ourkoshi
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
ourkoshi

७१ औं भन्सार दिवसमा अन्तरक्रिया कार्यक्रम सम्पन्न 

आवर कोशी by आवर कोशी
माघ १२, २०७९
७१ औं भन्सार दिवसमा अन्तरक्रिया कार्यक्रम सम्पन्न 
45
SHARES
Share on FacebookShare on Twitter

भण्टाबारी । ७१ औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा सुनसरी भन्सार कार्यालयको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सुनसरी भन्सार कार्यालयका निमित्त प्रमुख भन्सार अधिकृत गणपति कडेलको अध्यक्षता एवं आन्तरिक राजस्व कार्यालय इटहरीका प्रमुख कर अधिकृत अर्जुनकुमार न्यौपानेको प्रमुख आतिथ्यमा बिहीबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । ७१ औं अन्तर्राष्ट्रिय दिवसका अवसरमा भन्सार कार्यालय सहयोगी ज्ञानबहादुर कार्की र व्यापारीका भन्सार प्रतिनिधि महेश गुप्ता सम्मानित भएका छन् ।

खुला सीमानाका कारण हुँदै आएको चोरीपैठारी रोक्न थप कडाइ गरिनुपर्नेमा उक्त कार्यक्रमका सरोकारवालाहरुले बताएका छन् । सुनसरी भन्सार कार्यालय सेतुबन्ध कोशी ब्यारेज सुनसरीले आयोजना गरेको कार्यक्रममा बोल्ने वक्ताहरुले चोरीपैठारी रोक्न सीमामा तैनाथ सुरक्षाकर्मी र भन्सार प्रशासनले थप निगरानी बढाउनुपर्नेमा जोड दिए । खुला सीमाका कारण पूर्ण रूपमा तस्करी रोक्न सम्भव नभएपनि नियन्त्रण कार्यमा कटिबद्ध भएर लागेको प्रमुख भन्सार अधिकृत कडेलले जानकारी दिए । नेपाल भारतबीच रहेको खुला सीमाका कारण हुँदै आएको चोरीपैठारी नियन्त्रणमा भन्सारका कर्मचारीका साथै सुरक्षाकर्मी लागिपरेको बताउदै उनले चोरीपैठारी नियन्त्रणमा सबै तह र क्षेत्रबाट सहयोग आवश्यक रहेको बताए। 

खुला सीमा नाकाका कारण हुँदै आएको राजस्व चुहावटमा उल्लेख्य सुधार आएकोले राजस्व संकलन बढेको सुनसरी भन्सार कार्यालयले जनाएको छ । सुनसरी भन्सार कार्यालय सेतुबन्ध कोसी ब्यारेजले चालू आर्थिक वर्षमा ८२ करोड ९३ लाख ३२ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा श्रावणदेखि पुस मसान्तसम्म ६ महिनाको अवधिमा ४५ करोड ८८ लाख ९५ हजार राजस्व संकलन गरेको छ । जुन वार्षिक लक्ष्यको ५५ दशमलव ३३ प्रतिशत हो । सुनसरी भन्सार कार्यालयले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा ४३ करोड २० लाख २० हजार राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा ६ महिनाको अवधिमा १०६ दशमलव २२ प्रतिशत अर्थात ४५ करोड ८८ लाख ९५ हजार राजस्व संकलन गर्न सफल भएको जनाएको छ । 

सुनसरीको नाकाहुँदै भारतीय बजारबाट आलु,प्याज,चामल,धान, भुस, गहुँलगायतका कृषिजन्य वस्तु बढी मात्रामा आयात भएको देखिन्छ । सुरक्षाकर्मी र सर्वसाधारण लगायतसँग सहकार्य गरेको हुँदा राजस्व चुहावट धेरैहदसम्म नियन्त्रण गर्न सफल भएकाले राजस्व असुलीमा वृद्धि भएको प्रमुख भन्सार अधिकृत कडेलले बताए । उक्त कार्यक्रममा कोसी गाउँपालीका वडा नम्बर ८ का अध्यक्ष बलराम क्षेत्री,सशस्त्र प्रहरी बल बिओपी भण्टाबारीका इन्स्पेक्टर मनोज खनाल,ईलाका प्रहरी कार्यालय भण्टाबारीका सई शेरबहादुर पराजुली,कोशी ब्यारेज प्रहरी प्रमुख, प्लान्ट क्वारेन्टाइन कार्यालय भण्टाबारीका प्रमुख हरि साह,पशु क्वारेन्टाइन कार्यालय भण्टाबारीका प्रमुख सरीलाल चौधरी, भन्सारका कर्मचारी,व्यवसायी, भन्सार एजेन्ट,संचारकर्मी लगायतको उपस्थिति रहेकोे थियो ।

Tags: सुनसरी भन्सार

Related Posts

शिक्षक सेवा तयारी कक्षा समपन्न

शिक्षक सेवा तयारी कक्षा समपन्न

by आवर कोशी
चैत्र १५, २०७९
0

लौकही । कोशी गाउँपालिकाले गाउँ तथा वडाका युवाहरुका लागि निःशुल्क शिक्षक सेवा तयारी कक्षा दिएको छ । आधारभुत तथा प्राथमिक...

