लौकही । नेपाल शिक्षक संघ कोसी गाउँपालीकाको अध्यक्षमा पुनः हरेकृष्णप्रसाद राउत सर्वसम्मत चयन भएका छन् । मंगलबार सम्पन्न नेपाल शिक्षक संघ स्थानीय कार्य समिति कोसी गाउँपालीकाको दोस्रो स्थानीय अधिवेशन निर्वाचनबाट राउत लगातार दोस्रोपटक अध्यक्षमा सर्वसम्मत चयन भएका हुन । लामो समयदेखि शिक्षण पेसामा आवद्ध भई राउतले कोसी गाउँपालीका क्षेत्रमा शिक्षा क्षेत्र सुधार गर्न महत्त्वपूर्ण योगदान दिदै आएका छन् । उनी कोसी गाउँपालीका वडा नम्बर ३ पश्चिम कुसाहामा अवस्थित रहेको राष्ट्रिय मावि सोभनपुर प्रधानाध्यापक पनि हुन् ।

यसैगरी नेपाल शिक्षक संघ स्थानीय कार्य समिति कोसी गाउँपालीकाको दोस्रो स्थानीय अधिवेशन निर्वाचनबाट उपाध्यक्ष पदमा जितन साह र महिला उपाध्यक्षमा रिताकुमारी यादव चयन भएकी छन् । यस्तै सचिवमा रमेशप्रसाद यादव चयन हुँदा सहसचिवमा मुनिलाल उराँव चयन भएका छन् । त्यसैगरी महिला सहसचिवमा मुन्नीकुमारी मेहता,सहसचिव अर्थमा सुलेमान मन्सुरी र रामसरण मेहता तथा समावेशी सहसचिवमा विपिन साह चयन भएका छन् । यसैगरी सदस्यहरुमा राजकिशोर सरदार,द्रोपडी देवी मण्डल, सुन्दरकान्त मण्डल, मुखतार आलम, पृथ्वीनारायण राउत, विरेनप्रसाद साह, अविनाश ठाकुर, विष्णु पंडित, उपेन्द्र मण्डल, रंजु शर्मा, पवित्रा देवी मण्डल, अजमेरी खातुन, सत्यवान मण्डल, कैलाशकुमार झा, नागेश्वर साह र जयकृष्ण देव निर्वाचित भएका छन् ।

नेपाल शिक्षक संघ कोसी गाउँपालीका अध्यक्ष हरेकृष्णप्रसाद राउतको अध्यक्षता तथा कोसी गाउँपालीका अध्यक्ष ऐयुब अन्सारीको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनबाट २५ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन भएको निर्वाचन समिति संयोजक जयप्रकाश यादवले जानकारी दिए । सोही कार्यक्रमलाई सम्बोधन गर्दै कोसी गाउँपालीका अध्यक्ष अन्सारीले आफू शिक्षा क्षेत्र सुधार गर्न कटिबद्ध भएर लागेको स्मरण गराउदै ईमानदार भएर आ आफ्नो दायित्व निर्वाह गर्न शिक्षकशिक्षिकाहरुलाई निर्देशन दिएका थिए । उनले आफू राम्रो काम गर्नेलाई पुरस्कृत र आफ्नो दायित्व निर्वाह नगरी बस्नेलाई कारबाही गर्नबाट पछि नहट्ने बताएका छन् । उक्त कार्यक्रममा कोसी गाउँपालीकाकि उपाध्यक्ष अनिता यादव,कोसी गाउँपालीका वडा नम्बर ३ का अध्यक्ष सुलेमान मन्सुरी लगायतको उपस्थिति रहेको थियो ।
इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...








