इनरुवा । सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ को प्रतिनिधिसभा र प्रदेश सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ । जम्मा ३२ वटा वडा रहेको क्षेत्र नम्बर ४ मा यो समाचार तयार पार्दासम्म २८ वटा वडाको मतगणना सम्पन्न भएको छ भने बराह नगरपालिका वडा नम्बर ११ र भोक्राहा नरसिंह गाउँपालीकाको ७ नम्बर वडाको मतगणना जारी छ ।
सुनसरी निर्वाचन क्षेत्र नं-४ प्रतिनिधिसभा तर्फ नेपाली कांग्रेसका नेता एवं सूचना,सञ्चार प्रविधि ज्ञानेन्द्रबहादुर कार्कीले निरन्तर अग्रता बनाइरहेका छन् । बुधबार बिहानको मतपरिणामअनुसार सुनसरी ४ को ६९ हजार ३ सय ७६ मतगणना हुँदा लोकतान्त्रिक बाम गठबन्धनबाट उम्मेदवार बनेका कार्कीले २६ हजार ५ सय ६३ मतसहित अग्रता बनाइरहेका छन् जनता समाजवादी पार्टीसँग चुनावी तालमेल गरी उम्मेदवार बनेका नेकपा एमालेका जगदीशप्रसाद कुसियैत २६ हजार २ सय ३५ मतसहित कार्कीलाई पछ्याउँदै छन् । पछिल्लो मतपरिणामअनुसार मन्त्री कार्की ३ सय २८ मतले अगाडि देखिएका छन् । यसैबीच सुनसरी क्षेत्र नम्बर ४ ख बाट प्रदेशसभा सदस्य पदको लागि उम्मेदवारी दिएका हाजी डाक्टर इसराइल मन्सुरीको जित सुनिश्चित भएको छ । सुनसरी क्षेत्र नम्बर ४ ख मा जम्मा १७ वटा वडा रहेकोमा हालसम्म १६ वटा वडाको मतगणना सम्पन्न हुँदा मन्सुरी आफ्ना निकटतम प्रतिद्वन्दी भन्दा २ हजार २ सय ५७ मतले अग्रता लिइरहेका छन् । पछिल्लो मतपरिणामअनुसार नेपाली कांग्रेसका नेता मन्सुरीले १३ हजार नौ सय ४४ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवार हाजी अब्बास अन्सारीले ११ हजार छ सय ८७ मत पाएका छन् । सुनसरी ४ प्रदेश (ख) काे भाेक्राहा नरसिंह वडा नम्बर ७ काे मतगणना हुन मात्रै बाँकी छ ।
जनअपेक्षा अनुसार विकास निर्माणकार्य गरौं : सांसद मन्सुरी
इनरुवा । प्रदेश १ का सांसद डाक्टर हाजी इसराईल मन्सुरीले जनताको अपेक्षाअनुसार विकास निर्माणकार्य गर्नुपर्नेमा जोड दिएका छन् । जिल्ला...