ourkoshi
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
ourkoshi

आसन्न निर्वाचन : गाउँ गाउँमा कांग्रेसप्रति आकर्षण

आवर कोशी by आवर कोशी
कार्तिक २६, २०७९
आसन्न निर्वाचन  : गाउँ गाउँमा कांग्रेसप्रति आकर्षण
39
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । निर्वाचनको मिति नजिकिएसँगै प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनको लागि सुनसरीमा चहलपहल बढेको छ । आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि राजनीतिक दलहरुले गाउँ गाउँमा चुनावी प्रचारप्रसार तीव्र बनाएका छन् । राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरुले मनोनयन दर्ता गराएपछि आफ्नो पक्षमा मत तान्न गाउँगाउँ पुगेका छन् । मतदाता रिझाउनका लागि दलका नेताहरु गाउँगाउँ पुग्ने होडबाजी चलेको छ । मुख्य प्रतिस्पर्धीका रुपमा रहेका कांग्रेस र एमालेले चुनावी अभियानलाई तीव्रता दिएका छन्  । यसका साथै नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा नेपालले पनि आफ्नो वा गठबन्धनका उम्मेदवारहरुको पक्षमा चुनावी अभियान गरिरहेका छन् ।  

नेपाली कांग्रेसका उम्मेदवारहरुले असोज २३ गते बाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट मनोनयन दर्ता गराएपछि ‘घरघर जाऔँ, काङ्ग्रेस जिताऔँ’ अभियान थालेका छन् । नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर ४ का सभापति ऐयुब अन्सारीले स्थानीय निर्वाचनमा जस्तै पार्टीलाई सुनसरी क्षेत्र नम्बर ४ को प्रतिनिधिसभा सदस्यमा ज्ञानेन्द्रबहादुर कार्की र प्रदेशसभातर्फ क मा सदानन्द मण्डल तथा ख मा हाजी इसराइल मन्सुरीलाई बहुमतका साथ विजयी गराउने अभियानमा जुटेको बताए । सुनसरी क्षेत्र नम्बर ४ मा कांग्रेस पार्टीका उम्मेदवारहरुलाई आगामी निर्वाचनबाट यसपटक पुनः निर्वाचित गराउन अभियान थालिएको सभापति अन्सारीको भनाइ  छ । “निर्वाचनलाई मध्यनजर गर्दै हामीले अहिले हरेक वडा वडाबाट अभियान संचालन गरिरहेका छौँ । अभियानका दौरानमा पनि कांग्रेस पार्टीप्रति लोभलाग्दो आकर्षण छ । त्यसकारण आगामी निर्वाचनबाट प्रतिनिधिसभा र दुवै प्रदेशसभातर्फ जीत हासिल गर्छौं यसमा दुईमत छैन ” उनले दाबी गर्दै भने ।सङ्गठन विस्तार र सुदृढीकरणका लागि अभियान संचालन गरिएको र नेपाली कांग्रेस सिद्धान्त, नीति र विचारलाई आम मानिसमा पुर्‍याउनका लागि ´घरघर जाऔँ, काङ्ग्रेस जिताऔँ’ अभियानमा आफूहरू व्यस्त रहेको सभापति अन्सारीको भनाइ छ । गाउँगाउँमा सङ्गठन विस्तार गरेर चुनावी अभियानलाई तीव्रता दिएको बताउदै उनले भने “सुनसरी क्षेत्र नम्बर ४ सहित कांग्रेस नेतृत्वको बाम लोकतान्त्रिक गठबन्धनको पक्षमा सुनसरी जिल्लाको चार प्रतिनिधिसभा र अधिकांश प्रदेशसभाको नतिजा निर्वाचनबाट बहुमत ल्याउने लक्ष्यका साथ हामी अघि बढेका छौं, जनमत हाम्रो पक्षमा नै आउँछ ।”

