लौकही । कोसी गाउँपालीका वडा नम्बर १ लौकही स्थित रहेको गाउँपालीकाको सभा हलमा पालीका स्तरीय खानेपानी तथा सरसफाइ समिति (Wash) को लागि अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ । सेभ द अर्थ सुनसरीको सहयोग एवं फैरमेडको सहजीकरणमा सो कार्यक्रम आयोजना गरिएको हो । विश्वास परियोजना अन्तर्गत संचालित अन्तरक्रिया कार्यक्रममा परियोजनाको उद्देश्य,सरसफाइको परिचय,सरसफाइको कमिबाट लाग्ने रोग र त्यसबाट बच्ने उपाय लगायतका बारे जानकारी गराइएको थियो ।

अन्तरक्रिया कार्यक्रममा कोसी गाउँपालीकाकी उपाध्यक्ष अनितादेवी यादव,प्रमुख प्रशासकीय अधिकृत चोलाराज दंगाल,सेभ द अर्थ फाउन्डेसन इन्टरनेसनलका अध्यक्ष पुष्पबहादुर भट्टराई,विस्वास परियोजना संयोजक मनिष सुवेदी,सहयोगी संस्था FAIRMED बाट शोभाराम भण्डारी,कोसी गाउँपालिका विस्वास परियोजनाका सामुदायिक स्वास्थ्य सहजकर्ता सन्तोष साहु,विभिन्न वडाका अध्यक्षहरु,कार्यपालीका सदस्य,कर्मचारीहरु,सुरक्षाकर्मी लगायतको उपस्थिति रहेको थियो । सो कार्यक्रम देशका विभिन्न नौ वटा जिल्लामा संचालित छन् भने कोसी प्रदेशका सुनसरी,मोरङ र झापाका विभिन्न स्थानीय तहहरुमा कार्यक्रम संचालनमा रहेकोे जानकारी गराइएको थियो ।
एकसय २३ केजी गाँजा सहित भारतीय नागरिक पक्राउ
सुनसरी जिल्लाको कोशी गाउँपालीका क्षेत्रबाट नेपाल प्रहरीले एक सय २३ दशमलव ५ केजी गाँजा सहित एकजना भारतीय नागरिक लाई पक्राउ...









