इनरुवा । प्रदेश सरकार, करुणा फाउण्डेशन नेपाल र गाउँपालिकाको त्रिपक्षीय लगानी साझेदारीमा सञ्चालित परियोजना अन्तर्गतका क्रियाकलापहरु सञ्चालन गर्ने क्रममा कोसी गाउँपालिकाले अपाङ्गताको क्षेत्रमा उत्कृष्ट कार्य गरेको भन्दै फ्रेन्डसीप नेदरल्यान्डस् नामक आइएनजिओका उच्चस्तरीय पदाधिकारीले गाउँपालिकाको स्थलगत भ्रमण गरेको छ । गएको शनिबार फ्रेन्डसीप नेदरल्यान्डस् नामक संस्थाका डाइरेक्टर मेम बेटेके र फ्रेन्डसीप बंगलादेश नामक संस्थाका सहायक निर्देशक तोफिक लगायत छ जनाको टोलिले कोसी गाउँपालिकाको स्थलगत भ्रमण गरेका छन् । सोही अवसरमा निर्देशक बेटेकेलाई गाउँपालिकाकी उपाध्यक्ष अनितादेवी यादव र प्रमुख प्रशासकीय अधिकृत चोलाराज दंगालले स्वागत गरेका थिए ।
सो क्रममा कार्यक्रमका कोसी गाउँपालीकाका फोकल पर्सन राजकिशोर मेहताले परियोजना अन्तर्गत सञ्चालित क्रियाकलापबाट पालिका क्षेत्रमा हालसम्म हाँसिल भएका उपलब्धि र सामना गर्नुपरेको चुनौति समेटिएको प्रस्तुतिकरण दिएका थिए । कोसी गाउँपालिकामा जम्मा ५६० अपाङ्गता भएका व्यक्तिहरु रहेकोमा पुनर्स्थापना अन्तर्गत सहायक सामाग्री वितरण र उपचारका क्षेत्रमा काम भएका छन् । त्यस्तै अपाङ्गता भएका व्यक्तिहरुको ८ वटै वडामा मिलिजुलि समूह गठन गरी ५० हजारका दरले बिउपूजि दिएर परिचालन गरिएको छ । गत आर्थिक वर्षमा ३२ जना अपाङ्गता भएका व्यक्ति वा निजका अभिभावकलाई सिप तालिम समेत सञ्चालन गरिएको प्रमुख प्रशासकीय अधिकृत दंगालले जानकारी दिए । त्यस्तै रोकथाम अन्तर्गत अपाङ्गता भएका बच्चा जन्मिन नदिन नव दम्पति तथा गर्भवति महिलालाई लक्षित गरी सावधानीका उपायहरु अपनाउने जनचेतना जगाउने, फोलिक एसिड खुवाएर जोखिम न्युनिकरण गर्ने काम भएको उनको भनाइ छ ।
शिशुको जन्मदोष परीक्षण गरी गत वर्ष ८ जना बच्चालाई उपचार गरी अपाङ्गता हुनबाट जोगाइएको कोसी गाउँपालीकाको कार्यालयले जनाएको छ । सोही कार्यक्रममा उपस्थित करुणा फाउण्डेशन नेपालका कार्यकारी निर्देशक दिपकराज सापकोटा सहितको उक्त भ्रमण टोलिले कार्यक्रमबाट उपचार सहयोग पाई अपाङ्गता हुनबाट जोगिएका कोसी गाउँपालीका वडा नम्बर ३ की खुशी साहको घरमा गएर उनको बच्चाको अवस्था बुझेका थिए । त्यस्तै भ्रमण टोलिले सामुदायिक स्वास्थ्य इकाई कोसी २,कोसी टप्पु मिलिजुली समुह कोसी वडा नम्बर ३ को भ्रमण गरेका थिए ।
मिलिजुली समुहमा भ्रमण गर्दा ३० जना भन्दा बढी अपाङ्गता भएका व्यक्ति तथा अभिभावकले कार्यक्रमबाट कोसीमा अपाङ्गताको क्षेत्रमा धेरै जागरण आएको भन्दै कार्यक्रम निरन्तरताको लागि पालिका पदाधिकारीसँग माग गरे । भ्रमणबारे प्रतिकृया दिदै फ्रेन्डसीप नेदरल्यान्डस् नामक आइएनजिओका डाइरेक्टर मेम बेटेके र फ्रेन्डसीप बंगलादेशका सहायक निर्देशक तोफिकले आफुहरुले अपाङ्गताको क्षेत्रमा आफ्नो देशमा काम गरिरहेको बताउदै अनुभव आदानप्रदान गर्न यहाँ भएको कामबारे अध्ययन गर्न आएको बताएका थिए । उनीहरूले कोसी गाउँपालीकाले अपाङ्गता रोकथामको क्षेत्रमा गरिरहेको काम उदाहरणीय र उल्लेखनिय भएको भन्दै प्रशंसा गरेका थिए ।
शिक्षक सेवा तयारी कक्षा समपन्न
लौकही । कोशी गाउँपालिकाले गाउँ तथा वडाका युवाहरुका लागि निःशुल्क शिक्षक सेवा तयारी कक्षा दिएको छ । आधारभुत तथा प्राथमिक...