सुनसरी क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभा सदस्य पदको लागि नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले मनोनयन दर्ता गराएका छन् भने अर्कोतर्फ नेकपा एमालेका नेता जगदीशप्रसाद कुशियैतले उम्मेदवारी दिएका हुन । वर्तमान शेरबहादुर देउवा सरकारमा सूचना,सञ्चार तथा प्रविधिसँगै कानुन,न्याय तथा संसदीय मामिला मन्त्री समेत रहेका ज्ञानेन्द्रबहादुर कार्कीले यसअघि सुनसरी क्षेत्र नम्बर ४ बाट २०७४ सालको निर्वाचनमा विजयी भएका व्यक्ति हुन ।नेपाली कांग्रेस पार्टीका केन्द्रिय सदस्य तथा वर्तमान देउवा सरकारको प्रवक्ता समेत हुन नेता कार्की । यसैगरी सुनसरी क्षेत्र नम्बर ४ क मा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि सदानन्द मण्डल र ख बाट नेपाल मुस्लिम संघ प्रदेश नम्बर १ का सभापति हाजी डाक्टर इसराइल मन्सुरीले समेत प्रदेश सभा सदस्य पदको लागि मनोनयन दर्ता गराएका छन् । यस्तै नेकपा एमालेको तर्फबाट कार्कीको विरुद्धमा उम्मेदवार दिएका कुशियैत सुनसरी क्षेत्र नम्बर ४ (क) बाट २०७४ सालको निर्वाचनमा विजयी भई तत्कालीन शेरधन राईको प्रदेश सरकारमा उद्योग,वन पर्यटन तथा वातावरण मन्त्री भएका थिए ।

यसैगरी सुनसरी क्षेत्र नम्बर ४ क तर्फबाट नेकपा एमालेको समर्थनमा जनता समाजवादी पार्टी नेपालका नेता पर्शुराम बस्नेतले उम्मेदवारी दिएका छन् भने ख मा केही समय अगाडि नेपाली कांग्रेस परित्याग गरी नेकपा एमाले प्रवेश गरेका अब्बास अन्सारीले उम्मेदवारी दर्ता गराएका छन् । सुनसरी क्षेत्र नम्बर ४ को प्रदेशसभा क तर्फ बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका नेता सदानन्द मण्डल र ख तर्फ हाजी डाक्टर इसराइल मन्सुरीले सुरु गरेको घरदैलो कार्यक्रममा उनीहरूलाई मतदाताले आफूहरू नेपाली कांग्रेस पार्टीका उम्मेदवारहरुलाई मतदान गर्न प्रतिक्षारत रहेको बताउने गरेको नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर ४ ख का सचिव नईम अन्सारी बताउँछन् । २०७४ साल पश्चात् नेपाली कांग्रेसको नेतृत्वमा भएको आमूल विकास निर्माणकार्यबाट जनतामा आशा र भरोसाको सञ्चार उत्पदन भएको बताउदै सुनसरी क्षेत्र नम्बर ४ का निवर्तमान संघीय सांसद समेत रहेका ज्ञानेन्द्रबहादुर कार्कीले घरदैलोमा कांग्रेसप्रति जनलहर देखिएको बताए । सुनसरी क्षेत्र नम्बर ४ का मतदाता मात्रै नभई नेपाली जनताले विकास र समृद्धि चाहेको बताउदै उनले यसपटकको निर्वाचनमा कांग्रेस नेतृत्वको बाम लोकतान्त्रिक गठबन्धनले दुई तिहाई बहुमत ल्याउनेमा आफू विश्वस्त रहेको बताए ।

Related Posts

जनअपेक्षा अनुसार विकास निर्माणकार्य गरौं : सांसद मन्सुरी

जनअपेक्षा अनुसार विकास निर्माणकार्य गरौं : सांसद मन्सुरी

by आवर कोशी
माघ २३, २०७९
0

इनरुवा । प्रदेश १ का सांसद डाक्टर हाजी इसराईल मन्सुरीले जनताको अपेक्षाअनुसार विकास निर्माणकार्य गर्नुपर्नेमा जोड दिएका छन् । जिल्ला...

