लौकही । नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर ४ क्षेत्रिय कार्य समितिद्वारा आयोजित नयाँ वर्षको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर ४ का सभापति ऐयुब अन्सारीको अध्यक्षतामा आयोजित उक्त कार्यक्रम बीपी स्मृति भवन लौकहीमा बुधबार सम्पन्न भएको हो । नयाँ वर्ष २०८० तथा र रमजानको अवसरमा आयोजना गरिएको शुभकामना आदानप्रदान बोल्दै नेपाली कांग्रेस पार्टीका केन्द्रिय सदस्य राजीव कोईरालले नयाँ वर्षको शुभकमना सहित देशमा विकास गर्ने र जनताको भावना सम्बोधन गर्ने पार्टी काग्रेंस मात्रै रहेको बताउनुभयो । उहाँले कांग्रेस देश र जनताको पक्षमा सात दशकदेखी निरन्तर काम गर्दै आएकाले अहिले सरकार रहेको बताउनुभयो ।

पार्टीका जिल्ला सभापती एवम् इनरुवा नगरपालिकाका नगर प्रमुख केदार भण्डारीले नयाँ वर्ष तथा रमजानको शुभकामना दिनुहुदै जहिलेको परिवर्तनको पक्षमा कागेंस रहेकाले देशको सबै उपलब्धी आफ्नै पार्टीको कारणबाट भएको बताउनुभयो । उहाँले पार्टीको हित भन्दा देश र जनताको हितमा सबैले काम गर्नुपर्ने बताउनुभयो । प्रदेश सभा सदस्य हाजी इसराईल मंसुरीले नयाँ वर्षले सबैको विकास, समृद्धि र प्रगतीको कामना गर्नुभयो । अर्का प्रदेश सभा सदस्य सदानन्द मण्डलले क्षेत्र नम्बर ४ एतिहासिक क्षेत्र भएकाले यसलाई जोगाईरहन जरुरी रहेको बताउनुभयो ।

नेपाली काग्रेंस सुनसरी क्षेत्र नंम्बर ४ क्षेत्रिय समितिका सभापती एवम् कोशी गाउँपालिकाका अध्यक्ष ऐयुव अंसारीले जनताको मन जित्दै आएकोले नेपाली कांग्रेस गाउँपालिका, प्रदेश सभा र प्रतिनिधि सभा सबै क्षेत्र दोस्रो पटक निर्वाचित भएको बताउनुभयो । अंसारीले नेपाली काग्रेंसको किल्लाको रुपमा सुनसरी क्षेत्र नंम्बर ४ हुनमा क्षेत्रिय समितिका पार्टीका नेताकार्यकर्ताहरु र जनताहरु भएकाले सबैलाई नयाँ वर्ष सहित रमजामको शुभकमना दिनुभयो । सो कार्यक्रममा नेपाली कांग्रेस कोसी गाउँपालीका सभापति सुलेमान मन्सुरी,महाधिवेशन प्रतिनिधि रेवतीरमण भण्डारी,सुनसरी क्षेत्र नम्बर ४ का सचिव रोशन खड्का,जुगेश्वर यादव लगायत सयौं नेताकार्यकर्ताको उपस्थिति रहेको थियो ।
इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...








