इनरुवा । कोसी गाउँपालीका अध्यक्ष एक नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर ४ का सभापति ऐयुब अन्सारीले होली पर्वको अवसरमा शुभकामना दिएका छन् । हाल उमराह गर्न साउदी अरबमा रहेका उनले अत्यन्त हर्षोल्लासका साथ खेलिने होली पर्वका अवसरमा सामाजिक संजालमार्फत सबैमा शुभकामना व्यक्त गरेका छन् । रङ्गको पर्व होलीको उपलक्ष्यमा सम्पुर्ण दुखेका, नदुखेका मनहरुमा सुख -शान्ति- समृद्धि तथा उत्तर उत्तर प्रगतिको शुभकामना दिन चाहन्छु उनलेे सामाजिक संजाल फेस्बुकमा लेखेका छन् ।

साथै शुभकामना सन्देशमार्फत अध्यक्ष अन्सारीले होली पर्व एक धार्मिक र सांस्कृतिक पर्व भएको उल्लेख गर्दै अन्यायमाथि न्यायको विजयको शाश्वत सन्देश दिने यो पर्वलाई समाजले हरेक वर्ष पारिवारिक स्नेह, पारस्परिक एकता र सामाजिक सद्भावका साथ मनाउँदै आएको बताएका छन् । हरेक वर्ष फाल्गुण शुक्ल पूर्णिमाको दिन पहाडी तथा हिमाली जिल्लामा र त्यसको भोलिपल्ट तराई तथा भित्री मधेसका जिल्लाहरूमा वसन्त ऋतुका अनेक रङहरूलाई प्रतिविम्बित गर्ने पर्वका रूपमा फागुपूर्णिमा (होली) पर्व हर्षोल्लासपूर्वक मनाउने गरिन्छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आएको होली पर्वले सबैको घरपरिवारमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै पारस्परिक एकता र सामाजिक सद्भाव अभिवृद्धि गर्न सबैलाई प्रेरित गर्न सकोस् भन्ने कामना समेत अध्यक्ष अन्सारीले गरेका छन् ।
इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...








