इनरुवा । सुनसरीको सदरमुकाम इनरुवामा गाउँपालिकास्तरीय हाजिरिजवाफ प्रतियोगिता सम्पन्न भएको छ । शनिबार जिल्लाको विभिन्न पालिकामा सञ्चालन भएको प्रतियोगिताबाट छनौट भएका २÷२ वटा विद्यालयको सहभागीतामा इनरुवामा पालिकास्तरीय हाजिरिजवाफ प्रतियोगिता सम्पन्न भएको हो । सम्पन्न भएको प्रतियोगितामा कोशी, भोक्राहा नरसिंह र गढी गाउँपालिकाका २÷२ सामुदायिक विद्यालयका विधार्थीहरु प्रतियोगीका रुपमा सहभागी भएका थिए । सहभागी मध्ये कोशी गाउँपालिकाको कोशी मावि पश्चिम कुशाहाका अनिल कुमार राम, हेमनारायण यादव र सन्तोषि साह समूह प्रथम भएको थियो । त्यसैगरी भोक्राहा नरसिंहको जनता मावि नरसिंह ७ का अखलेश्वर मण्डल, . प्रियतमा मण्डल र वेदप्रकाश मेहता समूह द्वितीय तथा गढी गाउँपालिकाको श्री मा.वि.छिटाहा ३ का धिरज साह, ज्योति चौधरी र गौतम साह समूह तृतिय भएको आयोजक प्राज्ञिक विद्यार्थी परिषदले जनाएको छ ।

परिषदको आयोजनामा सम्पन्न भएको कार्यक्रममा ६ विद्यालयका १८ जना विद्यार्थीको सहभागिता रहेको थियो । पुरस्कृतहरुलाई ब्याग, डायरी, प्रमाणपत्र, मेडल, शिल्ड तथा सबै सहभागीलाई प्रमाणपत्र र डायरी वितरण गरिएको प्राज्ञिक विद्यार्थी परिषदका संस्थापक जिल्ला सचिव राजकिसोर मेहताले जानकारी दिनुभयो । कार्यक्रमको उद्घाटन जिल्ला समन्वय समिति सुनसरी प्रमुख राजन मेहता र गढी गाउँपालिकाका अध्यक्ष आशनारायण चौधरीले संयुक्त रूपमा गर्नुभएको थियो । विजयीहरुलाई पुरस्कार वितरण उद्योग वाणिज्यका अध्यक्ष विरेन्द्र साह, प्राज्ञिक विद्यार्थी परिषदको संस्थापक जिल्ला सचिव राजकिशोर मेहता, कोशी गाउँपालिका शिक्षा शाखा प्रमुख वेदराज अधिकारी , प्राज्ञिक कोशी प्रदेश सचिव विष्णु पंगेनी, कार्यक्रम संयोजक सौरभ विश्वकर्मा , उद्योग वाणिज्य सदस्य अमरेन्द्र मेहता सहितकाले संयुक्त रुपमा गर्नुभएको थियो । कार्यक्रमको अध्यक्षता सौरभ विश्वकर्माले गर्नुभएको थियो । बौधिक विकासका लागि प्रतियोगिता निकै उपयोगी रहेको सहभागीहरुले बताएका छन् ।
इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...








