लौकही । कोशी गाउँपालिकाले गाउँ तथा वडाका युवाहरुका लागि निःशुल्क शिक्षक सेवा तयारी कक्षा दिएको छ । आधारभुत तथा प्राथमिक तहको शिक्षक सेवाका लागि ३० कक्षा सञ्चालन गरिएकोमा बुधबार सम्पन्न भएको गाउँपालिकाले जनाएको छ । कक्षा लिनका लागि योग्यता पुगेका गाउँपालिका भित्रका इच्छुकहरूलाई आवेदन भर्न लगाएर ३० दिनसम्म विज्ञ प्रशिक्षकहरुबाट शिक्षक सेवा तयारी कक्षा समपन्न गरेको हो । सामजिक जीवन केन्द्र नेपाल सुनसरीको आयोजना तथा कोशी गाउँपालिकाको सहयोगमा तालिम सम्पन्न गरेको हो । गाउँपालिकाले सुरुमा आ–आफ्ना वडा कार्यालयमा निवेदन दिन सक्ने गरि सूचना जारी रहेको र सोही अनुसार आवेदन दिएकाहरुलाई छनौट गरि तालिम दिएको प्रमुख प्रशासकीय अधिकृत चोलाराज दंगालले जानकारी दिनुभयो । पछिल्लो समय स्थायी जागिरको लागि आकर्षण बढ्दै गएपछि गाउँपालिकाले तयारी कक्षा सञ्चालन गरेको दंगालले बताउनुभयो । उहाँका अनुसार केही वर्षयता गाउँपालिकाका अध्यक्ष ऐयुव अंसारीको पहलमा तालिमहरुको आयोजना गर्दा शिक्षक अध्यापन अनुमती पत्रको परीक्षा र शिक्षक सेवा आयोगको परीक्षामा पनि राम्रो गरेको पाइएकाले निरन्तरता दिएको बताउनुभयो ।
कोशी गाउँपालिकाबाट पनि प्रतिस्पर्धी जनशक्ति उत्पादन गरेर स्थायी जागिरका लागि योग्य बनाउन निःशुल्क कक्षा सञ्चालन गरीएको गाउँपालिकाका उपाध्यक्ष अनितादेवी यादवले बताउनु भयो । उहाँले भन्नुभयो, ‘लोकसेवा तथा शिक्षक सेवाको तयारी कक्षा लिनलाई टाढा जानुपर्ने र रकम तिर्नुपर्ने बाध्यता छ । यसलाई मध्यनजर गरेर हामीले आफ्नै गाउँठाउँमा दक्ष प्रशिक्षकहरूबाट कक्षा सञ्चालनको व्यवस्था मिलाएका छौँ ।’ सबै कक्षाहरूमा एक सय घण्टाको पुरा कोर्ष पढाइ हुने गरेको गाउँपालिकाले जनाएको छ । आयोजक संस्थाका अध्यक्ष हजरत मंसुरीले स्थानीय, प्रदेश र राष्ट्रिय स्तरका प्रशिक्षक मार्फत कक्षा सञ्चालन गरेको जानकारी दिनुहुदै विगतमा राम्रो भएकाले कक्षा निरन्तरता दिएको बताउनुभयो । यसैबीच ३० दिने शिक्षक सेवा तयारी कक्षा समापन कार्यक्रममा लेखा अधिकृत सुरप्रसाद दंगाल, सशस्त्र प्रहरी निरीक्षक बबलु सिंह , प्रहरी नायव निरिक्षक नागेश्वर थन्दार, अध्यक्षका स्वकिय सचिव धर्मेन्द्र विश्वास, वडा सदस्य इब्राहिम मंसुरी, संस्थाका दिनेश यादव, दिनेश साह, प्रशिक्षक विरेन्द्र सिग्देल हरि आचार्य, इश्वर पंडित र पत्रकार जयकृष्ण यादव लगायतको उपस्थिती रहेको थियो । समापन कार्यक्रममा सुरज राम र अनिता साह लगायतकाले तालिम र कक्षाको उपयोगिताका बारेमा बोल्नुभएको थियो ।
सप्तकोशी माविको बिद्यालय भवन शिलान्यास
भण्टाबारी । कोशी गाउँपालीका वडा नम्बर ८ स्थित रहेको श्री सप्तकोशी माध्यमिक बिद्यालय भण्टाबारीको नयाँ भवनको शिलान्यास गरिएको छ ।...