ourkoshi
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
ourkoshi

घरदैलोमा मन्त्री कार्कीलाई जनसमर्थन बढ्दै

आवर कोशी by आवर कोशी
कार्तिक ३०, २०७९
घरदैलोमा मन्त्री कार्कीलाई जनसमर्थन बढ्दै
36
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदको लागि उम्मेदवारी दिएका सूचना,सञ्चार एवं प्रविधि,कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्री ज्ञानेन्द्रबहादुर कार्की यतिबेला मतदाताको घरदैलोमा छन् । सुनसरी क्षेत्र नम्बर ४ बाट लोकतान्त्रिक–वाम गठबन्धनका साझा उम्मेदवार बनेका उनी मतदातालाई आफ्नो योगदानको स्मरण गराउन मतदाताको घरदैलोमा पुगेका हुन् । नेपाल विद्यार्थी संघको २०३९ सालमा सभापति भई नेपाली राजनीतिमा योगदान दिदै आएका मन्त्री कार्की तत्कालीन विद्रोही माओवादीसँग १२ बुँदे सहमति, शान्ति प्रक्रिया, संविधान निर्माण जस्ता महत्वपूर्ण काम गरेर देशलाई आवश्यक पर्दा भूमिका खेलेका व्यक्ति हुन । ‘मैले मुलुकमा राजनीतिक स्थिरता, संविधान निर्माणका साथसाथै सुनसरी क्षेत्र नम्बर ४ को मुहार फेर्न महत्त्वपूर्ण काम गरेको छु,’ उनले भने , ‘नीति निर्माण तहमा मात्रै होइन विकास र परिवर्तनका क्षेत्रमा धेरै काम गरेको छु । सोही कामका आधारमा मेरो जित सुनिश्चित छ ।’

२०७४ सालमा तत्कालीन बाम लोकतान्त्रिक गठबन्धनलाई नेपाली जनताले झन्डै दुई तिहाइ बहुमत दिएपनि असक्षम नेतृत्वका कारण चलाउन नसकेपछि गणतन्त्रले के दिन्छ/के दियो ? भन्ने खालको सोच नागरिकमा उत्पन्न हुनुमा वर्तमान संविधानको कार्यान्वयनका लागि सही र वास्तविक पहल हुन नसक्नु रहेको उनी बताउँछन् । ‘अब कानुन बनाएर जनताले संवैधानिक व्यवस्थाबाट हाम्रो आर्थिक, सामाजिक, सांस्कृति प्रगति भयो भन्ने बनाउनुछ,’ उनले भने, ‘त्यसका लागि पनि म यहाँबाट विजय भएर जानुपर्छ ।’ आसन्न चुनावमा संविधानको रक्षा, देशको विकास, जनताको आर्थिक प्रगति र समृद्धि मुख्य मुद्दा भएको उनले बताए । पहिलो प्रतिनिधिसभा निर्वाचन २०७४ मा सुनसरी ४ बाट आफू निर्वाचित भएपछि सुनसरी क्षेत्र नम्बर ४ अन्तर्गतका विभिन्न सडक लगायतका भौतिक पूर्वाधारसँगै स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमबाट यस क्षेत्रको शिक्षा,स्वास्थ्य र खेलकुद पूर्वाधार निर्माणका साथै धार्मिक,सांस्कृतिक र अन्य भौतिक तथा पर्यटकीय पूर्वाधार तयार गर्न आफ्नो योगदान रहेकोे मन्त्री कार्की बताउँछन् ।

साथै लक्षित वर्गलाई सीप विकास तथा स्वरोजगार कार्यक्रम संचालन गर्न एवं सुनसरी क्षेत्र नम्बर ४ भित्रका स्थानीय तहसँग विकास निर्माणका लागि भूमिका खेल्दै आएको उनले बताए ।सोही आफ्नो पाँच वर्षे कार्यकालमा गरेका कामको फेहरिस्त सुनाउँदै सुनसरी क्षेत्र नम्बर ४ को प्रतिनिधि सभाका उम्मेदवार मन्त्री कार्कीले चुनावी घरदैलो अभियानलाई तीव्र पारेका छन् । उनले गरेका आफ्ना कामका सूची बाँड्दै घरदैलो अभियानमा जुटेका छन् । सुनसरी क्षेत्र नम्बर ४ मा पर्ने कोसी गाउँपालीका,भोक्राहा नरसिंह गाउँपालिको सबै वडासहित हरिनगरको १, २, ४, ५, ६,७ इनरुवाको ३, ४ र ८ रामधुनीकाे १ वटा वडा बराहक्षेत्र ६, ७, ८, ९, १० र ११ वडा समेटिएको निर्वाचन क्षेत्रमा उनी २०७४ को निर्वाचनमा एमालेका प्रभावशाली नेता रमेश श्रेष्ठलाई हराउँदै निर्वाचित भएका थिए । पुनः चुनावी मैदानमा होमिएका मन्त्री कार्कीका मुख्य प्रतिस्पर्धीको रूपमा नेकपा एमालेका नेता जगदीश कुसियैक देखिएका छन् ।

