ourkoshi
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
ourkoshi

जगदीशको विकास : कार्यकर्ता पोस्न करोडौं लगानी,भयो बालुवामा पानी

आवर कोशी by आवर कोशी
कार्तिक २७, २०७९
जगदीशको विकास : कार्यकर्ता पोस्न करोडौं लगानी,भयो बालुवामा पानी
34
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरी क्षेत्र नम्बर ४ अन्तर्गत प्रदेशसभा ( क) बाट २०७४ सालमा तत्कालीन बाम गठबन्धनबाट उम्मेदवारी दिएका जगदीशप्रसाद कुशियैत नेपाली कांग्रेसका उम्मेदवार रेवतीरमण दुलाललाई झिनो मतले पछि पार्दै निर्वाचित भएका थिए । नेकपा एमाले र नेकपा माओवादी केन्द्रले बाम गठबन्धन गरेर निर्वाचनमा सहभागी हुँदा प्रदेश नम्बर १ मा पनि उक्त गठबन्धनलाई जनता बहुमतसहित निर्वाचित गरायो ।

शेरधन राई नेतृत्वको प्रदेश नं १ सरकारका पूर्वमन्त्री जगदीश प्रसाद कुशियैत यसपटक एमाले-जसपा गठबन्धनको तर्फबाट सुनसरी क्षेत्र नं ४ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेका छन् । उनी २०७४ मा सुनसरी क्षेत्र नं. ४ प्रदेश सभा (क) बाट प्रदेश सभा सदस्यमा  निर्वाचित भएका थिए ।  प्रदेश सभामा निर्वाचित भएपछि पहिलो प्रदेश सरकारको वन, वातावरण, पर्यटन, उद्योग मन्त्रीको जिम्मेवारी समेत जगदीशप्रसाद कुशियैतले प्राप्त गरेका थिए । पर्यटकीय क्षेत्रको पर्यटन मन्त्री बनेका कुशियैतले बजेट पनि पर्यटकीय क्षेत्रको विकासमा विनियोजन गरेका थिए । तर मन्त्री कुशियैतको बजेट जनस्तर भन्दा पनि सीमित मान्छे कै हातमा परेको देखिन्छ । कुशियैत प्रदेश १ सरकारको वन, वातावरण, पर्यटन, उद्योग मन्त्री हुँदा उपलब्ध भएको पानीबोट राजाबासमा,कोसी गाउँपालीका वडा नम्बर ७ हरिपुरमा पोखरीलगायत कार्य अलपत्र बनेको छ । उक्त कामहरु कुशियैत मन्त्री हुँदा तामझामका साथ उद्घाटन गरिएको थियो । २०७६ साल भाद्र २१ गते प्रदेश सरकारका वन, वातावरण, पर्यटन तथा उद्योग मन्त्री जगदीश प्रसाद कुशियैतले औपचारिक रूपमा उद्घाटन गरे पनि बोटको इन्जिनले काम नै गरेन । उक्त बोट प्रदेश सरकारको १३ लाख रकमबाट खरिद गरिएको थियो ।

त्यस्तै २०७५ सालमा प्रदेश सरकारबाट वराहक्षेत्र नगरपालिका वडा नं १० स्थित रामधुनि जङ्गलमा रामधुनि पिकनिक स्थलका लागि प्राप्त १५ लाख रकम पनि सदुपयोग हुन सकेन । कमसल सामाग्री र गलत व्यक्तिले नेतृत्व गरेका कारण प्रदेश सरकारको लगानी दुरुपयोग भएको छ भने निर्माण अलपत्र नै बनेको छ। वराहक्षेत्र नगरपालिका वडा नं २ स्थित खस्रे टोल नजिकै प्रदेश सरकारबाटै आएको १५ लाख रकमले पनि जनतालाई खुसी पार्न सकेको छैन । सप्तकोसी पर्यटन विकास केन्द्र मातहत हुने गरी प्रदेश सरकारको तत्कालीन वन, वातावरण, संस्कृति, पर्यटन तथा उद्योग मन्त्रालयले १५ लाख उपलब्ध गराएको थियो । तर उक्त पर्यटन विकास केन्द्रको अत्तोपत्तो नै छैन ।  त्यस्तै वराहक्षेत्र नगरपालिका वडा नं ९ धरहरा टपनमा तत्कालीन मन्त्री कुशियतकै पहलमा १ करोडको लगानीमा निर्माणाधीन भ्यु टावरको हालत पनि उस्तै छ । कोसी कटानको जोखिममा रहेको टावर निर्माण कार्य अहिले अलपत्र परेको छ। यसरी कार्यकर्ता पोस्ने उद्देश्यले जथाभाबी लगानी गर्दा राज्यको करोडौँ रकम बालुवामा पानी खन्याए जस्तो भएको स्थानीय बताउँछन् । कोसी कटानको जोखिममा रहेको टावरको निर्माण कार्य रोकिएर अहिले अलपत्र परेको छ।

