ourkoshi
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
ourkoshi

कांग्रेसलाई मतदान गर्न जनता आतुर छन् : मंसुरी

आवर कोशी by आवर कोशी
कार्तिक २९, २०७९
कांग्रेसलाई मतदान गर्न जनता आतुर छन् : मंसुरी
42
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ (ख ) बाट प्रदेशसभाका लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका हाजी डाक्टर इसराइल मंसुरीले आफ्नो जित सुनिश्चित भएको बताएका छन् । मंगलबार दिउँसो संचारकर्मीसमक्ष अन्तर्वार्ता दिदै उम्मेदवार मंसुरीले मंसिर ४ गते हुने निर्वाचनमा सर्वसाधारण जनता नेपाली कांग्रेस पार्टीलाई मतदान गर्न आतुर रहेकोे बताएका छन् । उनी यतिबेला जनताको घरघर पुगेर समस्या बुझ्न घरदैलोमा व्यस्त छन् । पछिल्लो समय हरेक दिन जनताको घरदैलोमा पुगेर जनतासंग प्रत्यक्ष भेट गरिरहेका छन् । लामो समयदेखि राजनितिमा सक्रिय मंसुरी जनताले रुचाएका व्यक्तिमा पर्छन् ।

आफू कुनै पदमा नभएपनि विगत २५ वर्षदेखि आफ्नो व्यक्तिगत पहुँच र चिनजानका आधारमा समाजको विकासमा योगदान दिदै आएको बताउदै उम्मेदवार मंसुरीले यसपटक भने आफूलाई मत हालेर निर्वाचित गराउने दिन कुरेर मतदाता बसेको बताउँछन् । आफू सुनसरी क्षेत्र नम्बर ४ अन्तर्गत पर्ने १७ वटै वडाका भौतिक तथा सामाजिक समस्याका बारेमा जानकारी रहेकोले निर्वाचित भएको अवस्थामा काम गर्न सजिलो हुने बताए । आफूलाई जनताले नै चुनाव उठ्न दबाब दिएपछि उम्मेदवार भएको बताउदै मंसुरीले आफ्नो कसैसँग पनि प्रतिस्पर्धा नभएको दाबी गरे । जागिर जीवनदेखि अहिलेसम्म बिश्राम नलिकन आफूले निरन्तर सामाजिक कार्य गरिरहेको उम्मेदवार मंसुरी बताउँछन् । आफूले जीवनमा कहिल्यै पनि भ्रष्टाचार नगरेको र अब पनि नगर्ने उनले प्रतिबद्धता जनाए । लोकतान्त्रिक बाम गठबन्धनमा रहेका सबै राजनीति दलहरूको निर्वाचनमा पुर्णरुपमा समर्थन गरिरहेका कारण आफूसँगै प्रतिनिधिसभा ज्ञानेन्द्रबहादुर कार्की निर्वाचित हुनेमा दुईमत नभएको उनी बताउँछन् । सुनसरी निर्वाचन क्षेत्र नम्बर (ख) बाट उम्मेदवार रहेका मंसुरीले आफू निर्वाचन जितेमा बाटाघाटा, बाढी, डुबान, उद्योग, विद्यालय, स्वास्थ्य, खानेपानी लगायत सबै क्षेत्रमा प्राथमिकताका साथ काम गर्ने बताए ।

