इनरुवा । सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ (ख ) बाट प्रदेशसभाका लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका हाजी डाक्टर इसराइल मंसुरीले आफ्नो जित सुनिश्चित भएको बताएका छन् । मंगलबार दिउँसो संचारकर्मीसमक्ष अन्तर्वार्ता दिदै उम्मेदवार मंसुरीले मंसिर ४ गते हुने निर्वाचनमा सर्वसाधारण जनता नेपाली कांग्रेस पार्टीलाई मतदान गर्न आतुर रहेकोे बताएका छन् । उनी यतिबेला जनताको घरघर पुगेर समस्या बुझ्न घरदैलोमा व्यस्त छन् । पछिल्लो समय हरेक दिन जनताको घरदैलोमा पुगेर जनतासंग प्रत्यक्ष भेट गरिरहेका छन् । लामो समयदेखि राजनितिमा सक्रिय मंसुरी जनताले रुचाएका व्यक्तिमा पर्छन् ।
आफू कुनै पदमा नभएपनि विगत २५ वर्षदेखि आफ्नो व्यक्तिगत पहुँच र चिनजानका आधारमा समाजको विकासमा योगदान दिदै आएको बताउदै उम्मेदवार मंसुरीले यसपटक भने आफूलाई मत हालेर निर्वाचित गराउने दिन कुरेर मतदाता बसेको बताउँछन् । आफू सुनसरी क्षेत्र नम्बर ४ अन्तर्गत पर्ने १७ वटै वडाका भौतिक तथा सामाजिक समस्याका बारेमा जानकारी रहेकोले निर्वाचित भएको अवस्थामा काम गर्न सजिलो हुने बताए । आफूलाई जनताले नै चुनाव उठ्न दबाब दिएपछि उम्मेदवार भएको बताउदै मंसुरीले आफ्नो कसैसँग पनि प्रतिस्पर्धा नभएको दाबी गरे । जागिर जीवनदेखि अहिलेसम्म बिश्राम नलिकन आफूले निरन्तर सामाजिक कार्य गरिरहेको उम्मेदवार मंसुरी बताउँछन् । आफूले जीवनमा कहिल्यै पनि भ्रष्टाचार नगरेको र अब पनि नगर्ने उनले प्रतिबद्धता जनाए । लोकतान्त्रिक बाम गठबन्धनमा रहेका सबै राजनीति दलहरूको निर्वाचनमा पुर्णरुपमा समर्थन गरिरहेका कारण आफूसँगै प्रतिनिधिसभा ज्ञानेन्द्रबहादुर कार्की निर्वाचित हुनेमा दुईमत नभएको उनी बताउँछन् । सुनसरी निर्वाचन क्षेत्र नम्बर (ख) बाट उम्मेदवार रहेका मंसुरीले आफू निर्वाचन जितेमा बाटाघाटा, बाढी, डुबान, उद्योग, विद्यालय, स्वास्थ्य, खानेपानी लगायत सबै क्षेत्रमा प्राथमिकताका साथ काम गर्ने बताए ।
सुनसरी क्षेत्र नम्बर ४ प्रदेश (ख) बाट प्रदेश सभा सदस्यका लागि लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार मंसुरीको पक्षमा दिनप्रतिदिन माहोल बन्दै गएको छ । नेपाली काँग्रेसको तर्फबाट टिकट पाए लगत्तै उनको पक्षमा माहोल बनाउन युवादेखि वृद्धसम्म चुनावी प्रचारमा खटिएका छन् । यसपालि जसरी भए पनि मंसुरीलाई जिताउने मतदाताले अठोट गरिरहेका छन् ।यसपालि पहिलो पटक मतदान गर्ने नयाँ पुस्ताका युवावर्गदेखि वृद्धसम्म उनको पक्षमा मत मागिरहेका छन् ।´मंसुरी समाज बुझेका जनताका सुखदुःख हरदम साथ दिने नेता हुनुहुन्छ, उहाँले जित्नु भयो भने हाम्रो क्षेत्र मात्रै होइन सुनसरीकै विकास हुन्छ,’ भोक्राहा नरसिंह गाउँपालीका वडा नम्बर १ का भग्लु मेहता भन्छन्, ‘उहाँ स्थानीय नेतादेखि प्रदेश तथा राष्ट्रिय नेताहरुसम्मको पहुँच भएका कारण युवादेखि वृद्ध मतदाता मंसुरीको पक्षमा खुलेर लागेका छन् ।` मंसुरी आफ्नो क्षेत्रका जनताको सुख दुःखमा सधैँ साथ दिँदै आएका प्रभावशाली नेता भएको कारण उनलाई नै मतदान गर्ने मेहता बताउँछन् । सुनसरी क्षेत्र नम्बर ४ बाट राष्ट्रिय राजनीतिको नेतृत्वमा हाँक्ने ज्ञानेन्द्रबहादुर कार्की र प्रदेशमा अब मन्सुरी र मण्डलको आवश्यकता रहेकोे यहाँका मतदाताले बताउने गरेका छन् ।
शिक्षक सेवा तयारी कक्षा समपन्न
लौकही । कोशी गाउँपालिकाले गाउँ तथा वडाका युवाहरुका लागि निःशुल्क शिक्षक सेवा तयारी कक्षा दिएको छ । आधारभुत तथा प्राथमिक...