ourkoshi
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
ourkoshi

देउवाका विश्वासपात्र कार्कीलाई फाप्यो सुनसरी

आवर कोशी by आवर कोशी
मंसिर १७, २०७९
देउवाका विश्वासपात्र कार्कीलाई फाप्यो सुनसरी
116
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । नेपाली कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्की पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाका ‘किचेन क्याबिनेट’ का एक सदस्य हुन्। त्यसैले देउवा प्रधानमन्त्री हुँदा कार्की मन्त्रीको सूचीमा पर्छन्। यसपालिको चुनावमा मत माग्ने क्रममा कांग्रेस कार्यकर्ताले कार्की फेरि मन्त्री बन्ने भनेर प्रचार गरेका थिए।भोजपुरमा तीन पटक पराजित भएका कार्कीलाई सुनसरी भने फापेको छ। २०५१, २०५६ र ०६४ सालमा कार्की भोजपुरमा पराजित भएका उनी ७० को चुनावमा सुनसरी झरेका हुन्। कार्की दोस्रो संविधानसभा निर्वाचनमा समानुपातिकबाट सांसद भएका थिए। पटकपटक अवसर पाएका उनी यसपटक चाहिँ बल्लबल्ल निर्वाचित भए। ०७४ को निर्वाचनमा तत्कालीन अर्थमन्त्री रहेका कार्की सुनसरी निर्वाचन क्षेत्र नं. ४ बाट फराकिलो मतान्तरले विजयी भएका थिए। त्यति बेला उनी एमालेका रमेश श्रेष्ठलाई पराजित गर्दै निर्वाचित भएका थिए। श्रेष्ठ वाम गठबन्धनका उम्मेदवार थिए।

०७४ को निर्वाचनमा कार्कीले ३२ हजार ३४७ मत ल्याउँदा श्रेष्ठले २५ हजार ७५० मत ल्याएका थिए। अघिल्लो निर्वाचनमा ६ हजार ५९७ मतान्तरले विजयी भएका कार्की यसपटक भने ११२ मतान्तरले विजयी भएका हुन्। बिहीबार सम्पन्न मत गणनाको अन्तिम परिणामअनुसार कार्कीले ३० हजार ४८३ मत ल्याएका छन् भने एमालेका जगदीशप्रसाद कुसियतले ३० हजार ३७१ मत प्राप्त गरे। यसपटक कार्कीको मतान्तर खुम्चिएको छ।‘विकासका काम मात्रै गरेर चुनाव जित्न कठिन हुने रहेछ,’ उनले भने, ‘अहिलेको मत परिणामले त्यस्तै संकेत ग¥यो। चुनावमा जेजस्तो नतिजा आए पनि निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउनु हाम्रो पनि दायित्व थियो।’उनले आफू यस क्षेत्रबाट दोस्रोपटक निर्वाचित भएको र यहाँका जनतालाई महसुस हुने गरी काम गर्ने बताए। प्रतिस्पर्धी दल नेकपा एमालेले उठाएका मुद्दा पनि आफ्नो काँधमा लिएर विकास निर्माणको काम गर्ने उनको दाबी छ।

एमालेबाट ०५१ सालमा गिरिजाप्रसाद कोइरालासँग चुनावी प्रतिस्पर्धा गरेका जगदीशप्रसाद कुसियैत पुराना नेता हुन्। उनी यस क्षेत्रका रैथाने र भूगोलसँग परिचित रहे पनि जातीय समीकरणका आधारमा मत विभाजन भएकाले कार्कीलाई फाइदा भएको जानकारहरू बताउँछन्। कांग्रेसका जिल्ला सभापति केदार भण्डारीले दिएको विवादास्पद अभिव्यक्तिले पनि कार्कीको मत घटाएको हो। भण्डारीले गत भदौ २४ गते धरानस्थित बीपी जयन्तीका अवसरमा आयोजित एक कार्यक्रममा ‘सुनसरीमा ज्ञानेन्द्रबहादुर कार्की आएर गुट गरेको’ अभिव्यक्ति दिएका थिए। ‘हिजो राजीव कोइराला सुनसरी जिल्लाको सभापति हुँदा जुन किसिमको माहोल थियो, त्यो माहोल भाँडिएको छ,’ भण्डारीले भनेका थिए, ‘दुई ठूला नेताको प्रवेश छ, एउटा आदरणीय ज्ञानेन्द्र दाइ आउनुभाछ, अर्को विजय दाइ। उहाँहरूलाई सम्मान गर्ने क्रममा पार्टी अप्ठ्यारो अवस्थामा परेको छ।’ उनीहरूकै कारण स्थानीय तहको निर्वाचनमा केही स्थान कांग्रेसले गुमाउनुपरेको उनको संकेत थियो।भण्डारीले पार्टीभित्र गुट, उपगुट रहेको र अधिवेशनको तुष बाँकी रहेका कारण स्थानीय तहको निर्वाचनमा धरानसहितका केही स्थान गुमाउनुपरेको बताएका थिए। सभापति भण्डारीको उक्त अभिव्यक्तिकै कारण पनि अहिले सुनसरीका चारमध्ये तीन स्थानमा पराजित व्यहोर्नुपरेको कार्यकर्ताको बुझाइ छ।