उवा संघको अध्यक्षमा साह,कटुवाल र ओझाको उम्मेदवारी

उवा संघको अध्यक्षमा साह,कटुवाल र ओझाको उम्मेदवारी

by आवर कोशी
माघ २३, २०७९
0

इनरुवा। उद्योग वाणिज्य संघ इनरुवाको अध्यक्ष पदका लागि ३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन आयुक्त शंकर पोखरेलका अनुसार...

समाजको चित्रण गर्न कोसीमा चित्रकला प्रतियोगिता

समाजको चित्रण गर्न कोसीमा चित्रकला प्रतियोगिता

by आवर कोशी
माघ २०, २०७९
0

लौकही । समाजको वास्तविकता बाहिर ल्याउन चित्रकला प्रतियोगिता आवश्यक भएको कोसी गाउँपालीका अध्यक्ष ऐयुब अन्सारीले बताएका छन् । समाजमा भए...

कोसी टप्पु संरक्षणमा सरकार उदासीन : अध्यक्ष अन्सारी

कोसी टप्पु संरक्षणमा सरकार उदासीन : अध्यक्ष अन्सारी

by आवर कोशी
माघ १९, २०७९
0

कोसी टप्पु । वन क्षेत्रका सिमसार नासिँदै गएकाले यसको संरक्षण गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन्। विश्व सिमासार दिवसको अवसरमा कोसी...

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरैका समाचार

जनअपेक्षा अनुसार विकास निर्माणकार्य गरौं : सांसद मन्सुरी
प्रदेश

जनअपेक्षा अनुसार विकास निर्माणकार्य गरौं : सांसद मन्सुरी

by आवर कोशी
माघ २३, २०७९
0

इनरुवा । प्रदेश १ का सांसद डाक्टर हाजी इसराईल मन्सुरीले जनताको अपेक्षाअनुसार विकास निर्माणकार्य गर्नुपर्नेमा जोड दिएका छन् । जिल्ला...

Read more
उवा संघको अध्यक्षमा साह,कटुवाल र ओझाको उम्मेदवारी

उवा संघको अध्यक्षमा साह,कटुवाल र ओझाको उम्मेदवारी

माघ २३, २०७९
समाजको चित्रण गर्न कोसीमा चित्रकला प्रतियोगिता

समाजको चित्रण गर्न कोसीमा चित्रकला प्रतियोगिता

माघ २०, २०७९
कोसी टप्पु संरक्षणमा सरकार उदासीन : अध्यक्ष अन्सारी

कोसी टप्पु संरक्षणमा सरकार उदासीन : अध्यक्ष अन्सारी

माघ १९, २०७९
७१ औं भन्सार दिवसमा अन्तरक्रिया कार्यक्रम सम्पन्न 

७१ औं भन्सार दिवसमा अन्तरक्रिया कार्यक्रम सम्पन्न 

माघ १२, २०७९
  • 5k Fans

बढी पढिएकाे

  • सीमाबाट ब्राउन सुगरसहित भारतीय पक्राउ

    सीमाबाट ब्राउन सुगरसहित भारतीय पक्राउ

    536 shares
    Share 214 Tweet 134
  • इनरुवाको मेयरमा भण्डारीको फराकिलो अग्रता

    372 shares
    Share 149 Tweet 93
  • कोसीको अध्यक्षमा ऐयुब अन्सारीको अग्रता

    368 shares
    Share 147 Tweet 92
  • वडाध्यक्षसहित ३ सय ७४ जना काङ्ग्रेसमा प्रवेश

    362 shares
    Share 145 Tweet 91
  • कोसीको अध्यक्षमा अन्सारीको फराकिलो अग्रता

    358 shares
    Share 143 Tweet 90
  • सुनसरी सभापतिमा कस्ले मार्ला बाजी ?

    283 shares
    Share 113 Tweet 71

सूचना : याे वेबसाइट निर्माणाधिन छ । हाल परीक्षणकाे क्रममा रहेकाे याे वेबसाइट चाँडै नै दर्ता गरी सञ्चालनमा ल्याउनेछाैं । यहाँहरूकाे सल्लाह सुझाव

प्रबन्ध निर्देशक :
प्रधान सम्पादक :
सम्पादक :
संवाददाता :

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: Content is protected !!