भोक्राहा । सुनसरी क्षेत्र नम्बर ४ (ख) बाट निर्वाचित प्रदेश सांसद हाजी डाक्टर इस्राइल मन्सुरीले आगलागी पीडितलाई राहत वितरण गरेका छन । भोक्राहा नरसिंह गाउँपालीका वडा ८ स्थित थ्रेसरबाट आगलागी हुँदा आइतबार तीनजनाको घर जलेर नष्ट भएको सुनसरी प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी राजकुमार राईका अनुसार आगलागीबाट स्थानीय खुर्शिद अन्सारी,फरहान अन्सारी र आलम अन्सारीको घर जलेर नष्ट भएको हो । तीनैजनाको टिनको छानो भएको एक एक घरसहित गाई गोठ पनि पूर्णरूपमा जलेर नष्ट भएको सुनसरी प्रहरीले जनाएको छ ।

उनीहरूलाई घरमै पुगेर प्रदेश सांसद मन्सुरीले सोमबार प्रति परिवार १ बोरा चामल,२ बोरा भुजा,१ सेट कुर्ता सुरुवालको सुट, जुस प्याकेट ,चिनी,चना,तेल,सबय,साबुन,चिया पत्तीलगायत आफ्नो व्यक्तिगत तवरबाट सहयोग गरेको प्रदेश सांसदका स्ववियु सचिव सेराज मियाँले जानकारी दिए । सो अवसरमा नेपाली कांग्रेसका जिल्ला सदस्य चनरदेव मेहता(बचेश्वर),राजेन्द्र प्रसाद मेहता,भोक्राहा नरसिंह वडा नम्बर ४ का वडा अध्यक्ष हारुन अन्सारी,भोक्राहा नरसिंह बडा नम्बर ८ का वडा अध्यक्ष उस्मान मिया,भोक्राहा नरसिंह बडा नम्बर ६ का वडा अध्यक्ष सराजुद्दिन अन्सारी,नेपाली काङ्ग्रेस भोक्राहा नरसिंह ६ का वडा सभापति जमालुद्दिन मन्सुरी,समाजसेवी इशा अन्सारी,मोफिल अन्सारी,सशस्त्र प्रहरी बल उल्टीका प्रमुख इन्स्पेक्टर नवीन अधिकारी,प्रहरी चौकी उल्टीका सइ अर्जुन मगर लगायतको उपस्थिति रहेको थियो । भोक्राहा नरसिंह वडा नम्बर ८ का अग्नि पीडितलाई राहत वितरण गर्दै प्रदेश सांसद मन्सुरी आगामी दिनमा पनि आवश्यकता अनुसार सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।
इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...