‘०७४ को निर्वाचनमा राजीव कोइराला सभापति हुँदा र वाम गठबन्धन हुँदा सुनसरीमा कांग्रेस एक्लैले तीन सिट जितेको थियो,’ सुनसरी कांग्रेसका एक नेताले भने, ‘उहाँ (केदार भण्डारी) जिल्ला सभापति हुँदा र लोकतान्त्रिक–वाम गठबन्धन हुँदाचाहिँ एउटा सिट जित्न पनि कठिन हुने अवस्था कसरी आयो? निर्मम समीक्षा हुनुपर्छ।’ती नेताले अघिल्लो निर्वाचनमा कांग्रेस एक्लैले तीन सिट जिते पनि अहिले एक सिटमा खुम्चिनुपर्दा जिल्ला सभापतिले जिम्मेवारी लिनुपर्ने बताए। सुनसरी ४ मा कांग्रेसकै कारण सहज जित निकाल्न नेता कार्कीलाई चुनौती भएको उनको बुझाइ छ। कार्की सुनसरी आउनुअघि जिल्लामा विजयकुमार गच्छदारको दबदबा थियो। प्रशासनदेखि सत्ता, शक्ति गच्छदारको हातमा हुन्थ्यो। कार्की सुनसरी झरेसँगै गच्छदार कमजोर बन्दै गए। गच्छदार कमजोर बन्दा कार्की बलियो बन्दै गए। सांगठनिक रूपमा भने आफूले सोचेजस्तो अब्बल रहन नसकेको अहिलेको मतपरिणामले देखाउँछ।कार्कीसँग झिनो मतान्तरले पराजित हुने कुसियैत नेकपा एमाले सुनसरीका इन्चार्जसमेत हुन्। उनी ०७४ मा सुनसरी क्षेत्र नं. ४ (क) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । शेरधन राई मुख्यमन्त्री हुँदा प्रदेश १ को वन, वातावरण, उद्योग तथा पर्यटनमन्त्री भएका उनी यसपटक भने प्रतिनिधिसभा सदस्यका उम्मेदवार थिए।

यस क्षेत्रमा गिरिजाप्रसाद कोइरालाले २०४८ सालमा क्षेत्र नं. ४ मा परेको बेला, ०५१ सालको मध्यावधि निर्वाचनमा र ०५६ सालको संसदीय निर्वाचनमा क्षेत्र नं. ५ मा परेका बेला जितेका थिए। पहिलो र दोस्रो संविधानसभा निर्वाचनमा संघीय समाजवादी फोरम नेपाल अध्यक्ष उपेन्द्र यादवले चुनाव जितेका थिए। सुनसरी क्षेत्र नं. ४ मा कुल एक लाख २८ हजार ६५ मतदाता छन्। यस क्षेत्रमा कोसी गाउँपालिकाका सबै वडा, भोक्राहा–नरसिंह गाउँपालिकाका सबै वडाहरू, हरिनगरा गाउँपालिकाका १, २, ४, ५, ६ र ७, इनरुवा नगरपालिकाका ३, ४ र ८, रामधुनी नगरपालिकाका ४ र बराहक्षेत्र नगरपालिका ६, ७, ८, ९, १० र ११ नम्बर वडाहरू समावेश छन्।

को हुन् कार्की ?

