नुर आलम
भण्टाबारी । कोसी गाउँपालीकाले सशस्त्र प्रहरी बल बिओपी भण्टाबारीलाई सशस्त्र प्रहरी पोष्ट निर्माण गरी हस्तान्तरण गरेको छ । कोसी गाउँपालीका वडा नम्बर ८ अवस्थित रहेको सशस्त्र प्रहरी बल नेपाल बिओपी भण्टाबारीलाई दुईवटा स्थायी प्रहरी पोष्ट निर्माण गरी गाउँपालीकाले सोमबार हस्तान्तरण गरेको हो ।निर्माणकार्य सम्पन्न भएको उक्त सशस्त्र प्रहरी पोष्टको एक कार्यक्रमका बीच कोसी गाउँपालीका अध्यक्ष ऐयुब अन्सारीले उद्घाटन गरेक हुन । विभिन्न स्थानमा खेत तथा दसगजा स्थित खुल्ला स्थानमा फरवार्ड बेस निर्माण गरी सशस्त्र प्रहरीले सीमामा हुनसक्ने गैरकानुनी गतिविधि रोकथाम गर्न खटिदै आएको बताउदै कोसी गाउँपालीका अध्यक्ष ऐयुब अन्सारीले सीमामा विभिन्न प्रकारका अपराधीक एवं चोरीपैठारी नियन्त्रण गर्न सहज होस् भनेर स्थायी ड्युटी पोष्ट निर्माण गरिएको बताए ।

सीमामा तैनाथ सुरक्षाकर्मीलाई अपराधीक एवं चोरीपैठारी नियन्त्रण गरी जनसुरक्षाको जिम्मेवारी पुरा गर्न निकै गार्हो छ उनले भने उनीहरूको समस्या बुझ्दै स्थायी ड्युटी पोष्ट बनाइदिएका हौं । संवेदनशील क्षेत्रमा खटिएका सुरक्षाकर्मीलाई समाजमा शान्तिसुरक्षा कायम राख्न आवश्यकता अनुसार सहयोग गर्दै आएको र आगामी दिनमा यस्ता कार्यलाई निरन्तरता दिने उनको भनाइ छ । पाल टागेर सीमामा ड्युटी गर्दै आएका सशस्त्र प्रहरीका लागि कोसी गाउँपालीकाले स्थायी सशस्त्र प्रहरी पोष्ट बनाइदिएको छ ।

भ्याटबाहेक ३ लाख ६७ हजार लागतमा उपभोक्ता समितिमार्फत कोसी गाउँपालीका वडा नम्बर ८ भण्टाबारीस्थित रहेको तिनकुने र हनुमान मन्दिर क्षेत्रमा गरी दुईवटा सशस्त्र प्रहरी पोष्ट निर्माणकार्य सम्पन्न गरी बिओपी भण्टाबारीलाई गाउँपालीकाले हस्तान्तरण गरेको इन्स्पेक्टर मनोज खनालले जानकारी दिए । पाल टागेर अस्थायी तवरबाट ड्युटी गर्दै आएकोमा गाउँपालीकाको सहयोगमा स्थायी ड्युटी पोष्ट निर्माण भएपछि सहज भएको इन्स्पेक्टर खनाल बताउँछन् । अस्थायी पोष्ट हुँदा पानी परेको बेला होस् कि जाडोको बखत वा गर्मीमा पनि ड्युटी गर्न सहज थिएन उनले भने स्थायी ड्युटी पोष्ट निर्माण भएपछि भने अब केही सहज भयो । सीमामा सशस्त्र प्रहरीको उपस्थिति स्पष्टसँग देखिने गरी स्थायी ड्युटी पोष्ट निर्माण गरिएको इन्स्पेक्टर खनालको भनाइ छ । सो कार्यक्रममा बिओपी भन्टाबारीका प्रमुख इन्स्पेक्टर मनोज खनाल,कोसी ८ अध्यक्ष बलराम कुमार क्षेत्री,कार्यपालीका सदस्य सर्जुग सरदार,ईलाका प्रहरी कार्यालय भण्टाबारीका प्रमुख सई शेरबहादुर पराजुली,स्थानीय राजकुमार यादव,जगदीश कामैत लगायतको उपस्थिति रहेको थियो ।








