लौकही । कोसी गाउँपालीका वडा नम्बर १ स्थित लौकहीमा रहेको गाउँपालीकाको सभाहलमा भू-वर्गीकरण तथा भू-उपयोग योजना निर्माण सम्बन्धि एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । कोसी गाउँपालीकाको कार्यालयले आयोजना गरेको उक्त कार्यक्रम गाउँपालीका अध्यक्ष ऐयुब अन्सारीको अध्यक्षतामा मंगलबार सम्पन्न भएको हो । अभिमुखीकरण कार्यक्रममा कोसी गाउँपालीकाकि उपाध्यक्ष अनितादेवी यादव,प्रमुख प्रशासकीय अधिकृत चोलाराज दंगाल,लेखा अधिकृत सूरप्रसाद दंगाल,८ वटै वडाका अध्यक्ष एवं कार्यपालीका सदस्य तथा वडा सदस्यहरु र कर्मचारीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा स्थानीय तहमा हस्तान्तरण गरिएको भू-उपयोग सम्बन्धी विवरणका बारेमा जानकारी गराइएको थियो । वर्तमान भू-उपयोग नक्सा, भूमि प्रणाली नक्सा, माटो नक्सा, भू-क्षमता नक्सा, जोखिम नक्सा, भू-उपयोग क्षेत्र वर्गीकरण नक्सा, भू-उपयोग वर्गीकरणका बारेमा सहभागीहरुलाई जानकारी गराइएको थियो ।

जिल्लाका स्थानीय तहहरुलाई भू-उपयोग सम्बन्धी प्राविधिक सहयोग प्रदान गरिने र सम्पूर्ण स्थानीय तहहरुमा हस्तान्तरण गरिएका भू-उपयोग सम्बन्धी विवरणका बारेमा समेत जानकारी गराइएको थियो । भू-बर्गीकरण ऐन अनुसार भूउपयोग योजना तयार गर्दा देहायका क्षेत्र देखिने गरी तयार गर्नु पर्ने कुराहरु समेत जानकारी गराइएको गाउँपालीकाको कार्यालयले जनाएको छ ।

औद्योगिक करिडोर, विशेष आर्थिक क्षेत्र, राष्ट्रिय परियोजना, अन्तरप्रदेश फैलिएका परियोजना, संरक्षण योग्य राष्ट्रिय महत्वका प्राकृतिक तथा भौतिक सम्पदाहरू, अन्तर्राष्ट्रिय पहिचान र मानवीय आस्था बोकेका धार्मिक, सांस्कृतिक महत्त्वका स्थानहरु, विद्यालय वा अन्य शैक्षिक क्षेत्र, सड़क, स्वास्थ्य संस्था, सिंचाई कुलो वा नहर रहेको क्षेत्र, राष्ट्रिय सुरक्षाको दृष्टिले संवेदनशील स्थान, विपद क्षेत्र, वातावरणीय स्वच्छता तथा जैविक विविधता संरक्षणको लागि सुरक्षित क्षेत्रको समेत पहिचान गरेर मात्रै अगाडि बड्नु पर्ने कुरामा जोड दिइएको छ । कार्यक्रमका सहभागीहरुलाई सहजकर्ताहरु इन्जिनियर रविन कार्की,इन्जिनियर कपिल कटवाल र सहजकर्ता ओमप्रकाश घिमिरेलेले भू-उपयोग नियमावलीमा भएका प्रावधानहरुका बारेमा जानकारी गराएका थिए भने सो सहजीकरण कार्यक्रम कोसी गाउँपालीका सामाजिक शाखा नायब सुब्बा बिरेन्द्र मेहताले संचालन गरेका थिए ।
इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...








