इनरुवा । आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको लागि बिहीबार लोकतान्त्रिक बाम गठबन्धनको विशाल आमसभा हुने भएको छ । सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभा सदस्य तर्फ लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट साझा उम्मेदवारी दिएका वर्तमान सूचना,सञ्चार एवं प्रविधि,न्याय कानुन तथा संसदीय व्यवस्था मन्त्री नेपाली कांग्रेसका केन्द्रिय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीको प्रमुख आतिथ्य हुने सो कार्यक्रममा नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र,नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रिय,प्रदेश,जिल्ला,क्षेत्रदेखि स्थानीयस्तरका अगुवा नेताकार्यकर्ताको उपस्थिति रहनेछ ।
उक्त कार्यक्रममा सुनसरी क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार मन्त्रीका साथै नेपाली कांग्रेसका केन्द्रिय सदस्य प्रभावशाली नेता शेखर कोइराला,केन्द्रिय सदस्य तथा सुनसरी क्षेत्र नम्बर २ (ख) बाट प्रदेशसभा सदस्य पदको लागि उम्मेदवारी दिएका राजीव कोइराला,नेकपा एकीकृत समाजवादी पार्टीका प्रभावशाली नेता महफुज अन्सारी,नेपाली कांग्रेस जिल्ला सभापति केदार भण्डारी,नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर ४ का सभापति ऐयुब अन्सारी,(क) बाट प्रदेशसभा सदस्य पदका उम्मेदवार सदानन्द मण्डल,(ख) बाट उम्मेदवारी दिएका हाजी डाक्टर इसराइल मंसुरी,नेकपा माओवादी केन्द्रका प्रभावशाली नेताहरु लक्ष्मण दहियार,पंचनारायण मण्डल, योगेन्द्र मण्डल (पप्पु),विभिन्न स्थानीयदेखि राष्ट्रियस्तर कलाकारहरू लगायतको उपस्थिति रहने बताइएको छ । उक्त चुनावी आमसभामा आफ्नो शक्ति प्रदर्शन गर्दै मंसिर ४ गते सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ का मतदाता लोकतान्त्रिक बाम गठबन्धनलाई भोट हाल्न उत्साहित भएको प्रमाणित गरिदिने लक्ष्य राखिएको आयोजकले जनाएको छ ।
शिक्षक सेवा तयारी कक्षा समपन्न
लौकही । कोशी गाउँपालिकाले गाउँ तथा वडाका युवाहरुका लागि निःशुल्क शिक्षक सेवा तयारी कक्षा दिएको छ । आधारभुत तथा प्राथमिक...