इनरुवा । सनसरी निर्वाचन क्षेत्र नम्बर ४ (ख) बाट प्रदेश सदस्य पदमा नेपाली कांग्रेसका उम्मेदवारी डाक्टर हाजी इसराइल मन्सुरी निर्वाचित भएका छन् ।सुनसरी क्षेत्र नम्बर ४ (ख ) बाट प्रदेशसभा सदस्य पदको लागि उम्मेदवारी दिएका मन्सुरीले नेकपा एमालेका उम्मेदवार हाजी अब्बास अन्सारीलाई २ हजार १ सय ८५ मतले हराउँदै विजयी बनेका छन् । बुधबार दिउँसो सम्पन्न सुनसरी क्षेत्र नम्बर ४ (ख) को मतगणनाको नतिजाअनुसार निर्वाचित मन्सुरीले १४ हजार ३ सय २८ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्दी अन्सारीले १२ हजार १ सय ८५ मत प्राप्त गरे ।
जनअपेक्षा अनुसार विकास निर्माणकार्य गरौं : सांसद मन्सुरी
इनरुवा । प्रदेश १ का सांसद डाक्टर हाजी इसराईल मन्सुरीले जनताको अपेक्षाअनुसार विकास निर्माणकार्य गर्नुपर्नेमा जोड दिएका छन् । जिल्ला...