इनरुवा । सशस्त्र प्रहरीले बिओपी वसन्तपुरबाट खटिएको इन्स्पेक्टर सुमन रानाभाट नेतृत्वको सशस्त्र प्रहरीको टोलिले ठुलो परिणाममा गाँजा बरामद गरेको छ ।सोमबार अन्दाजी राति १० बजेको समयमा सुनसरी जिल्लाको हरिनगर गाउँपालीका वडा नम्बर ५ स्थित बसन्तपुर बिओपी बाट खटिएको भारतीय BR AK 6100 नम्बरको स्कारपिओमा भारततर्फ लैजादै गरेको अवस्थामा २५० केजी गाँजा बरामद गरेको भएको हो । गाँजा बरामद गरिएपनि गाडीमा सवार तस्कर भाग्न सफल भएका छन् ।
सुनसरीको सीमावर्ती क्षेत्रहरुमा पछिल्लो समयमा प्रहरीले चेकजाँचमा कडाई गरेपछि भने खुल्ला सीमाको फाईदा उठाएर लागूऔषध र गाँजा कारोवार गर्ने कारोवारीहरु पक्राउ पर्न थालेको प्रहरीको दाबी छ । यद्यपि सुनसरीको सीमामा कडा सुरक्षा निगरानीका बीच पनि यस्ता कारोवार रोकिएको भने छैन । जिल्लाका सीमा नाकाबाट भारततर्फ गाँजा तस्करी हुने गरेको गुनासो आएको बताउदै निगरानी बढाएकाले गाँजा बरामद गर्न थालिएको सशस्त्र प्रहरी बल सुनसरीका प्रमुख एसपी लकेश तुम्बाहम्फे बताउँछन् ।








