ourkoshi
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
ourkoshi

जगदीशको विकास : कार्यकर्ता पोस्न करोडौं लगानी,भयो बालुवामा पानी

आवर कोशी by आवर कोशी
कार्तिक २७, २०७९
जगदीशको विकास : कार्यकर्ता पोस्न करोडौं लगानी,भयो बालुवामा पानी
37
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरी क्षेत्र नम्बर ४ अन्तर्गत प्रदेशसभा ( क) बाट २०७४ सालमा तत्कालीन बाम गठबन्धनबाट उम्मेदवारी दिएका जगदीशप्रसाद कुशियैत नेपाली कांग्रेसका उम्मेदवार रेवतीरमण दुलाललाई झिनो मतले पछि पार्दै निर्वाचित भएका थिए । नेकपा एमाले र नेकपा माओवादी केन्द्रले बाम गठबन्धन गरेर निर्वाचनमा सहभागी हुँदा प्रदेश नम्बर १ मा पनि उक्त गठबन्धनलाई जनता बहुमतसहित निर्वाचित गरायो ।

शेरधन राई नेतृत्वको प्रदेश नं १ सरकारका पूर्वमन्त्री जगदीश प्रसाद कुशियैत यसपटक एमाले-जसपा गठबन्धनको तर्फबाट सुनसरी क्षेत्र नं ४ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेका छन् । उनी २०७४ मा सुनसरी क्षेत्र नं. ४ प्रदेश सभा (क) बाट प्रदेश सभा सदस्यमा  निर्वाचित भएका थिए ।  प्रदेश सभामा निर्वाचित भएपछि पहिलो प्रदेश सरकारको वन, वातावरण, पर्यटन, उद्योग मन्त्रीको जिम्मेवारी समेत जगदीशप्रसाद कुशियैतले प्राप्त गरेका थिए । पर्यटकीय क्षेत्रको पर्यटन मन्त्री बनेका कुशियैतले बजेट पनि पर्यटकीय क्षेत्रको विकासमा विनियोजन गरेका थिए । तर मन्त्री कुशियैतको बजेट जनस्तर भन्दा पनि सीमित मान्छे कै हातमा परेको देखिन्छ । कुशियैत प्रदेश १ सरकारको वन, वातावरण, पर्यटन, उद्योग मन्त्री हुँदा उपलब्ध भएको पानीबोट राजाबासमा,कोसी गाउँपालीका वडा नम्बर ७ हरिपुरमा पोखरीलगायत कार्य अलपत्र बनेको छ । उक्त कामहरु कुशियैत मन्त्री हुँदा तामझामका साथ उद्घाटन गरिएको थियो । २०७६ साल भाद्र २१ गते प्रदेश सरकारका वन, वातावरण, पर्यटन तथा उद्योग मन्त्री जगदीश प्रसाद कुशियैतले औपचारिक रूपमा उद्घाटन गरे पनि बोटको इन्जिनले काम नै गरेन । उक्त बोट प्रदेश सरकारको १३ लाख रकमबाट खरिद गरिएको थियो ।

त्यस्तै २०७५ सालमा प्रदेश सरकारबाट वराहक्षेत्र नगरपालिका वडा नं १० स्थित रामधुनि जङ्गलमा रामधुनि पिकनिक स्थलका लागि प्राप्त १५ लाख रकम पनि सदुपयोग हुन सकेन । कमसल सामाग्री र गलत व्यक्तिले नेतृत्व गरेका कारण प्रदेश सरकारको लगानी दुरुपयोग भएको छ भने निर्माण अलपत्र नै बनेको छ। वराहक्षेत्र नगरपालिका वडा नं २ स्थित खस्रे टोल नजिकै प्रदेश सरकारबाटै आएको १५ लाख रकमले पनि जनतालाई खुसी पार्न सकेको छैन । सप्तकोसी पर्यटन विकास केन्द्र मातहत हुने गरी प्रदेश सरकारको तत्कालीन वन, वातावरण, संस्कृति, पर्यटन तथा उद्योग मन्त्रालयले १५ लाख उपलब्ध गराएको थियो । तर उक्त पर्यटन विकास केन्द्रको अत्तोपत्तो नै छैन ।  त्यस्तै वराहक्षेत्र नगरपालिका वडा नं ९ धरहरा टपनमा तत्कालीन मन्त्री कुशियतकै पहलमा १ करोडको लगानीमा निर्माणाधीन भ्यु टावरको हालत पनि उस्तै छ । कोसी कटानको जोखिममा रहेको टावर निर्माण कार्य अहिले अलपत्र परेको छ। यसरी कार्यकर्ता पोस्ने उद्देश्यले जथाभाबी लगानी गर्दा राज्यको करोडौँ रकम बालुवामा पानी खन्याए जस्तो भएको स्थानीय बताउँछन् । कोसी कटानको जोखिममा रहेको टावरको निर्माण कार्य रोकिएर अहिले अलपत्र परेको छ।

Related Posts

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

by आवर कोशी
फाल्गुन २६, २०८२
0

सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

सुनसरी ४ : ह्याट्रीक जित हुनेमा कार्की ढुक्क

by आवर कोशी
फाल्गुन १८, २०८२
0

सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदको लागि तेस्रो पटक उम्मेदवारी दिएका पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आफूलाई मतदाताले...

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

by आवर कोशी
फाल्गुन १५, २०८२
0

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा सुनसरी निर्वाचन क्षेत्र नं ४ मा उम्मेदवारहरू आफ्नो पक्षमा मतदाता आकर्षित गर्न घरदैलो अभियानमा...

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

by आवर कोशी
फाल्गुन ११, २०८२
0

मिकाइल आलम कोशी । सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदको लागि उम्मेदवारी दिएका पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की...

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरैका समाचार

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
प्रदेश

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

by आवर कोशी
फाल्गुन २६, २०८२
0

सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...

Read more
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

सुनसरी ४ : ह्याट्रीक जित हुनेमा कार्की ढुक्क

फाल्गुन १८, २०८२
घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

फाल्गुन १५, २०८२
कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

फाल्गुन ११, २०८२
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

फाल्गुन ७, २०८२

बढी पढिएकाे

  • सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    1652 shares
    Share 661 Tweet 413
  • महिलासँग रंगेहात पक्राउ परेका वडाध्यक्ष निलम्बित

    696 shares
    Share 278 Tweet 174
  • सीमाबाट ब्राउन सुगरसहित भारतीय पक्राउ

    563 shares
    Share 225 Tweet 141
  • मन्दिरको जग्गा व्यक्तिको नाममा गरेपछि…..

    521 shares
    Share 208 Tweet 130
  • इनरुवाको मेयरमा भण्डारीको फराकिलो अग्रता

    382 shares
    Share 153 Tweet 96
  • कोसीको अध्यक्षमा ऐयुब अन्सारीको अग्रता

    374 shares
    Share 150 Tweet 94
  • 5k Fans

सम्पर्क

ठेगाना : कोशी गाउँपालीका -८ (भण्टाबारी) सुनसरी
मोबाइल नम्बर : ९८४८६४४३६८/९८१४३०८२२४
इमेल : ourkoshinews@gmail.com

हाम्राे टिम

सम्पादक : प्रेमकुमार साह
संचालक/अध्यक्ष : मो. मिकाइल
प्रमुख सम्बादाता : अलफेद अन्सारी

दर्ता

कम्पनी दर्ता नं. : २६७२०९-०७८-०७९
सूचना विभाग द‍‍र्ता नं. : ४३६०-२०८०-०८१
प्रेस काउन्सिल सूचीकृत नं. :४६८२-२०८१-०८२

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.