इनरुवा । सुनसरी सदरमुकाम इनरुवा अवस्थित रहेको सुनसरी बहुमुखी क्याम्पस इनरुवाबाट परीक्षा केन्द्र अन्तै सारिएको विषयमा नेपाल विद्यार्थी संघ सुनसरी बहुमुखी क्याम्पस इकाई समितिले आपत्ति जनाएको छ् । त्रिभुवन विश्वविद्यालयले संचालन गर्न लागेको स्नातक तह चौथो वर्षको परीक्षा केन्द्र इटहरीमा सारिएपछि नेविसंघले बिहीबार बिज्ञप्ती निकाल्दै परीक्षा केन्द्र यथावत राख्न माग गरेको छ । नेविसंघ विद्यार्थीहरुको हकहितमा आवाज बुलन्द गरिदिने संघ हो बिज्ञप्तीमा उल्लेख गर्दै त्रि.वि. द्वारा आयोजित स्नातक तह चौथो वर्षका विद्यार्थीहरुको परीक्षा केन्द्र मिति २०७९/१२/०८ गते एक्कासी सुनसरी बहुमुखी क्याम्पस इनरुवाबाट सारेर जनता बहुमुखी क्याम्पस इटहरीमा लगिएको कुराको सूचना प्राप्त भएको कारण नेपाल विद्यार्थी संघको गम्भिर ध्यानाकर्षण भएको छ सो बिज्ञप्तीमा भनिएको छ ।

नेपाल विद्यार्थी संघ सुनसरी बहुमुखी क्याम्पस इकाई समितिका सभापति सेराज मियाँले हस्ताक्षर गरेको बिज्ञप्तीमा परीक्षा केन्द्र एक्कासी जनता बहुमुखी क्याम्पस इटहरीमा सारिएपछि सुनसरी बहुमुखी क्याम्पस इनरुवाका विद्यार्थी लगायत अन्य क्याम्पसका विद्यार्थीहरुले आवत जावत गर्नको लागि धेरै नै दुःख पाउने उल्लेख छ । यस क्याम्पसका विद्यार्थीहरुले परीक्षा फारम भर्दा बखत पनि परीक्षा केन्द्र सुनसरी बहुमुखी क्याम्पस इनरुवालाई नै बनाएर फारम भरिएको छ सो बिज्ञप्तीमा भनिएको छ यस सुनसरी बहुमुखी क्याम्पस लगायत अन्य क्याम्पसहरुको विद्यार्थीहरुले आवत जावतको कारण दुःख नपाओस् भन्ने हेतुले उक्त परीक्षा केन्द्र सुनसरी बहुमुखी क्याम्पस इनरुवामा मिति २०७२ / १२ / ११ गतेभित्र यथावत राखिदिनु हुनको लागि अनुरोध छ । उल्लेखित समयभित्र परीक्षा केन्द्र सुनसरी बहुमुखी क्याम्पस इनरुवामा संचालन नभएको खण्डमा नेपाल विद्यार्थी संघ, सुनसरी बहुमुखी क्याम्पस इकाई समितिले मिति २०७९/१२/१२ गतेदेखि क्याम्पस प्रशासन भवनमा अनिश्चितकालिन तालाबन्दी गर्ने चेतावनीसमेत दिएको छ । साथै उक्त तालाबन्दीबाट विद्यार्थीहरुमा उत्पन्न हुने समस्या, क्याम्पसमा उत्पन्न हुने समस्याको सम्पूर्ण जिम्मेवार क्याम्पस प्रशासन हुने नेविसंघको भनाइ छ ।
इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...








