इनरुवा । सुनसरी निर्वाचन क्षेत्र नं-४ प्रतिनिधिसभा तर्फ नेपाली कांग्रेसका नेता एवं सूचना,सञ्चार प्रविधि ज्ञानेन्द्रबहादुर कार्कीले निरन्तर अग्रता बनाइरहेका छन् । बुधबार बिहानको मतपरिणामअनुसार सुनसरी ४ को ६९ हजार ३ सय ७६ मतगणना हुँदा लोकतान्त्रिक बाम गठबन्धनबाट उम्मेदवार बनेका कार्कीले २६ हजार ५ सय ६३ मतसहित अग्रता बनाइरहेका छन् जनता समाजवादी पार्टीसँग चुनावी तालमेल गरी उम्मेदवार बनेका नेकपा एमालेका जगदीशप्रसाद कुसियैत २६ हजार २ सय ३५ मतसहित कार्कीलाई पछ्याउँदै छन् । पछिल्लो मतपरिणामअनुसार मन्त्री कार्की ३ सय २८ मतले अगाडि देखिएका छन् ।
इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...








