लौकही । समाजको वास्तविकता बाहिर ल्याउन चित्रकला प्रतियोगिता आवश्यक भएको कोसी गाउँपालीका अध्यक्ष ऐयुब अन्सारीले बताएका छन् । समाजमा भए गरेका विभिन्न गतिविधिका साथै यथार्थ कुरा तस्बिरमार्फत देखाउदै नागरिकलाई जागरुक गराउन चित्रकला महत्त्वपूर्ण भएको उनको भनाइ छ । कोसी गाउँपालीकाले शुक्रबार कोसी गाउँपालीका वडा नम्बर ३ स्थित रहेको राष्ट्रिय बिद्यालय सोभनपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि अध्यक्ष अन्सारीले सो कुरा बताएका हुन ।

आफू निर्वाचित भएको पहिलो कार्यकालदेखि नै भौतिक विकास मात्रै नभई समाजमा रचनात्मक परिवर्तन ल्याउन सक्ने खालको कार्यक्रम गर्दै आएको र भविष्यमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने अध्यक्ष अन्सारीको भनाइ छ । स्थानीय चाडपर्व विषयमा चित्र बनाउन लगाउँदा स्थानीय चाडपर्वकाे विषयमा बालबालिकाकाे चासो बढेको बताउदै उनले चाडपर्व प्रबर्द्धन गर्न कार्यक्रम प्रभावकारी बनाएकोमा विद्यार्थीहरूकाे प्रशंसाा पनि गरेका थिए ।

कोसी गाउँपालिकाद्वारा आयोजित मा.बि.स्तरीय चित्रकला प्रतियोगितामा कोसी क्षेत्रका विभिन्न पाँचवटा मा.बि.का विद्यार्थीहरुको सहभागिता रहेको थियो भने उक्त प्रतियोगितामा कोशी माध्यमिक बिद्यालयका छात्र दिपककुमार राम प्रथम भए भने राष्ट्रिय माध्यमिक बिद्यालय सोभनपुरकी छात्रा नविता ठाकुर द्वितीय स्थान हात पार्न सफल भईन । यस्तै राष्ट्रिय माध्यमिक बिद्यालय श्रीपुरकी छात्रा अंजली यादव तृतीय भईन ।

उनीहरूलाई कार्यक्रमको प्रमुख अतिथि कोसी गाउँपालीका अध्यक्ष ऐयुब अन्सारी,कार्यक्रमका अध्यक्ष राष्ट्रिय माध्यमिक बिद्यालय सोभनपुरका प्र.अ. हरेकृष्ण राउत, विशेष अतिथि लेखा अधिकृत सुरप्रसाद दंगाल लगायतले पुरस्कार वितरण गरेका थिए । कोसी गाउँपालिकाद्वारा आयोजित मा.बि.स्तरीय चित्रकला प्रतियोगिताको निर्णायकको भूमिकामा कोसी गाउँपालीका प्राविधिकहरु रोशन शर्मा र मुन्ना ठाकुरसँगै लेखा अधिकृत सुरप्रसाद दंगाल रहेका थिए ।
इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...








