ourkoshi
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
ourkoshi

७१ औं भन्सार दिवसमा अन्तरक्रिया कार्यक्रम सम्पन्न 

आवर कोशी by आवर कोशी
माघ १२, २०७९
७१ औं भन्सार दिवसमा अन्तरक्रिया कार्यक्रम सम्पन्न 
66
SHARES
Share on FacebookShare on Twitter

भण्टाबारी । ७१ औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा सुनसरी भन्सार कार्यालयको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सुनसरी भन्सार कार्यालयका निमित्त प्रमुख भन्सार अधिकृत गणपति कडेलको अध्यक्षता एवं आन्तरिक राजस्व कार्यालय इटहरीका प्रमुख कर अधिकृत अर्जुनकुमार न्यौपानेको प्रमुख आतिथ्यमा बिहीबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । ७१ औं अन्तर्राष्ट्रिय दिवसका अवसरमा भन्सार कार्यालय सहयोगी ज्ञानबहादुर कार्की र व्यापारीका भन्सार प्रतिनिधि महेश गुप्ता सम्मानित भएका छन् ।

खुला सीमानाका कारण हुँदै आएको चोरीपैठारी रोक्न थप कडाइ गरिनुपर्नेमा उक्त कार्यक्रमका सरोकारवालाहरुले बताएका छन् । सुनसरी भन्सार कार्यालय सेतुबन्ध कोशी ब्यारेज सुनसरीले आयोजना गरेको कार्यक्रममा बोल्ने वक्ताहरुले चोरीपैठारी रोक्न सीमामा तैनाथ सुरक्षाकर्मी र भन्सार प्रशासनले थप निगरानी बढाउनुपर्नेमा जोड दिए । खुला सीमाका कारण पूर्ण रूपमा तस्करी रोक्न सम्भव नभएपनि नियन्त्रण कार्यमा कटिबद्ध भएर लागेको प्रमुख भन्सार अधिकृत कडेलले जानकारी दिए । नेपाल भारतबीच रहेको खुला सीमाका कारण हुँदै आएको चोरीपैठारी नियन्त्रणमा भन्सारका कर्मचारीका साथै सुरक्षाकर्मी लागिपरेको बताउदै उनले चोरीपैठारी नियन्त्रणमा सबै तह र क्षेत्रबाट सहयोग आवश्यक रहेको बताए। 

खुला सीमा नाकाका कारण हुँदै आएको राजस्व चुहावटमा उल्लेख्य सुधार आएकोले राजस्व संकलन बढेको सुनसरी भन्सार कार्यालयले जनाएको छ । सुनसरी भन्सार कार्यालय सेतुबन्ध कोसी ब्यारेजले चालू आर्थिक वर्षमा ८२ करोड ९३ लाख ३२ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा श्रावणदेखि पुस मसान्तसम्म ६ महिनाको अवधिमा ४५ करोड ८८ लाख ९५ हजार राजस्व संकलन गरेको छ । जुन वार्षिक लक्ष्यको ५५ दशमलव ३३ प्रतिशत हो । सुनसरी भन्सार कार्यालयले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा ४३ करोड २० लाख २० हजार राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा ६ महिनाको अवधिमा १०६ दशमलव २२ प्रतिशत अर्थात ४५ करोड ८८ लाख ९५ हजार राजस्व संकलन गर्न सफल भएको जनाएको छ । 

सुनसरीको नाकाहुँदै भारतीय बजारबाट आलु,प्याज,चामल,धान, भुस, गहुँलगायतका कृषिजन्य वस्तु बढी मात्रामा आयात भएको देखिन्छ । सुरक्षाकर्मी र सर्वसाधारण लगायतसँग सहकार्य गरेको हुँदा राजस्व चुहावट धेरैहदसम्म नियन्त्रण गर्न सफल भएकाले राजस्व असुलीमा वृद्धि भएको प्रमुख भन्सार अधिकृत कडेलले बताए । उक्त कार्यक्रममा कोसी गाउँपालीका वडा नम्बर ८ का अध्यक्ष बलराम क्षेत्री,सशस्त्र प्रहरी बल बिओपी भण्टाबारीका इन्स्पेक्टर मनोज खनाल,ईलाका प्रहरी कार्यालय भण्टाबारीका सई शेरबहादुर पराजुली,कोशी ब्यारेज प्रहरी प्रमुख, प्लान्ट क्वारेन्टाइन कार्यालय भण्टाबारीका प्रमुख हरि साह,पशु क्वारेन्टाइन कार्यालय भण्टाबारीका प्रमुख सरीलाल चौधरी, भन्सारका कर्मचारी,व्यवसायी, भन्सार एजेन्ट,संचारकर्मी लगायतको उपस्थिति रहेकोे थियो ।

Tags: सुनसरी भन्सार

Related Posts

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

by आवर कोशी
फाल्गुन २६, २०८२
0

सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

सुनसरी ४ : ह्याट्रीक जित हुनेमा कार्की ढुक्क

by आवर कोशी
फाल्गुन १८, २०८२
0

सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदको लागि तेस्रो पटक उम्मेदवारी दिएका पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आफूलाई मतदाताले...

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

by आवर कोशी
फाल्गुन १५, २०८२
0

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा सुनसरी निर्वाचन क्षेत्र नं ४ मा उम्मेदवारहरू आफ्नो पक्षमा मतदाता आकर्षित गर्न घरदैलो अभियानमा...

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

by आवर कोशी
फाल्गुन ११, २०८२
0

मिकाइल आलम कोशी । सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदको लागि उम्मेदवारी दिएका पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की...

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरैका समाचार

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
प्रदेश

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

by आवर कोशी
फाल्गुन २६, २०८२
0

सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...

Read more
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

सुनसरी ४ : ह्याट्रीक जित हुनेमा कार्की ढुक्क

फाल्गुन १८, २०८२
घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

फाल्गुन १५, २०८२
कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

फाल्गुन ११, २०८२
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

फाल्गुन ७, २०८२

बढी पढिएकाे

  • सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    1652 shares
    Share 661 Tweet 413
  • महिलासँग रंगेहात पक्राउ परेका वडाध्यक्ष निलम्बित

    696 shares
    Share 278 Tweet 174
  • सीमाबाट ब्राउन सुगरसहित भारतीय पक्राउ

    562 shares
    Share 225 Tweet 141
  • मन्दिरको जग्गा व्यक्तिको नाममा गरेपछि…..

    520 shares
    Share 208 Tweet 130
  • इनरुवाको मेयरमा भण्डारीको फराकिलो अग्रता

    381 shares
    Share 152 Tweet 95
  • कोसीको अध्यक्षमा ऐयुब अन्सारीको अग्रता

    374 shares
    Share 150 Tweet 94
  • 5k Fans

सम्पर्क

ठेगाना : कोशी गाउँपालीका -८ (भण्टाबारी) सुनसरी
मोबाइल नम्बर : ९८४८६४४३६८/९८१४३०८२२४
इमेल : ourkoshinews@gmail.com

हाम्राे टिम

सम्पादक : प्रेमकुमार साह
संचालक/अध्यक्ष : मो. मिकाइल
प्रमुख सम्बादाता : अलफेद अन्सारी

दर्ता

कम्पनी दर्ता नं. : २६७२०९-०७८-०७९
सूचना विभाग द‍‍र्ता नं. : ४३६०-२०८०-०८१
प्रेस काउन्सिल सूचीकृत नं. :४६८२-२०८१-०८२

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.