ourkoshi
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
ourkoshi

“समाजसेवी डाक्टर” मन्सुरी बने प्रदेश सांसद

आवर कोशी by आवर कोशी
मंसिर १५, २०७९
“समाजसेवी डाक्टर” मन्सुरी बने प्रदेश सांसद
84
SHARES
Share on FacebookShare on Twitter

मिकाइल आलम

सुनसरी । “समाजसेवी डाक्टर” उपनाम पाएका नेपाली कांग्रेसका नेता हाजी डाक्टर इसराइल मन्सुरी प्रदेशसभा सदस्य पदमा निर्वाचित भएका छन् । सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ (ख) बाट लोकतान्त्रिक बाम गठबन्धनको तर्फ उम्मेदवार बनेका मन्सुरी आफ्ना निकटतम प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार अब्बास अन्सारीलाई २ हजार १ सय ४३ मतान्तरले पछि पार्दै विजयी बनेका हुन । बुधबार दिउँसो सम्पन्न सुनसरी क्षेत्र नम्बर ४ (ख) को मतगणनाको नतिजाअनुसार निर्वाचित मन्सुरीले १४ हजार ३ सय २८ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्दी अन्सारीले १२ हजार १ सय ८५ मत प्राप्त गरे ।

जागिरे जीवनमा स्वास्थ्यकर्मी भएर समाजमा दिएको योगदानका कारण अहिले उम्मेदवार मन्सुरी जनताको रोजाईमा पर्न सफल भएका छन् । समाजसेवाबाट राजनीतिमा लागेर स्वच्छ छवि बनाएका उनी जनताका समस्या समाधान गर्न कटिबद्ध भएर काम गर्दै आएको नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर ४ का सभापति ऐयुब अन्सारी बताउँछन् । २०३२ साल मंसिर १६ गते सुनसरी जिल्लाको साविक भोक्राहा गाविस वडा नम्बर ६ हाल भोक्राहा नरसिंह गाउँपालीका वडा नम्बर ४ मा जन्मिएका हुन मन्सुरी । उनको बुवाको नाम सुलेमान मियाँ र आमाको नाम हमिदन खातुनको हो । बिए लिएर स्नातक गरेका मन्सुरी सुरु सुरुमा स्वास्थ्य क्षेत्र हुँदै समाजसेवीको छविमार्फत राजनीतिमा लागेका व्यक्ति हुन । २०४८ सालमा एसएलसी गरेका मन्सुरीले २०५१ सालमा अहेव उतिर्ण गर्दै लाेकसेवा उतिर्ण गरी नेपाल सरकारकाे स्वास्थ्य मन्त्रालय अन्तर्गत २१ वर्ष ११ महिना स्वास्थ्य क्षेत्रमा काम गरेका थिए ।

कामको सिलसिलामा उनी ४ वर्ष भाेजपुर स्वास्थ्य कार्यलय अन्तर्गत विभिन्न स्वास्थ्य चाैकी प्रमुख भइ काम गरेका उनी त्यसपछि भने लगभग १८ वर्ष स्वास्थ्य अन्तर्गत भाेक्राहा स्वास्थ्य चाैकी प्रमुख स्वास्थ्य क्षेत्रमा काम गरेका थिए । नेपालमा पहिलो पल्ट जनताकाे आवश्यकता र गरिबीकाे कारण सहज स्वास्थ्यमा पहुचको लागि (HOLLAND मा स्थापित) अन्तर्राष्ट्रिय गैरसरकारी संस्था “करूणा फाउन्डेसन” नामक संस्थासंग समन्वय गरी २०६६ सालमा “स्वास्थ्य बिमा कार्यक्रम” भाेक्राहा बाट सुरुवात गरेको बताउदै मन्सुरीले त्यसपछि भने उक्त कार्यक्रम ३ जिल्लामा सुरू भई हाल नेपाल सरकारबाट देशभरी स्वास्थ्य बिमा संचालनमा रहेकाे बताउँछन् । आफू २०७३ सालमा सेवाबाट निवृत्त भई जनताकाे समस्याहरू समाधानकाे लागि काम गर्दै आएको परिणामस्वरूप जनताले आफ्नो पक्षमा मतदान गरेर विजयी बनाएको उनको भनाइ छ ।

स्वास्थ्य क्षेत्रसँगसँगै नेविसंघबाट राजनितिमा लागेका मन्सुरी, नेपाल स्वास्थ्यकर्मी संघ, नेपाल मुस्लिम संघ हुदै क्षेत्र सदस्य हुदै हाल जिल्ला सदस्य भइ काम गर्दै आइरहेका छन् । भाेक्राहा सहकारी समन्वय समितिका अध्यक्ष हुँदै जिल्ला सहकारी संस्थाकाे जिल्ला सदस्य समेत भएका व्यक्ति हुन मन्सुरी । सुनसरी सदरमुकाम सदरमुकामकाे सबै भन्दा पुरानो बिद्यालय भगबती माध्यमिक विद्यालयकाे ब्यवस्थापन समितिकाे अध्यक्ष भएर शिक्षा क्षेत्र सुधार गर्न आफू सफल भएको मन्सुरी बताउँछन् । यस्तै आफ्नो प्रयासमा मन्सुरीले सहकारीमार्फत किसानहरुलाई किसानलाई सेवा दिइरहेका छन् । सोही क्रममा भाेक्राहा नरसिंह वडा नम्बर ६ मा सजिलो कृषि सहकारी संचालन गरी किसानहरुलाई सहुलियत दरमा खाद,मल,बिउ लगायतका अन्य कृषि सामाग्रीहरू उपलब्ध गराउन अहम् योगदान दिदै आएको मन्सुरी बताउँछन् ।यस्तै भोक्राहा नरसिंह गाउँपालीका वडा नम्बर ७ मा संचालित मदरसा दारूल फूर्कान मन्सुरीकै पहल संचालनमा आएको हो भने मदरसामा विपन्न ,अनाथ तथा जेहेन्दार विद्यार्थीलाई निशुल्क शिक्षा तथा छात्राबासको व्यवस्था मन्सुरीले गरिदिएका छन् ।

