इनरुवा । उद्योग वाणिज्य संघ इनरुवाको अध्यक्षमा नेपाली कांग्रेस सुनसरीका सचिव समेत रहेका विरेन्द्र साह निर्वाचित भएका छन् । शनिबार सम्पन्न निर्वाचनको मतपरिणाम अनुसार ४४८ मत ल्याउदै उनी दोस्रो पटक उद्योग वाणिज्य संघ इनरुवाको अध्यक्ष पदमा निर्वाचित भएका हुन । साहका निकटतम प्रतिद्वन्दी केदार ओझाले ३५९ र अर्का उम्मेदवार पलबहादुर कटवालले २४० मत प्राप्त गरे । आफ्नो नेतृत्वमा पहिलो कार्यकालमा गरेको कामको परिणामस्वरूप इनरुवाका व्यापारीहरुले पुनः निर्वाचित गराएको हुँदा थप जिम्मेवारी थपिएको निर्वाचित अध्यक्ष साहको भनाइ छ ।

साह नेतृत्वको उद्योग वाणिज्य संघ इनरुवाकाे उपाध्यक्षमा गिरिजा अटल,सचिवमा मनाेज जैन,सहसचिवमा गाैतम झा,काेषाध्यक्षमा उमेश गुप्ता निर्वाचित भएका छन् । उपाध्यक्ष अटलले ६०६ मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी बद्री स्वर्णकारले ४३३ मत प्राप्त गरे । यसैगरी सचिव मनाेज जैनले ५५२ मत प्राप्त गर्दै निर्वाचित भए भने सुरेन्द्रकुमार साहले ४७६ मत प्राप्त गरे । सहसचिव पदमा गाैतम झाले ५१० मत प्राप्त गर्दै विजयी बने भने त्रिलाेक चन्द्र गुप्ताले २२१ र रियाज आलमले २८३ मत प्राप्त गरे ।

यस्तै काेषाध्यक्षमा उमेश गुप्ताले ५७५ मत प्राप्त गर्दै विजयी भए भने रामकुमार मेहताले ४२० मत प्राप्त गर्दै दोस्रो भए । यस्तै उद्योग बाणिज्य संघ इनरुवाको कार्यसमिति सदस्यहरुमा प्रितम अटल,बिरेन्द्र कुमार साह,सिताराम चौधरी,प्रविण श्रेष्ठ,अमरेन्द्र कुमार मेहता,किरण श्रेष्ठ,बिक्रम कुमार पोदार,शिव कुमार यादव,रिता देवी साह र निरा पोखरेल निर्वाचित भएकी छन् । आफूलाई पुनः निर्वाचित गराएकोमा साह नेतृत्वको टिमले इनरुवा बजारको पसल पसल पुगेर सोमबार मतदाताहरुलाई धन्यवाद दिएका छन् । आफू सदैव व्यापार र व्यापारीको हित हुने कार्य गर्दै आएको र आगामी त्यसलाई थप परिमार्जित सहित निरन्तरता दिने अध्यक्ष साहको भनाइ छ ।
इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...