नेपाली कांग्रेसका केन्द्रीय सदस्य रहेका कार्कीले ०३३ सालदेखि राजनीतिक यात्रा सुरु गरेका हुन्। ०३३ सालदेखि विद्यार्थी राजनीतिबाट सक्रिय भएका उनी ०३९ सालमा नेपाल विद्यार्थी संघ (नेविसंघ) का अध्यक्ष बने। २०४७ सालमा कृष्णप्रसाद भट्टराई अन्तरिम सरकारको प्रधानमन्त्री बनेका बेला उनले स्वकीय सचिव भएर काम गरेका थिए। २०६३ सालमा जलस्रोतमन्त्री बनेका उनी २०७४ सालमा अर्थमन्त्री थिए। यसअघि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भइसकेका उनी हाल सञ्चार, सूचना तथा प्रविधिमन्त्री छन्। कार्की र राष्ट्रपति विद्यादेवी भण्डारीबीच दाजुबहिनीको साइनो छ। राष्ट्रपतिकी आमा मिथिला पाण्डे कार्कीकी फुपूकी छोरी हुन्। उनीहरूबीच दाजुबहिनीको प्रगाढ सम्बन्ध रहेको निकटस्थहरू बताउँछन्।

Tags: ज्ञानेन्द्रबहादुर कार्की

Related Posts

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

by आवर कोशी
फाल्गुन २६, २०८२
0

सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

सुनसरी ४ : ह्याट्रीक जित हुनेमा कार्की ढुक्क

by आवर कोशी
फाल्गुन १८, २०८२
0

सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदको लागि तेस्रो पटक उम्मेदवारी दिएका पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आफूलाई मतदाताले...

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

by आवर कोशी
फाल्गुन १५, २०८२
0

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा सुनसरी निर्वाचन क्षेत्र नं ४ मा उम्मेदवारहरू आफ्नो पक्षमा मतदाता आकर्षित गर्न घरदैलो अभियानमा...

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

by आवर कोशी
फाल्गुन ११, २०८२
0

मिकाइल आलम कोशी । सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदको लागि उम्मेदवारी दिएका पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की...

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरैका समाचार

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
प्रदेश

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

by आवर कोशी
फाल्गुन २६, २०८२
0

सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...

Read more
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

सुनसरी ४ : ह्याट्रीक जित हुनेमा कार्की ढुक्क

फाल्गुन १८, २०८२
घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

फाल्गुन १५, २०८२
कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

फाल्गुन ११, २०८२
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

फाल्गुन ७, २०८२

बढी पढिएकाे

  • सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    1652 shares
    Share 661 Tweet 413
  • महिलासँग रंगेहात पक्राउ परेका वडाध्यक्ष निलम्बित

    696 shares
    Share 278 Tweet 174
  • सीमाबाट ब्राउन सुगरसहित भारतीय पक्राउ

    563 shares
    Share 225 Tweet 141
  • मन्दिरको जग्गा व्यक्तिको नाममा गरेपछि…..

    521 shares
    Share 208 Tweet 130
  • इनरुवाको मेयरमा भण्डारीको फराकिलो अग्रता

    382 shares
    Share 153 Tweet 96
  • कोसीको अध्यक्षमा ऐयुब अन्सारीको अग्रता

    374 shares
    Share 150 Tweet 94
  • 5k Fans

सम्पर्क

ठेगाना : कोशी गाउँपालीका -८ (भण्टाबारी) सुनसरी
मोबाइल नम्बर : ९८४८६४४३६८/९८१४३०८२२४
इमेल : ourkoshinews@gmail.com

हाम्राे टिम

सम्पादक : प्रेमकुमार साह
संचालक/अध्यक्ष : मो. मिकाइल
प्रमुख सम्बादाता : अलफेद अन्सारी

दर्ता

कम्पनी दर्ता नं. : २६७२०९-०७८-०७९
सूचना विभाग द‍‍र्ता नं. : ४३६०-२०८०-०८१
प्रेस काउन्सिल सूचीकृत नं. :४६८२-२०८१-०८२

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.