इनरुवा । राजनैतिक हिसाबले सुनसरी एैतिहासिक जिल्ला हो । हाल ४ वटा निर्वाचन क्षेत्र रहेको सुनसरीबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिहरु केन्द्रिय स्तरको राजनीतिमा प्रभाव राख्ने गर्दछन् । तत्कालीन रुपमा नेकपा एमालेबाट मनमोहन अधिकारीले सुनसरी – १ बाट , नेपाली कांग्रेसबाट गिरिजाप्रसाद कोईरालाले तत्कालीन सुनसरी – ५ बाट बिजयी बनेर देशको प्रधानमन्त्री समेत बनेका थिए ।

२०६४ सालको पहिलो संविधान सभाको निर्वाचनमा सुनसरीमा तत्कालीन – ६ बटा निर्बाचन क्षेत्रमा तत्कालीन जनअधिकार फोरम नेपालले ३ वटा , नेकपा माअोबादीले १ बटा र एमालले २ बटा क्षेत्रमा बिजय प्राप्त गरेको थियो । नेपाली कांग्रेस निल बन्न पुगेको थियो । त्यस्तै २०७० सालमा भएको दोस्रो संविधान सभाको निर्वाचनमा ६ बटा क्षेत्र रहेको सुनसरीमा एमालले ३ ठाउमा , तत्कालीन राष्ट्रिय जनअधिकार फोरम र राष्ट्रिय जनअधिकार फोरम लोकतान्त्रिक र नेपाली कांग्रेसले १-१ स्थानमा बिजयी बनेका थिए । माअोबादीले निल बनेको थियो ।लामो समय बामपन्थीको प्रभाव भएको जिल्ला मानिने सुनसरीको २०७४ सालदेखि दृश्य बदलिएको हो ।पछिल्ला निर्वाचनमा सुनसरी कांग्रेसको प्रभाव जिल्ला बन्दै गएको छ । २०७४ सालमा बामगठबन्ध हुँदा पनि कांग्रेसले ४ मध्य ३ वटामा जित हात पारेको थियो भने सुनसरी – १ मा नेपाली कांग्रेसले तत्कालीन संघिय समाजबादि नेपाललाई समर्थन गरेको थियो ।

पछिल्लो स्थानीय निर्वाचन तहको निर्वाचन २०७४ र २०७९ को नतिजा हेर्दा समेत सुनसरीमा कांग्रेसनै बलियो शक्तिको रुपमा रहेको छ । १२ वटा स्थानीय तह रहेको सुनसरीमा एउटा उपमहानगरपालिका , ३ बटा नगरपालिका सहित ३ बटा गाउँपालिकामा गरेर ७ स्थानीय तहमा बिजयी भएको छ । एमालले १ नगरपालिका स्थित २ बटा गाउँपालिमा बिजयी भएको छ भन्ने धरान उपमहानगरपालिकामा स्वतन्त्र र देवानगञ्ज गाउँपालीकामा जनता समाजवादि पार्टी बिजय बनेको थियो । २०७४ सालको निर्वाचन पश्चात् सुनसरीमा कांग्रेस र एमालेबीच नै मुख्य प्रतिस्पर्धा हुने गरेको छ । मसिर – ४ मा निर्बाचनमा सत्ता गठबन्धनबीचको सहमति अनुसार सुनसरीमा ३ निर्वाचन क्षेत्र कांगेसमो भागमा परेको छ। भने १ वटा क्षेत्र माओवादीको मागमा परेको छ । त्यस्तै एमाले पनि सुनसरी क्षेेत्र नं १ जनता समाजवादीलाई जिम्मा लगाएको छ ।
इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...








