखिए। कसलाई, किन मत दिने वा नदिने खुलस्त कुरा गरे। काँग्रेसको पक्षमा उभिएका मतदाताको रौनक नै अर्कै छ। धेरैलाई यसपालि काँग्रेसले फेरि जित्छन् भन्ने परेको छ। त्यसैले पनि उनीहरू सजिलै खुल्न सकेका हुन्।

भोक्राहा नरसिंह गाँउपालिका सदाम मंसुरीले पनि अहिलेसम्म एमालेलाई भोट दिँदै आएका थिए। ‘केही भएन, यसपालि काँग्रेसलाई दिन्छु,’ उनले भने। बराहक्षेत्र-१० का सुरज थापाले भने ‘हामी कहिले कुन दल, कहिले कुन दललाई भोट दिन्छौं। यसपटक काँग्रेसलाई दिने हो,’ थापा भने, ‘काँग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले यहाँ धेरै राम्रो काम र विकास गरेका छन्। एमालेका उम्मेदवारले केही गरेन त्यसकारण जनताले हराउँछन् ।बराहक्षेत्र- ७ का राजु तिवारीले काँग्रेसका उम्मेदवार कार्की राष्ट्रिय नेता हाे। कार्कीले स्पष्ट बोल्न सक्ने क्षमतावान भएकाले संसदमा जान जरूरी रहेको बताए। देश बनाउन कोही त लाग्नैपर्छ। महात्मा गान्धी नलागेको भए भारत आजाद हुन्थ्यो?’ उनले भने, ‘ कार्की सर निरन्तर लाग्नुहुन्छ भन्ने हाम्रो अपेक्षा छ। उहाँलाई सर त्यसै भनिएको होइन, उहाँले अहिलेको भन्दा अझै राम्रो काम गर्नुहुन्छ।’

काँग्रेसका लागि अधिकांश घरमा महिला र युवाहरूले कार्कीलाई भोट दिने सोच बनाएका छन्। जस्तो, बराहक्षेत्र -१० मा मतदाता नामावली नाम रहेका कार्की स्थानीयवासी पनि हुन्। सत्ता गठबन्धनको पक्षमा चुनाव प्रचारप्रसारमा हिँड्नेहरूले समेत काँग्रेसलाई भोट हाल्ने उनका समर्थकहरूको दाबी छ।हामीले भेटेका कतिपय एमाले र जसपाका सक्रिय कार्यकर्ताले पनि काँग्रेसलाई मत दिने बताए।नेकपा एमालेबाट भर्खरै काँग्रेसमा प्रवेश गरेका रमेश यादवले आफू र आफ्नो परिवारले भोट भने यसपालि काँग्रेसलाई नै दिने बताए।उनले भने अरू कराउने मात्रै हो तर भोट ल्याउने काँग्रेस मात्रै हो,’ उनले भने, ‘२०७४ सालमा काँग्रेसकाे पक्षमा भित्रभित्रै जस्तो माहोल थियो, अहिले त्यस्तै छ। यो क्षेत्रमा एमाले त दोस्रो हुन्छ।’

Tags: ज्ञानेन्द्रबहादुर कार्कीनेपाली कांग्रेससुनसरी ४

Related Posts

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

by आवर कोशी
फाल्गुन २६, २०८२
0

सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

सुनसरी ४ : ह्याट्रीक जित हुनेमा कार्की ढुक्क

by आवर कोशी
फाल्गुन १८, २०८२
0

सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदको लागि तेस्रो पटक उम्मेदवारी दिएका पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आफूलाई मतदाताले...

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

by आवर कोशी
फाल्गुन १५, २०८२
0

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा सुनसरी निर्वाचन क्षेत्र नं ४ मा उम्मेदवारहरू आफ्नो पक्षमा मतदाता आकर्षित गर्न घरदैलो अभियानमा...

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

by आवर कोशी
फाल्गुन ११, २०८२
0

मिकाइल आलम कोशी । सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदको लागि उम्मेदवारी दिएका पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की...

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरैका समाचार

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
प्रदेश

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

by आवर कोशी
फाल्गुन २६, २०८२
0

सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...

Read more
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

सुनसरी ४ : ह्याट्रीक जित हुनेमा कार्की ढुक्क

फाल्गुन १८, २०८२
घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

फाल्गुन १५, २०८२
कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

फाल्गुन ११, २०८२
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

फाल्गुन ७, २०८२

बढी पढिएकाे

  • सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    1652 shares
    Share 661 Tweet 413
  • महिलासँग रंगेहात पक्राउ परेका वडाध्यक्ष निलम्बित

    696 shares
    Share 278 Tweet 174
  • सीमाबाट ब्राउन सुगरसहित भारतीय पक्राउ

    563 shares
    Share 225 Tweet 141
  • मन्दिरको जग्गा व्यक्तिको नाममा गरेपछि…..

    521 shares
    Share 208 Tweet 130
  • इनरुवाको मेयरमा भण्डारीको फराकिलो अग्रता

    382 shares
    Share 153 Tweet 96
  • कोसीको अध्यक्षमा ऐयुब अन्सारीको अग्रता

    374 shares
    Share 150 Tweet 94
  • 5k Fans

सम्पर्क

ठेगाना : कोशी गाउँपालीका -८ (भण्टाबारी) सुनसरी
मोबाइल नम्बर : ९८४८६४४३६८/९८१४३०८२२४
इमेल : ourkoshinews@gmail.com

हाम्राे टिम

सम्पादक : प्रेमकुमार साह
संचालक/अध्यक्ष : मो. मिकाइल
प्रमुख सम्बादाता : अलफेद अन्सारी

दर्ता

कम्पनी दर्ता नं. : २६७२०९-०७८-०७९
सूचना विभाग द‍‍र्ता नं. : ४३६०-२०८०-०८१
प्रेस काउन्सिल सूचीकृत नं. :४६८२-२०८१-०८२

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.