लोक सेवा तयारी कक्षा सुरु

लोक सेवा तयारी कक्षा सुरु

by आवर कोशी
चैत्र १५, २०७९
0

लौकही । कोशी गाउँपालिकाले गाउँ तथा वडाका युवाहरुका लागि निःशुल्क लोकसेवा तयारी कक्षा सुरु गरेको छ । आयोगद्धारा लिइने नायव...

कोसीमा सरसफाइ सम्बन्धि अन्तरक्रिया सम्पन्न

कोसीमा सरसफाइ सम्बन्धि अन्तरक्रिया सम्पन्न

by आवर कोशी
चैत्र १५, २०७९
0

लौकही । कोसी गाउँपालीका वडा नम्बर १ लौकही स्थित रहेको गाउँपालीकाको सभा हलमा पालीका स्तरीय खानेपानी तथा सरसफाइ समिति (Wash)...

जोखिम बढेको भन्दै सचेत रहन अध्यक्ष अन्सारीको आग्रह

गाउँपालीका महासंघको प्रदेश अध्यक्षमा अन्सारी

by आवर कोशी
चैत्र १४, २०७९
0

इनरुवा । कोसी गाउँपालीकाका अध्यक्ष एवं नेपाली काङ्ग्रेस सुनसरी क्षेत्र नम्बर ४ का सभापति ऐयुब अन्सारी गाउँपालिका महासंघ कोशी प्रदेश...

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरैका समाचार

शिक्षक सेवा तयारी कक्षा समपन्न
प्रदेश

शिक्षक सेवा तयारी कक्षा समपन्न

by आवर कोशी
चैत्र १५, २०७९
0

लौकही । कोशी गाउँपालिकाले गाउँ तथा वडाका युवाहरुका लागि निःशुल्क शिक्षक सेवा तयारी कक्षा दिएको छ । आधारभुत तथा प्राथमिक...

Read more
लोक सेवा तयारी कक्षा सुरु

लोक सेवा तयारी कक्षा सुरु

चैत्र १५, २०७९
कोसीमा सरसफाइ सम्बन्धि अन्तरक्रिया सम्पन्न

कोसीमा सरसफाइ सम्बन्धि अन्तरक्रिया सम्पन्न

चैत्र १५, २०७९
जोखिम बढेको भन्दै सचेत रहन अध्यक्ष अन्सारीको आग्रह

गाउँपालीका महासंघको प्रदेश अध्यक्षमा अन्सारी

चैत्र १४, २०७९
कोसीमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कोसीमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

चैत्र १४, २०७९
  • 5k Fans

बढी पढिएकाे

  • सीमाबाट ब्राउन सुगरसहित भारतीय पक्राउ

    सीमाबाट ब्राउन सुगरसहित भारतीय पक्राउ

    537 shares
    Share 215 Tweet 134
  • इनरुवाको मेयरमा भण्डारीको फराकिलो अग्रता

    373 shares
    Share 149 Tweet 93
  • कोसीको अध्यक्षमा ऐयुब अन्सारीको अग्रता

    369 shares
    Share 148 Tweet 92
  • वडाध्यक्षसहित ३ सय ७४ जना काङ्ग्रेसमा प्रवेश

    363 shares
    Share 145 Tweet 91
  • कोसीको अध्यक्षमा अन्सारीको फराकिलो अग्रता

    359 shares
    Share 144 Tweet 90
  • सुनसरी सभापतिमा कस्ले मार्ला बाजी ?

    284 shares
    Share 114 Tweet 71

सूचना : याे वेबसाइट निर्माणाधिन छ । हाल परीक्षणकाे क्रममा रहेकाे याे वेबसाइट चाँडै नै दर्ता गरी सञ्चालनमा ल्याउनेछाैं । यहाँहरूकाे सल्लाह सुझाव

प्रबन्ध निर्देशक :
प्रधान सम्पादक :
सम्पादक :
संवाददाता :

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: Content is protected !!