लौकही । कोसी गाउँपालीकामा अर्ना आक्रमणबाट एकजना गम्भीर घाइते भएका छन् । कोसी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा भैंसी चराउदै गरेको अवस्थामा शनिबार दिउँसो अर्नाले आक्रमण गर्दा स्थानीय अन्दाजी ३५ वर्ष राजेन्द्र साह गम्भीर घाइते भएको कोसी गाउँपालीका वडा नम्बर ३ का अध्यक्ष सुलेमान मन्सुरीले जानकारी दिए । घटना पश्चात् उपचारको लागि जिल्ला अस्पताल इनरुवा सुनसरी लगिएकोमा त्यहाँबाट उनलाई आवश्यक उपचार गर्नको लागि बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाइएको उनले बताए । घाइते साहको टाउको,ढाड र खुट्टामा गम्भीर चोट लागेको अवस्थामा उपचार भइरहेकोे बताइएको छ ।
इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...








