ourkoshi
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
ourkoshi

कांग्रेसलाई मतदान गर्न सर्वसाधारण उत्साहित

आवर कोशी by आवर कोशी
कार्तिक २६, २०७९
कार्कीद्वारा कुसियैतलाई संविधान पढ्न सुझाव
31
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । निर्वाचनको मिति नजिकिँदै गर्दा सुनसरीमा चुनावी माहोल तात्तिँदै गएको छ । आगामी मंसिर ४ गतेहुने निर्वाचन आउन ८ दिन बाँकी हुँदा सुनसरीमा चुनावी माहोल तात्तिँदै गएको पाइन्छ । प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका लागि सुनसरीका राजनीतिक दलहरूले प्रचारप्रसार अभियानलाई तीव्रता दिएका छन् । प्रत्यक्षतर्फ च प्रतिनिधिसभा सदस्यका लागि चारवटा र प्रदेशसभा सदस्यका लागि आठवटा निर्वाचन क्षेत्र रहेकोे सुनसरीमा यसपटक २०४ जना उम्मेदवारहरु चुनावी मैदानमा छन् । विभिन्न राजनीतिकाम दलका साथै स्वतन्त्र उम्मेदवारी दिएका उम्मेदवारहरुले घरदैलो अभियानलाई तीव्रता दिएको हुँदा सदरमुकाम इनरुवासहित गाउँदेखि शहर चुनावमय बनेको इनरुवा नगरपालिकाका राजेन्द्रप्रसाद भण्डारीले बताए । केही राजनीतिक दलहरूले आफ्ना चुनावी एजेन्डासहित भोट माग्न आउने गरेकोमा अधिकांश भने त्यतिकै मतदाता रिझाउदै गरेको उनलेे बताए ।

आम निर्वाचनको मिति नजिकिँदै गएपछि उम्मेदवारका साथै मतदान गर्ने मतदाताहरु पनि आफ्ना प्रतिनिधि छान्न उत्साहित देखिएको भोक्राहा नरसिंह गाउँपालीका वडा नम्बर ८ का हसबुल मियाँ बताउँछन् । यसपटकको निर्वाचनमा सत्ता गठबन्धनतर्फ नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र,नेकपा एस र जनमोर्चा पार्टी मिलेर चुनावी मैदानमा छन् भने अर्कोतर्फ उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल,राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालसहितका राजनीतिक दलसँग चुनावी तालमेल गरी नेकपा एमाले चुनावमा होमिएका छन् । दिनहुँजसो गाउँ गाउँमा उम्मेदवार,नेताकार्यकर्ता पुग्दा गाउँनै अहिले चुनावमय बनेको छ कोसी गाउँपालीका वडा नम्बर ५ का सराजुद्दिन आलमले भने । उनीहरू आ आफ्ना पार्टीका एजेन्डा,कार्ययोजना बोकेर मतदातासमक्ष भोट माग्न आउने गर्छन् । निर्वाचनपछि जनताका समस्या,गाउँका विकास निर्माण,सडक,खानेपानी,शिक्षा,स्वास्थ्य,कृषि,सिचाइ लगायतका समस्याको समाधान गर्नसक्ने सक्षम प्रतिनिधि छनोट गर्न मतदाता उत्साहित देखिएको आलमको कथन छ ।

निर्वाचनका लागि भोट माग्न गाउँ पुग्ने उम्मेदवार, नेता कार्यकर्तासमक्ष मतदाताले गाउँका विविध समस्यासँगै नागरिकताको मुद्दाबारेमा समेत जिज्ञासा् राख्ने गरेको सुनसरी क्षेत्र नम्बर ४ प्रदेशसभा क का उम्मेदवार सदानन्द मण्डलले बताए । सुनसरी क्षेत्र नम्बर ४ का जनता कांग्रेस मत हाल्न उत्साहित देखिएको उनले बताए । पहिला पहिलाको चुनावमा झुठा आश्वासन दिएर निर्वाचित हुने उम्मेदवारलाई नभई दिएको आश्वासन पूरा गर्ने उम्मेदवारलाई भोट हाल्ने पक्षमा आफू रहेकोे कोसी गाउँपालीका वडा नम्बर २ का ललित उराँव बताउँछन् । विगतका कयौं निर्वाचनमा आश्वासन दिएर मतदाता कन्भिन्स गराउने उम्मेदवारहरुलाई यसपटकको निर्वाचनमा जित्न मुश्किल हुने उनको भनाइ छ । हरेक निर्वाचनमा विभिन्न पार्टीका उम्मेदवारहरुले निर्वाचनको बखत घोषणापत्रमार्फत आश्वासन बाड्ने काम गर्छन् उराँवले भने तर यथार्थमा आमजनताका आधारभूत आवश्यकता समेत पूरा हुँदैन । त्यसैले विगतमा गरिएको आश्वासन पूरा नगर्ने उम्मेदवारहरुलाई जनता पत्याउने पक्षमा छैनन् । राजनीतिक दल तथा अन्य उम्मेदवारहरु नेताकार्यकर्ता,समर्थकसहित गाउँ गाउँमा चुनावी सभा गरी घरदैलोमा मतदाता रिझाउन व्यस्त देखिन्छन् ।