Related Posts

प्रदेश सांसदसहित जनप्रतिनिधि सम्मानित

प्रदेश सांसदसहित जनप्रतिनिधि सम्मानित

by आवर कोशी
भदौ ३०, २०८०
0

लौकही । कोसी गाउँपालीका क्षेत्रमा अखिल नेपाल सन्तमन्त सत्संगको एघारौं महाधिवेशन सम्पन्न गर्न सहयोग गरेको भन्दै प्रदेश सांसद र जनप्रतिनिधिलाई...

कोसीमा द्वन्द रुपान्तरणका लागि संवाद तालिम

कोसीमा द्वन्द रुपान्तरणका लागि संवाद तालिम

by आवर कोशी
भदौ २८, २०८०
0

लौकही । सुनसरी जिल्लाको कोसी गाउँपालीका वडा नम्बर ३ स्थित रहेको अकुवा बर्डस ईको रिसोर्टमा द्वन्द्व रुपान्तरणका लागि संवाद तालिम...

सुनसरीका एसपी र डिएसपीको बिदाई

सुनसरीका एसपी र डिएसपीको बिदाई

by आवर कोशी
भदौ १९, २०८०
0

लौकही । सरुवा भई जान लागेका जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी र डिएसपीको बिदाई गरिएको छ ।सफलतापूर्वक आफ्नो कार्यकाल पूरा...

मुस्लिम संघ सुनसरी सभापतिमा अन्सारी चयन

मुस्लिम संघ सुनसरी सभापतिमा अन्सारी चयन

by आवर कोशी
साउन ३२, २०८०
0

इनरुवा । नेपाल मुस्लिम संघ सुनसरीको सभापतिमा हारुन अन्सारी चयन भएका छन् । अन्सारी भोक्राहा नरसिंह गाउँपालीका वडा नम्बर ४...

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरैका समाचार

प्रदेश सांसदसहित जनप्रतिनिधि सम्मानित
प्रमुख समाचार

प्रदेश सांसदसहित जनप्रतिनिधि सम्मानित

by आवर कोशी
भदौ ३०, २०८०
0

लौकही । कोसी गाउँपालीका क्षेत्रमा अखिल नेपाल सन्तमन्त सत्संगको एघारौं महाधिवेशन सम्पन्न गर्न सहयोग गरेको भन्दै प्रदेश सांसद र जनप्रतिनिधिलाई...

Read more
कोसीमा द्वन्द रुपान्तरणका लागि संवाद तालिम

कोसीमा द्वन्द रुपान्तरणका लागि संवाद तालिम

भदौ २८, २०८०
सुनसरीका एसपी र डिएसपीको बिदाई

सुनसरीका एसपी र डिएसपीको बिदाई

भदौ १९, २०८०
सप्तकोसी नदिमा डुबेर युवकको मृत्यु

सप्तकोसी नदिमा डुबेर युवकको मृत्यु

भदौ ४, २०८०
मुस्लिम संघ सुनसरी सभापतिमा अन्सारी चयन

मुस्लिम संघ सुनसरी सभापतिमा अन्सारी चयन

साउन ३२, २०८०
  • 5k Fans

बढी पढिएकाे

  • सीमाबाट ब्राउन सुगरसहित भारतीय पक्राउ

    सीमाबाट ब्राउन सुगरसहित भारतीय पक्राउ

    549 shares
    Share 220 Tweet 137
  • इनरुवाको मेयरमा भण्डारीको फराकिलो अग्रता

    374 shares
    Share 150 Tweet 94
  • कोसीको अध्यक्षमा ऐयुब अन्सारीको अग्रता

    370 shares
    Share 148 Tweet 93
  • वडाध्यक्षसहित ३ सय ७४ जना काङ्ग्रेसमा प्रवेश

    365 shares
    Share 146 Tweet 91
  • कोसीको अध्यक्षमा अन्सारीको फराकिलो अग्रता

    360 shares
    Share 144 Tweet 90
  • सुनसरी सभापतिमा कस्ले मार्ला बाजी ?

    286 shares
    Share 114 Tweet 72

सूचना : याे वेबसाइट निर्माणाधिन छ । हाल परीक्षणकाे क्रममा रहेकाे याे वेबसाइट चाँडै नै दर्ता गरी सञ्चालनमा ल्याउनेछाैं । यहाँहरूकाे सल्लाह सुझाव

प्रबन्ध निर्देशक :
प्रधान सम्पादक :
सम्पादक :
संवाददाता :

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: Content is protected !!