कोसी ब्यारेज । सुनसरी भन्सार एजेण्ट संघ गठन गरिएको छ । पप्पुु गुप्ताको अध्यक्षतामा ७ सदस्यीय सुनसरी भन्सार एजेण्ट संघ गठन गरिएको हो । नवगठित संघको उपाध्यक्ष सिताराम सापकोटा,सचिव मम्ताज राईन, कोषाध्यक्ष सुनिल कुमार लाभ तथा सदस्यमा सन्तोषानन्द चौधरी, दिपक चौधरी र पृथ्वी राज साह रहेका छन ।
भन्सार एजेण्ट महासंघका प्रथम उपाध्यक्ष तथा संघसंस्था समन्वय उपसमितिका अध्यक्ष काशीराज उपाध्याय,बिराटनगर भन्सार एजेण्ट संघका अध्यक्ष देवकी नन्दन शर्मा,चेतनाथ पौडेल लगायतको रोहवरमा सुनसरी भन्सार एजेण्ट संघ गठन गरिएको अध्यक्ष गुप्ताले जानकारी दिए । संघले गठित संघलाई दर्ता गर्दै सुनसरी भन्सारमा कार्यालय स्थापना गर्ने निर्णय समेत गरेको जनाईएको छ ।