मन्त्री कार्की आफूले आफ्नो पाँच वर्षे कार्यकालमा गरेको जनमुखी कार्य जित्ने आधार रहेको दाबी गर्दै आएका छन् ।२०७० मा समानुपातिक र २०७४ मा निर्वाचित भई यस पटक पनि मन्त्री कार्कीले ह्याट्रिक गर्दै तेस्रो पटक संसद छिर्ने दाउमा छन् । उनले सुकुम्वासीलाई आवसहितको पक्की घर, पुलसहित आफ्नो पाँच वर्षे कार्यकालमा विभिन्न विकास निर्माणको काम सम्पन्न गरेको र केही सुरुवात गरेको तथा निर्माणाधीन अवस्थामा रहेको बताएका छन् । संसदमा खेलको प्रभावकारी भूमिका, युवा जोस र जाँगर तथा मधेसी, आदिवासी जनजाति, उत्पीडित जातिको सहानुभूतिसहित सत्ता गठबन्धनका उम्मेदवार बनेका मन्त्री कार्की यस पटकको चुनावमा पनि आफ्नो प्रभाव कायम राख्ने पक्षमा छन् । विकास प्रेमी नेतामा रूपमा चिनिने मन्त्री कार्की सबैसँग चाँडै घुलमिल हुनसक्ने उनको स्वभागका कारण मतदाताको रोजाइमा पर्ने गरेका छन् ।

Tags: ज्ञानेन्द्रबहादुर कार्कीनेपाली कांग्रेससुनसरी ४

Related Posts

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

by आवर कोशी
फाल्गुन २६, २०८२
0

सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

सुनसरी ४ : ह्याट्रीक जित हुनेमा कार्की ढुक्क

by आवर कोशी
फाल्गुन १८, २०८२
0

सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदको लागि तेस्रो पटक उम्मेदवारी दिएका पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आफूलाई मतदाताले...

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

by आवर कोशी
फाल्गुन १५, २०८२
0

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा सुनसरी निर्वाचन क्षेत्र नं ४ मा उम्मेदवारहरू आफ्नो पक्षमा मतदाता आकर्षित गर्न घरदैलो अभियानमा...

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

by आवर कोशी
फाल्गुन ११, २०८२
0

मिकाइल आलम कोशी । सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदको लागि उम्मेदवारी दिएका पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की...

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरैका समाचार

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
प्रदेश

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

by आवर कोशी
फाल्गुन २६, २०८२
0

सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...

Read more
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

सुनसरी ४ : ह्याट्रीक जित हुनेमा कार्की ढुक्क

फाल्गुन १८, २०८२
घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

फाल्गुन १५, २०८२
कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

फाल्गुन ११, २०८२
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

फाल्गुन ७, २०८२

बढी पढिएकाे

  • सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    1652 shares
    Share 661 Tweet 413
  • महिलासँग रंगेहात पक्राउ परेका वडाध्यक्ष निलम्बित

    696 shares
    Share 278 Tweet 174
  • सीमाबाट ब्राउन सुगरसहित भारतीय पक्राउ

    563 shares
    Share 225 Tweet 141
  • मन्दिरको जग्गा व्यक्तिको नाममा गरेपछि…..

    521 shares
    Share 208 Tweet 130
  • इनरुवाको मेयरमा भण्डारीको फराकिलो अग्रता

    382 shares
    Share 153 Tweet 96
  • कोसीको अध्यक्षमा ऐयुब अन्सारीको अग्रता

    374 shares
    Share 150 Tweet 94
  • 5k Fans

सम्पर्क

ठेगाना : कोशी गाउँपालीका -८ (भण्टाबारी) सुनसरी
मोबाइल नम्बर : ९८४८६४४३६८/९८१४३०८२२४
इमेल : ourkoshinews@gmail.com

हाम्राे टिम

सम्पादक : प्रेमकुमार साह
संचालक/अध्यक्ष : मो. मिकाइल
प्रमुख सम्बादाता : अलफेद अन्सारी

दर्ता

कम्पनी दर्ता नं. : २६७२०९-०७८-०७९
सूचना विभाग द‍‍र्ता नं. : ४३६०-२०८०-०८१
प्रेस काउन्सिल सूचीकृत नं. :४६८२-२०८१-०८२

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.