लौकही । जिल्ला प्रहरी कार्यालय सुनसरीले कोसी गाउँपालीका वडा नम्बर २ बस्ने एकजना पीडित परिवारलाई जाडोबाट बच्न ब्लांकेट वितरण गरेको छ । पुस गते कोसी गाउँपालीका वडा नम्बर २ बस्ने १७ वर्षका रन्जित कुमार यादवको अज्ञात व्यक्तिहरुले विभत्सढंगले हत्या गरेकोमा उक्त हत्यामा संलग्नहरुको पहिचान गरी पक्राउ गरी अनुसन्धान भईरहेको सुनसरी प्रहरीले जनाएको छ ।

साथै पीडित मैत्री वातावरण तयार गर्ने प्रहरीको निती अन्तर्गत शुक्रबार जिल्ला प्रशासन कार्यालय सुनसरीसँग समन्वय गरी जिल्ला प्रहरी कार्यालय सुनसरीको तर्फबाट मृतकको बुवालाई पाँच(०५) थान ब्लांकेट राहत स्वरुप प्रदान गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता एवं डिएसपी राजकुमार राईले जानकारी दिए । कोसी गाउँपालीका वडा नम्बर २ स्थित आलु बारीमा मृत अवस्थामा मृत भेटिएका स्थानीय १७ वर्षका यादवको हत्या भएको थियो ।
इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...








