इनरुवा । नेपाली काँग्रेसका केन्द्रीय सदस्य, सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले ५ वर्षमा गरेका कामको फेहरिस्त बाँड्दै जनताको घरदैलोमा पुगिरहेका छन् । आफ्नो पाँच वर्षे कार्यकालमा गरेका कामको फेहरिस्त सुनाउँदै सुनसरी क्षेत्र नं-४ को प्रतिनिधि सभाका उम्मेदवार मन्त्री कार्कीले चुनावी घरदैलो अभियानलाई तीव्र पारेका छन् ।

मन्त्री कार्की गठबन्धनका साझा नेपाली काँग्रेसका उम्मेदवार हुन् । उनले गरेका आफ्ना कामका सूची बाँड्दै घरदैलो अभियानमा जुटेका छन् । सुनसरी क्षेत्र नं- ४ मा पर्ने कोसी गाउँपालीका,भोक्राहा नरसिंह गाउँपालिको सबै वडासहित हरिनगरको १, २, ४, ५, ६,७ इनरुवाको ३, ४ र ८ रामधुनीकाे १ वटा वडा बराहक्षेत्र ६, ७, ८, ९, १० र ११ वडा समेटिएको निर्वाचन क्षेत्रमा उनी २०७४ को निर्वाचनमा एमालेका प्रभावशाली नेता रमेश श्रेष्ठलाई हराउँदै निर्वाचित भएका थिए । पुनः चुनावी मैदानमा होमिएका मन्त्री कार्कीका मुख्य प्रतिस्पर्धीको रूपमा नेकपा एमालेका नेता जगदीश कुसियैक देखिएका छन् । मन्त्री कार्की आफूले आफ्नो पाँच वर्षे कार्यकालमा गरेको जनमुखी कार्य जित्ने आधार रहेको दाबी गर्दै आएका छन् ।

उनले सुकुम्वासीलाई आवसहितको पक्की घर, पुलसहित आफ्नो पाँच वर्षे कार्यकालमा विभिन्न विकास निर्माणको काम सम्पन्न गरेको र केही सुरुवात गरेको तथा निर्माणाधीन अवस्थामा रहेको बताएका छन् । संसदमा खेलको प्रभावकारी भूमिका, युवा जोस र जाँगर तथा मधेसी, आदिवासी जनजाति, उत्पीडित जातिको सहानुभूतिसहित सत्ता गठबन्धनका उम्मेदवार बनेका मन्त्री कार्की यस पटकको चुनावमा पनि आफ्नो प्रभाव कायम राख्ने पक्षमा छन् । विकास प्रेमी नेतामा रूपमा चिनिने मन्त्री कार्की सबैसँग चाँडै घुलमिल हुनसक्ने उनको स्वभागका कारण मतदाताको रोजाइमा पर्ने गरेका छन् । २०७० मा समानुपातिक र २०७४ मा निर्वाचित भई यस पटक पनि मन्त्री कार्कीले ह्याट्रिक गर्दै तेस्रो पटक संसद छिर्ने दाउमा छन् ।
इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...








