इनरुवा । सुनसरी क्षेत्र नम्बर ४ प्रदेश (ख) बाट प्रदेश सभा सदस्यका लागि लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार हाजी डाक्टर इसराइल मंसुरीको पक्षमा दिनप्रतिदिन माहोल बन्दै गएको छ । नेपाली काँग्रेसको तर्फबाट टिकट पाए लगत्तै मंसुरीको पक्षमा माहोल बनाउन युवादेखि वृद्धसम्म चुनावी प्रचारमा खटिएका छन् । यसपालि जसरी भए पनि मंसुरीलाई जिताउने उनीहरूको अठोट गरिरहेका छन् ।यसपालि पहिलो पटक मतदान गर्ने नयाँ पुस्ताका युवावर्गदेखि वृद्धसम्म उनको पक्षमा मत मागिरहेका छन् ।´मंसुरी समाज बुझेका जनताका सुखदुःख हरदम साथ दिने नेता हुनुहुन्छ, उहाँले जित्नु भयो भने हाम्रो क्षेत्र मात्रै होइन सुनसरीकै विकास हुन्छ,’ भोक्राहा नरसिंह गाउँपालीकाका अरमान अन्सारी भन्छन्, ‘उहाँ स्थानीय नेतादेखि प्रदेश तथा राष्ट्रिय नेताहरुसम्मको पहुँच भएका कारण युवाहरुले मंसुरीको पक्षमा खुलेर लागेका छन् ।`
पारिवारिक पृष्ठभूमि काँग्रेसी भए पनि यसपालि डा। इस्राईललाई नै मतदान गर्ने उनीहरु बताउँछन् । मंसुरी यस क्षेत्रका जनताको सुख दुःखमा सधैँ साथ दिँदै आएका प्रभावशाली नेता हुन् । त्यसकारण मंसुरीलाई नै मतदान गर्न उनीहरुले अन्य युवालाई पनि आग्रह गरे । सुनसरी क्षेत्र नम्बर ४ बाट राष्ट्रिय राजनीतिको नेतृत्वमा हाँक्ने ज्ञानेन्द्रबहादुर कार्की र प्रदेशमा अब मन्सुरी नै हो,’रमेश यादव भन्छन्, ‘सुनसरी ४ ले उहाँहरु जस्तो नेता पाउनु गर्वको कुरा हो ।’यसपालि पहिलो पटक मतदान गर्ने धेरै युवाको रोजाइमा कार्की र मंसुरी परेका छन् । चुनाव प्रचारका क्रममा भेटिएका युवा मात्रै होइन ज्येष्ठ नागरिक पनि यसपटक प्रतिनिधिसभामा कार्कीलाई र प्रदेश सभामा मंसुरीलाई मत दिने खुलेर भनिरहेका छन् ।
कार्की र मंसुरीको जित सुनिश्चित रहेको उनलेे बताए ।भोक्राहा नरसिंह गाउँपालिकाका इरफान अन्सारी गत असोजबाट ६१ वर्ष पार गरेका छन् । तर उनले मन्सुरीको चुनावी प्रचारमा लौरो टेकेर हिँडिरहेका छन् । उनले भने, ‘ज्ञानेन्द्रबहादुर कार्कीजी देशको नेतृत्व गर्न सक्ने व्यक्ति हुनुहुन्छ । उहाँलाई जिताएर पठाए यस क्षेत्रको विकास समग्र विकास हुन्छ ।’कार्की स्पष्ट वक्ता भएको बताउदै मोमिना खातुनले गठबन्धनलाई जिताउनुपर्नेमा जोड दिइन् । मंसुरीले सुनसरी क्षेत्र नम्बर ४ प्रदेश (ख) का विभिन्न वडा र टोलमा पुगेर चुनावी प्रचारलाई तीव्रता दिएका छन् । उनले मतदातालाई भेटेर सुख दुःख र स्थानीय समस्यासमेत बुझ्ने काम गरिरहेका छन् । जनताका गुनासो र अपेक्षा ध्यानपूर्वक सुनेर आफूले जितेको अवस्थामा त्यस्ता समस्या गर्ने मन्सुरीले बताउने गरेका छन् । आगामी मंसिर ४ गतेको निर्वाचनपछि बन्ने काँग्रेस नेतृत्वको गठबन्धन सरकारले जनताका समस्या समाधान गर्ने उम्मेदवार मंसुरीको भनाइ छ ।प
जनअपेक्षा अनुसार विकास निर्माणकार्य गरौं : सांसद मन्सुरी
इनरुवा । प्रदेश १ का सांसद डाक्टर हाजी इसराईल मन्सुरीले जनताको अपेक्षाअनुसार विकास निर्माणकार्य गर्नुपर्नेमा जोड दिएका छन् । जिल्ला...