भोक्राहा । भोक्राहा नरसिंह गाउँपालीकाका प्रवक्ता हारुन अन्सारीले आफ्नो पदबाट राजीनामा दिएका छन् । प्रवक्ताले गर्नुपर्ने काम गर्ने वातावरण नभएको भन्दै उनले प्रवक्ता पदमा मनोनयन भएको नौ महिनामै आफ्नो पदबाट राजीनामा दिएका हुन । अन्सारी भोक्राहा नरसिंह गाउँपालीका वडा नम्बर ४ वडा अध्यक्ष पनि हुन । बिहीबार पत्रकार सम्मेलन गर्दै उनले राजिनामा घोषणा गरेका थिए । आफूले पटकपटक ध्यानाकर्षण गर्दा समेत प्रवक्ताले निर्वाह गर्नुपर्ने दायित्व निर्वाह गर्न नदिएपछि सो पदबाट राजीनामा दिएको भोक्राहा नरसिंह गाउँपालीका वडा नम्बर ४ का वडाध्यक्ष हारुन अन्सारीको भनाइ छ ।

भोक्राहा नरसिंह गाउँपालीका गाउँ कार्यपालीकाले आफूलाई प्रवक्ता पदमा मनोनयन गरेको नौ महिना बितिसक्दा पनि हालसम्म कार्यपालीकाको कुनै पनि निर्णय सूचना र प्रगति विवरण आधिकारिक तवरबाट बाहिर ल्याउन नदिई गोप्य तवरबाट गर्दै आएको अन्सारीले दिएको राजीनामा पत्रमा उल्लेख गरेका छन् । सोही कारण भोक्राहा नरसिंह गाउँबासीलाई प्रवक्ताबाट हुने गतिविधि तथा जनताको सूचनाको हक अधिकार सुसूचित सार्वजनिक गराउन नसकेको हुनाले प्रवक्ता पदमा बसिरहन उचित नदेखिएको अन्सारीले राजीनामा पत्रमा भनेका छन् ।

यता भोक्राहा नरसिंह गाउँपालीका अध्यक्ष अजमल अख्तर आजादले भोक्राहा नरसिंह गाउँपालीकाका प्रवक्ता हारुन अन्सारीले विना कुनै पूर्व सूचना अचानक राजीनामा दिनु सान्दर्भिक नभएको बताउँछन् । भाडाको कोठामा भएकै शाखाहरु व्यवस्थापन गर्न कठिनाइ भइरहेको बखत प्रवक्तालाई छुट्टै कार्यालय उपलब्ध गराउन नसकिएको बताउदै उनले वडाध्यक्ष हारुन अन्सारीले लगाएको आरोपमा सत्यता नभएको दाबी गरे । आफू निर्वाचित भएर आएपछि हरेक कुरा पारदर्शी तवरबाट गर्दै आएको बताउदै अध्यक्ष आजादले आफू र आफ्नो परिवारलाई बदनाम गराउन राजनीतिक षड्यन्त्र भइरहेकोे दाबी गर्छन् ।
इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...