Tags: डाक्टर इसराइल मन्सुरी

Related Posts

जनअपेक्षा अनुसार विकास निर्माणकार्य गरौं : सांसद मन्सुरी

जनअपेक्षा अनुसार विकास निर्माणकार्य गरौं : सांसद मन्सुरी

by आवर कोशी
माघ २३, २०७९
0

इनरुवा । प्रदेश १ का सांसद डाक्टर हाजी इसराईल मन्सुरीले जनताको अपेक्षाअनुसार विकास निर्माणकार्य गर्नुपर्नेमा जोड दिएका छन् । जिल्ला...

उवा संघको अध्यक्षमा साह,कटुवाल र ओझाको उम्मेदवारी

उवा संघको अध्यक्षमा साह,कटुवाल र ओझाको उम्मेदवारी

by आवर कोशी
माघ २३, २०७९
0

इनरुवा। उद्योग वाणिज्य संघ इनरुवाको अध्यक्ष पदका लागि ३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन आयुक्त शंकर पोखरेलका अनुसार...

समाजको चित्रण गर्न कोसीमा चित्रकला प्रतियोगिता

समाजको चित्रण गर्न कोसीमा चित्रकला प्रतियोगिता

by आवर कोशी
माघ २०, २०७९
0

लौकही । समाजको वास्तविकता बाहिर ल्याउन चित्रकला प्रतियोगिता आवश्यक भएको कोसी गाउँपालीका अध्यक्ष ऐयुब अन्सारीले बताएका छन् । समाजमा भए...

कोसी टप्पु संरक्षणमा सरकार उदासीन : अध्यक्ष अन्सारी

कोसी टप्पु संरक्षणमा सरकार उदासीन : अध्यक्ष अन्सारी

by आवर कोशी
माघ १९, २०७९
0

कोसी टप्पु । वन क्षेत्रका सिमसार नासिँदै गएकाले यसको संरक्षण गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन्। विश्व सिमासार दिवसको अवसरमा कोसी...

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरैका समाचार

जनअपेक्षा अनुसार विकास निर्माणकार्य गरौं : सांसद मन्सुरी
प्रदेश

जनअपेक्षा अनुसार विकास निर्माणकार्य गरौं : सांसद मन्सुरी

by आवर कोशी
माघ २३, २०७९
0

इनरुवा । प्रदेश १ का सांसद डाक्टर हाजी इसराईल मन्सुरीले जनताको अपेक्षाअनुसार विकास निर्माणकार्य गर्नुपर्नेमा जोड दिएका छन् । जिल्ला...

Read more
उवा संघको अध्यक्षमा साह,कटुवाल र ओझाको उम्मेदवारी

उवा संघको अध्यक्षमा साह,कटुवाल र ओझाको उम्मेदवारी

माघ २३, २०७९
समाजको चित्रण गर्न कोसीमा चित्रकला प्रतियोगिता

समाजको चित्रण गर्न कोसीमा चित्रकला प्रतियोगिता

माघ २०, २०७९
कोसी टप्पु संरक्षणमा सरकार उदासीन : अध्यक्ष अन्सारी

कोसी टप्पु संरक्षणमा सरकार उदासीन : अध्यक्ष अन्सारी

माघ १९, २०७९
७१ औं भन्सार दिवसमा अन्तरक्रिया कार्यक्रम सम्पन्न 

७१ औं भन्सार दिवसमा अन्तरक्रिया कार्यक्रम सम्पन्न 

माघ १२, २०७९
  • 5k Fans

बढी पढिएकाे

  • सीमाबाट ब्राउन सुगरसहित भारतीय पक्राउ

    सीमाबाट ब्राउन सुगरसहित भारतीय पक्राउ

    536 shares
    Share 214 Tweet 134
  • इनरुवाको मेयरमा भण्डारीको फराकिलो अग्रता

    372 shares
    Share 149 Tweet 93
  • कोसीको अध्यक्षमा ऐयुब अन्सारीको अग्रता

    368 shares
    Share 147 Tweet 92
  • वडाध्यक्षसहित ३ सय ७४ जना काङ्ग्रेसमा प्रवेश

    362 shares
    Share 145 Tweet 91
  • कोसीको अध्यक्षमा अन्सारीको फराकिलो अग्रता

    358 shares
    Share 143 Tweet 90
  • सुनसरी सभापतिमा कस्ले मार्ला बाजी ?

    283 shares
    Share 113 Tweet 71

सूचना : याे वेबसाइट निर्माणाधिन छ । हाल परीक्षणकाे क्रममा रहेकाे याे वेबसाइट चाँडै नै दर्ता गरी सञ्चालनमा ल्याउनेछाैं । यहाँहरूकाे सल्लाह सुझाव

प्रबन्ध निर्देशक :
प्रधान सम्पादक :
सम्पादक :
संवाददाता :

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: Content is protected !!