इनरुवा । कोशी प्रदेश प्रहरी निमित्त प्रमुख वरिष्ठ उपरीक्षक राजेशनाथ बास्तोलाले जिल्ला प्रहरी कार्यालय सुनसरीको अवलोकन गरेका छन् । आइतबार बिहान कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका निमित्त कार्यालय प्रमुख बास्तोलाले कार्यालयको निरीक्षण भ्रमणको सिलसिलामा सुनसरी प्रहरी कार्यालय, ब्यारेक भवनहरुको अवलोकन गरेको सुनसरी प्रहरीले जनाएको छ । कार्यालयमा रहेका विभिन्न शाखाहरुको निरीक्षण गर्दै उनले शाखाहरुमा भएका काम कारवाहीको सम्बन्धमा जानकारी लिदै आगामी दिनहरुमा प्रहरीले दैनिक गर्ने काम कारवाहीलाई चुस्त, दुरुस्त गरी अभिलेखिकरण गर्दै लैजाने भनि निर्देशन दिएका छन् ।

कोशी प्रदेश प्रहरी निमित्त प्रमुख वरिष्ठ उपरीक्षक बास्तोलाले प्रहरीहरूलाई सामाजिक सञ्जालको सदुपयोग गर्दै अपराध नियन्त्रण, शान्ति सुरक्षा कायम राख्नका लागि प्रयोग गर्न निर्देशन दिएका छन् ।जिल्ला प्रहरी कार्यालय सुनसरीको निरीक्षण भ्रमणको अवसरमा आइतबार निर्देशनको क्रममा उनले सामाजिक सञ्जालको कुरा पनि उल्लेख गरेका हुन् । खुल्ला सिमानाको कारण हुने विभिन्न आपराधिक गतिविधि, लागुऔषधको प्रयोग र ओसार पसार, चोरी तस्करीका घटनाहरूलाई नियन्त्रण गर्न निमित्त प्रमुखले विशेष निर्देशन दिएका छन् ।

सुनसरीका प्रहरी उपरीक्षक प्रभु ढकालले जिल्लाको वस्तुस्थितिका बारेमा निमित्त प्रहरी प्रमुख बास्तोलालाई अवगत गराएका थिए । सोही अवसरमा निमित्त प्रमुख बास्तोलाले निरीक्षण भ्रमणको क्रममा जिल्ला प्रहरी कार्यालय, मातहत कार्यालयहरूबाट उपस्थित प्रहरी अधिकृत तथा जवानहरूलाई आवश्यक निर्देशन दिएका हुन । सीमा क्षेत्रहरूमा कडाइका साथ चेक जाँचको व्यवस्था मिलाउनका साथै सवारी दुर्घटना न्यूनीकरण, सवारी नियम उलङ्घन गर्ने सवारी साधनलाई कारबाही र सवारी साधनको प्रयोग गरी हुन सक्ने आपराधिक गतिविधिलाई नियन्त्रण गर्न व्यवस्था मिलाउन निर्देशन दिइएको सुनसरी प्रहरीले जनाएको छ ।
इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...








