इनरुवा। उद्योग वाणिज्य संघ इनरुवाको अध्यक्ष पदका लागि ३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन आयुक्त शंकर पोखरेलका अनुसार सोमबार भएको मनोनयनमा ३ जनाले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका हुन् । अध्यक्ष पदका लागि पहल बहादुर कटुवाल, विरेन्द्र कुमार साह र केदार ओझाले मनोनयन दर्ता गराएका छन् ।
उपाध्यक्ष पदका लागि महम्मद कासिम मियाँ, बद्री स्वर्णकार र गिरिराज अटलले मनोनयन दर्ता गराएका छन् । सचिव पदका लागि मनोज कुमार जैन र सुरेन्द्र साहले मनोनयन दर्ता गराएका छन् ।
त्यसैगरी सह सचिवमा त्रिलोक चन्द गुप्ता,गौतम झा र रियाज आलमले मनोनयन दर्ता गराएका छन् ।कोषाध्यक्ष पदमा उमेश कुमार गुप्ता र राम कुमार मेहताले मनोनयन दर्ता गराएका छन् । यस्तै महिला सदस्य पदका लागि निरा पोखरेल, रितादेवी साह, लक्ष्मी पाठक, अंजना कुमारी साह र टिकादेवी न्योपानेले मनोनयन दर्ता गराएका छन् ।
पुरुष सदस्यहरुमा प्रितम अटल, रमेश कुमार साह, जिवराज दहाल, रसिद अन्सारी, अमरेन्द्र कुमार मेहता, सिताराम चौधरी, शिव कुमार यादव, मनोज शर्मा, प्रकाश कुमार भट्टराई, सत्यनारायण साह, फिरोज आलम, विक्रम कुमार पोदार, अनिल कुमार स्वर्णकार, कपलेशवर यादव, वुधनारायण महतो, ओम प्रकाश वस्नेत, दिगअमर स्वर्णकार, राजन साह, मनोज मेहता, अजय कुमार सिंह, किरण श्रेष्ठ, हरि प्रसाद निरौला, सरफराज आलम, आशिष कुमार वोथरा र प्रवीण श्रेष्ठ उम्मेदवारी दर्ता गराएका हुन् । उम्मेदवारी दिएकाहरूले २४ गतेसम्म उम्मेदवारी फिर्ता लिन सक्नेछन् । उवासंघ इनरुवाको निर्वाचन यही २८ गते तोकिएको छ ।
शिक्षक सेवा तयारी कक्षा समपन्न
लौकही । कोशी गाउँपालिकाले गाउँ तथा वडाका युवाहरुका लागि निःशुल्क शिक्षक सेवा तयारी कक्षा दिएको छ । आधारभुत तथा प्राथमिक...