लौकही । गाउँवासीलाई सहज र ढिल्ला सुस्ति नगरी सेवा प्रवाह गर्ने कोसी गाउँपालीका मातहतका कर्मचारीलाई अध्यक्ष ऐयुब अन्सारीले निर्देशन दिएका छन् । अध्यक्ष अन्सारीले कोसी गाउँपालीकाको कार्यालय वा वडा कार्यालय सेवा लिन आउने सेवाग्राहीलाई सहज तवरबाट सेवा प्रवाह गर्न निर्देशन दिएका छन् ।

आफूलाई जनताले दोस्रोपटक निर्वाचित गराएरको हुँदा जनचाहना र जनभावना अनुसार विकास निर्माणकार्य गर्न कटिबद्ध भएर आफू लागेको स्मरण गर्दै उनले आफ्नो योजना अनुसारका विकास निर्माणकार्यका साथसाथै अन्य प्रशासनिक कामका प्रतिबद्ध भएर लाग्न कर्मचारीलाई निर्देशन दिएका छन् । राम्रो काम गर्ने कर्मचारीलाई पुरस्कृत गर्दै जनभावना विपरीतका काम गरेको अवस्थामा त्यस्ता कर्मचारीलाई आफू दण्डित गर्न/गराउन पछि नहट्ने अध्यक्ष अन्सारीको भनाइ छ । जनताको सेवा गर्न कर्मचारी नियुक्ति गरेको भन्दै आफ्नो काम प्रति पुर्ण रुपमा बफादार भएर कोसीका कर्मचारीले काम गरेकोमा उनले खुसी पनि व्यक्त गरे । समृद्ध र विकसित कोसी गाउँपालीका जनप्रतिनिधि र कर्मचारीको संयुक्त योजना र कार्यसम्पादनले मात्र सम्भव हुने भएकाले सोही भावनाअनुसार कार्य सम्पादन गर्न अध्यक्ष अन्सारीले आग्रह गरे ।

काम गर्न हुनै समस्या भए सहज रुपमा कार्यालय प्रमुखलाई आफ्ना कुरा राख्न जवाफदेही र जनसेवक भएर काम गर्न कर्मचारीलाई कोसी गाउँपालीकाका प्रमुख प्रशासकीय अधिकृत चोलाराज दंलालले आग्रह गरे ।जनप्रतिनिधिरुको समृद्ध पालीका बनाउने अभियानलाई कर्मचारीहरुले जसरी पनि पूरा गर्नु पर्ने दायित्व रहेको बताए । कर्मचारीहरुले आपसमा मिलेर जनता लाई मुस्कान सहित को सेवा कर्मचारीहरुलाई निर्देशन समेत दिएका थिए ।
इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...








