इनरुवा । सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ (क) र (ख ) बाट प्रदेशसभाका लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका सदानन्द मण्डल र हाजी डाक्टर इसराइल मंसुरी यतिबेला जनताको घरघर पुगेर उनीहरुको समस्या बुझ्न घरदैलोमा व्यस्त छन् । उनीहरू दुवैजना पछिल्लो समय हरेक दिन जनताको घरदैलोमा पुगेर जनतासंग प्रत्यक्ष भेट गरिरहेका छन् । लामो समयदेखि राजनितिमा सक्रिय मंसुरी र मण्डल जनताले रुचाएका व्यक्तिमा पर्छन् । ३० सालदेखि अहिलेसम्म बिश्राम नलिकन आफूले निरन्तर सामाजिक कार्य गरिरहेको उम्मेदवार मंसुरी बताउँछन् । आफूले जीवनमा कहिल्यै पनि भ्रष्टाचार नगरेको र अब पनि नगर्ने उनले प्रतिबद्ता जनाए । लोकतान्त्रिक बाम गठबन्धनमा रहेका सबै राजनीति दलहरूको निर्वाचनमा पुर्णरुपमा समर्थन गरिरहेका कारण उनीहरूले आफूहरू निर्वाचित हुने बताउँछन् ।
सुनसरी निर्वाचन क्षेत्र नम्बर (ख) बाट उम्मेदवार रहेका मंसुरीले आफू निर्वाचन जितेमा बाटाघाटा, बाढी, डुबान, उद्योग, विद्यालय सबै क्षेत्रमा प्राथमिकताका साथ काम गर्ने बताए । धार्मिक पर्यटनको विकास गर्ने, कोसी नदीको प्रकोप न्यूनीकरण गर्ने, कोसी टप्पु वन्यजन्तु आरक्षणलाई वैज्ञानिक र आधुनिक पद्धतिबाट संरक्षण गर्ने गरिने आफ्नो योजना रहेका सुनसरी निर्वाचन क्षेत्र नम्बर (क) का उम्मेदवार मण्डल बताउँछन् ।उनले प्रत्येक वडाहरूमा प्राथमिक स्वास्थ्य चौकीको स्थापना गर्ने, सामुदायिक विद्यालयको स्तरोन्नति गर्ने, रामधुनी मन्दिरलाई पर्यावरणीय सन्तुलनका लागि जैविक विविधता कायम गर्ने, झुम्का कारगारदेखि रामधुनी मन्दिरसम्म बाटोलाई व्यवस्थित तथा फराकिलो बनाउने तथा खेलकुद पूर्वाधार विकास लाई पहिलो प्राथमिक्तामा राखेर समाधान गरिनेलगायत आफ्नो योजना रहेको बताए ।
सुनसरी क्षेत्र नम्बर ४ प्रदेश (ख) बाट प्रदेश सभा सदस्यका लागि लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार मंसुरी (क) बाट उम्मेदवार दिएका मण्डलको पक्षमा दिनप्रतिदिन माहोल बन्दै गएको छ । नेपाली काँग्रेसको तर्फबाट टिकट पाए लगत्तै उनीहरू दुवै जनाको पक्षमा माहोल बनाउन युवादेखि वृद्धसम्म चुनावी प्रचारमा खटिएका छन् । यसपालि जसरी भए पनि मंसुरी र मणलाई जिताउने उनीहरूको अठोट गरिरहेका छन् ।यसपालि पहिलो पटक मतदान गर्ने नयाँ पुस्ताका युवावर्गदेखि वृद्धसम्म उनीहरूको पक्षमा मत मागिरहेका छन् ।´मंसुरी समाज बुझेका जनताका सुखदुःख हरदम साथ दिने नेता हुनुहुन्छ, उहाँले जित्नु भयो भने हाम्रो क्षेत्र मात्रै होइन सुनसरीकै विकास हुन्छ,’ भोक्राहा नरसिंह गाउँपालीकाका रफिक अन्सारी भन्छन्, ‘उहाँ स्थानीय नेतादेखि प्रदेश तथा राष्ट्रिय नेताहरुसम्मको पहुँच भएका कारण युवाहरुले मंसुरीको पक्षमा खुलेर लागेका छन् ।`
मंसुरी र मण्डल दुवै जना आ आफ्नो क्षेत्रका जनताको सुख दुःखमा सधैँ साथ दिँदै आएका प्रभावशाली नेता हुन् । त्यसकारण उनीहरूलाई नै मतदान गर्ने मतदाताहरु बताउँछन् । सुनसरी क्षेत्र नम्बर ४ बाट राष्ट्रिय राजनीतिको नेतृत्वमा हाँक्ने ज्ञानेन्द्रबहादुर कार्की र प्रदेशमा अब मन्सुरी र मण्डलको आवश्यकता रहेकोे यहाँका मतदाताले बताउने गरेका छन् ।
प्रदेश सांसदसहित जनप्रतिनिधि सम्मानित
लौकही । कोसी गाउँपालीका क्षेत्रमा अखिल नेपाल सन्तमन्त सत्संगको एघारौं महाधिवेशन सम्पन्न गर्न सहयोग गरेको भन्दै प्रदेश सांसद र जनप्रतिनिधिलाई...