Tags: ज्ञानेन्द्रबहादुर कार्कीनेपाली कांग्रेससुनसरी ४

Related Posts

जनअपेक्षा अनुसार विकास निर्माणकार्य गरौं : सांसद मन्सुरी

जनअपेक्षा अनुसार विकास निर्माणकार्य गरौं : सांसद मन्सुरी

by आवर कोशी
माघ २३, २०७९
0

इनरुवा । प्रदेश १ का सांसद डाक्टर हाजी इसराईल मन्सुरीले जनताको अपेक्षाअनुसार विकास निर्माणकार्य गर्नुपर्नेमा जोड दिएका छन् । जिल्ला...

उवा संघको अध्यक्षमा साह,कटुवाल र ओझाको उम्मेदवारी

उवा संघको अध्यक्षमा साह,कटुवाल र ओझाको उम्मेदवारी

by आवर कोशी
माघ २३, २०७९
0

इनरुवा। उद्योग वाणिज्य संघ इनरुवाको अध्यक्ष पदका लागि ३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन आयुक्त शंकर पोखरेलका अनुसार...

समाजको चित्रण गर्न कोसीमा चित्रकला प्रतियोगिता

समाजको चित्रण गर्न कोसीमा चित्रकला प्रतियोगिता

by आवर कोशी
माघ २०, २०७९
0

लौकही । समाजको वास्तविकता बाहिर ल्याउन चित्रकला प्रतियोगिता आवश्यक भएको कोसी गाउँपालीका अध्यक्ष ऐयुब अन्सारीले बताएका छन् । समाजमा भए...

कोसी टप्पु संरक्षणमा सरकार उदासीन : अध्यक्ष अन्सारी

कोसी टप्पु संरक्षणमा सरकार उदासीन : अध्यक्ष अन्सारी

by आवर कोशी
माघ १९, २०७९
0

कोसी टप्पु । वन क्षेत्रका सिमसार नासिँदै गएकाले यसको संरक्षण गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन्। विश्व सिमासार दिवसको अवसरमा कोसी...

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरैका समाचार

जनअपेक्षा अनुसार विकास निर्माणकार्य गरौं : सांसद मन्सुरी
प्रदेश

जनअपेक्षा अनुसार विकास निर्माणकार्य गरौं : सांसद मन्सुरी

by आवर कोशी
माघ २३, २०७९
0

इनरुवा । प्रदेश १ का सांसद डाक्टर हाजी इसराईल मन्सुरीले जनताको अपेक्षाअनुसार विकास निर्माणकार्य गर्नुपर्नेमा जोड दिएका छन् । जिल्ला...

Read more
उवा संघको अध्यक्षमा साह,कटुवाल र ओझाको उम्मेदवारी

उवा संघको अध्यक्षमा साह,कटुवाल र ओझाको उम्मेदवारी

माघ २३, २०७९
समाजको चित्रण गर्न कोसीमा चित्रकला प्रतियोगिता

समाजको चित्रण गर्न कोसीमा चित्रकला प्रतियोगिता

माघ २०, २०७९
कोसी टप्पु संरक्षणमा सरकार उदासीन : अध्यक्ष अन्सारी

कोसी टप्पु संरक्षणमा सरकार उदासीन : अध्यक्ष अन्सारी

माघ १९, २०७९
७१ औं भन्सार दिवसमा अन्तरक्रिया कार्यक्रम सम्पन्न 

७१ औं भन्सार दिवसमा अन्तरक्रिया कार्यक्रम सम्पन्न 

माघ १२, २०७९
  • 5k Fans

बढी पढिएकाे

  • सीमाबाट ब्राउन सुगरसहित भारतीय पक्राउ

    सीमाबाट ब्राउन सुगरसहित भारतीय पक्राउ

    536 shares
    Share 214 Tweet 134
  • इनरुवाको मेयरमा भण्डारीको फराकिलो अग्रता

    372 shares
    Share 149 Tweet 93
  • कोसीको अध्यक्षमा ऐयुब अन्सारीको अग्रता

    368 shares
    Share 147 Tweet 92
  • वडाध्यक्षसहित ३ सय ७४ जना काङ्ग्रेसमा प्रवेश

    362 shares
    Share 145 Tweet 91
  • कोसीको अध्यक्षमा अन्सारीको फराकिलो अग्रता

    358 shares
    Share 143 Tweet 90
  • सुनसरी सभापतिमा कस्ले मार्ला बाजी ?

    283 shares
    Share 113 Tweet 71

सूचना : याे वेबसाइट निर्माणाधिन छ । हाल परीक्षणकाे क्रममा रहेकाे याे वेबसाइट चाँडै नै दर्ता गरी सञ्चालनमा ल्याउनेछाैं । यहाँहरूकाे सल्लाह सुझाव

प्रबन्ध निर्देशक :
प्रधान सम्पादक :
सम्पादक :
संवाददाता :

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: Content is protected !!