लौकही । गाउँपालिका राष्ट्रिय महासंघको दोस्रो अधिवेशनबाट कोशी प्रदेशको अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका अध्यक्ष ऐयुब अन्सारीलाई कोशी गाउँपालीकाको कार्यालयले सम्मान गरेको छ । आइतबार एक कार्यक्रम आयोजना गरी आइतबार उनलाई कोशी गाउँपालीकाकी उपाध्यक्ष अनितादेवी यादव,प्रमुख प्रशासकीय अधिकृत चोलाराज दंगाल,लेखा अधिकृत सुरप्रसाद दंगालले लगायतले सम्मानपत्र वितरण गरेका थिए ।
गाउँपालिका राष्ट्रिय महासंघको कोशी प्रदेशको अध्यक्ष जस्तो पदमा हाम्रा अध्यक्षज्यु निर्वाचित हुनु हामी सबैको लागि गर्वको क्षण हो कोशी गाउँपालीकाकी उपाध्यक्ष यादवले भनिन् । २०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनबाट पहिलोपटक कोशी गाउँपालीका अध्यक्ष निर्वाचित भएदेखि निरन्तर उहाँले गर्दै आउनुभएको जनमुखी कामको परिणाम आज गाउँपालिका राष्ट्रिय महासंघको कोशी प्रदेशको अध्यक्षमा निर्वाचित भएको उनले बताइन् । समन्वय र सहकार्यका माध्यमबाट सबैलाई मिलाएर सर्वपक्षीय विकास निर्माणकार्य गर्दै आएका व्यक्तित्व अध्यक्ष अन्सारी भएको बताउदै उपाध्यक्ष यादवले आगामी दिनमा उहाँको राजनीतिक यात्रा थप सफल होस् भनी शुभकामना दिएकी थिइन् ।
सोही अवसरमा बोल्दै प्रमुख प्रशासकीय अधिकृत चोलाराज दंगालले अध्यक्ष अन्सारीको मार्गदर्शनअनुसार कर्मचारीहरु इमानदारीसाथ काम गर्दै आएका कारण कोशी गाउँपालीका विकास निर्माणकार्य मात्रै नभई शिक्षा,स्वास्थ्य जस्ता क्षेत्रमा पनि फड्को मारेको बताए । सोही अवसरमा नेपाली कांग्रेस कोशी गाउँपालीकाले पनि नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर ४ का क्षेत्रीय सभापति समेत रहेका अध्यक्ष अन्सारीलाई सम्मान गरेको थियो । पार्टीको तर्फबाट नेपाली कांग्रेस कोशी गाउँपालीका उपसभापति धर्मेन्द्र विश्वासले सम्मानपत्र वितरण गरेका थिए ।
वडाध्यक्षको भाईबाट कुटिए डाक्टर राई
सुनसरी जिल्ला अस्पतालका मेडिकल सुपरिन्टेण्डेण्ट डा. सन्तोष राई शनिवार अस्पताल परिसर भित्रै कुटिएका छन् । डा.राईका अनुसार इनरुवा नगरपालिकाका ६...