सुनसरी क्षेत्र नम्बर ४ प्रदेश (ख) बाट प्रदेश सभा सदस्यका लागि लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार मंसुरीको पक्षमा दिनप्रतिदिन माहोल बन्दै गएको छ । नेपाली काँग्रेसको तर्फबाट टिकट पाए लगत्तै उनको पक्षमा माहोल बनाउन युवादेखि वृद्धसम्म चुनावी प्रचारमा खटिएका छन् । यसपालि जसरी भए पनि मंसुरीलाई जिताउने मतदाताले अठोट गरिरहेका छन् ।यसपालि पहिलो पटक मतदान गर्ने नयाँ पुस्ताका युवावर्गदेखि वृद्धसम्म उनको पक्षमा मत मागिरहेका छन् ।´मंसुरी समाज बुझेका जनताका सुखदुःख हरदम साथ दिने नेता हुनुहुन्छ, उहाँले जित्नु भयो भने हाम्रो क्षेत्र मात्रै होइन सुनसरीकै विकास हुन्छ,’ भोक्राहा नरसिंह गाउँपालीका वडा नम्बर १ का भग्लु मेहता भन्छन्, ‘उहाँ स्थानीय नेतादेखि प्रदेश तथा राष्ट्रिय नेताहरुसम्मको पहुँच भएका कारण युवादेखि वृद्ध मतदाता मंसुरीको पक्षमा खुलेर लागेका छन् ।` मंसुरी आफ्नो क्षेत्रका जनताको सुख दुःखमा सधैँ साथ दिँदै आएका प्रभावशाली नेता भएको कारण उनलाई नै मतदान गर्ने मेहता बताउँछन् । सुनसरी क्षेत्र नम्बर ४ बाट राष्ट्रिय राजनीतिको नेतृत्वमा हाँक्ने ज्ञानेन्द्रबहादुर कार्की र प्रदेशमा अब मन्सुरी र मण्डलको आवश्यकता रहेकोे यहाँका मतदाताले बताउने गरेका छन् ।

Tags: डाक्टर इसराइल मन्सुरीनेपाली कांग्रेससुनसरी ४

Related Posts

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

by आवर कोशी
फाल्गुन २६, २०८२
0

सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

सुनसरी ४ : ह्याट्रीक जित हुनेमा कार्की ढुक्क

by आवर कोशी
फाल्गुन १८, २०८२
0

सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदको लागि तेस्रो पटक उम्मेदवारी दिएका पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आफूलाई मतदाताले...

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

by आवर कोशी
फाल्गुन १५, २०८२
0

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा सुनसरी निर्वाचन क्षेत्र नं ४ मा उम्मेदवारहरू आफ्नो पक्षमा मतदाता आकर्षित गर्न घरदैलो अभियानमा...

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

by आवर कोशी
फाल्गुन ११, २०८२
0

मिकाइल आलम कोशी । सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदको लागि उम्मेदवारी दिएका पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की...

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरैका समाचार

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
प्रदेश

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

by आवर कोशी
फाल्गुन २६, २०८२
0

सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...

Read more
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

सुनसरी ४ : ह्याट्रीक जित हुनेमा कार्की ढुक्क

फाल्गुन १८, २०८२
घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

फाल्गुन १५, २०८२
कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

फाल्गुन ११, २०८२
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

फाल्गुन ७, २०८२

बढी पढिएकाे

  • सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    1652 shares
    Share 661 Tweet 413
  • महिलासँग रंगेहात पक्राउ परेका वडाध्यक्ष निलम्बित

    696 shares
    Share 278 Tweet 174
  • सीमाबाट ब्राउन सुगरसहित भारतीय पक्राउ

    563 shares
    Share 225 Tweet 141
  • मन्दिरको जग्गा व्यक्तिको नाममा गरेपछि…..

    521 shares
    Share 208 Tweet 130
  • इनरुवाको मेयरमा भण्डारीको फराकिलो अग्रता

    382 shares
    Share 153 Tweet 96
  • कोसीको अध्यक्षमा ऐयुब अन्सारीको अग्रता

    374 shares
    Share 150 Tweet 94
  • 5k Fans

सम्पर्क

ठेगाना : कोशी गाउँपालीका -८ (भण्टाबारी) सुनसरी
मोबाइल नम्बर : ९८४८६४४३६८/९८१४३०८२२४
इमेल : ourkoshinews@gmail.com

हाम्राे टिम

सम्पादक : प्रेमकुमार साह
संचालक/अध्यक्ष : मो. मिकाइल
प्रमुख सम्बादाता : अलफेद अन्सारी

दर्ता

कम्पनी दर्ता नं. : २६७२०९-०७८-०७९
सूचना विभाग द‍‍र्ता नं. : ४३६०-२०८०-०८१
प्रेस काउन्सिल सूचीकृत नं. :४६८२-२०८१-०८२

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.