हरिपुर । सुनसरीको कोसी गाउँपालीका वडा नम्बर ७ हरिपुरका आगलागी पीडितलाई नगद सहयोग रकम हस्तान्तरण गरिएको छ । वैशाख ४ गते अन्दाजी १२ बजेको समयमा विद्युत सर्ट भई स्थानीय चनर सदाको घरबाट आगलागी हुँदा चनरसहित स्थानीय जगदीश सदा, दिनेश सदा,वेचन सदा,हरेराम सदा,शिवनारायण सदा र सोनितादेवी सदाको घर तथा घरभित्र रहेको नगद,अन्नपात,लत्ताकपडा,भाडा वर्तन जलेर पूर्णरूपमा नष्ट भएको थियो । उनीहरूलाई आगलागी पश्चात् तत्कालै रेडक्रस कोसी र कोसी गाउँपालीकाले संयुक्तरूपमा खाद्यान्न सामाग्रीका साथै आवश्यक सामाग्री सहयोग गरेकोमा शुक्रबार भने कोसी गाउँपालीकाले नगद २५ हजारका दरले आगलागी पीडित परिवारलाई रकम हस्तान्तरण गरेको कोसी गाउँपालीका वडा नम्बर ७ का वडा अध्यक्ष लालदेव सदाले जानकारी दिए ।

आगलागीबाट घरवारविहीन भएका पीडित परिवारलाई कोसी गाउँपालीकाका अध्यक्ष ऐयुब अन्सारीले नगद रकम हस्तान्तरण गरेका थिए । सो अवसरमा कोसी गाउँपालीका वडा नम्बर ७ का वडा अध्यक्ष लालदेव सदा,कोसी गाउँपालीका प्रशासन शाखा प्रमुख बिनोद मिश्र,कोसी गाउँपालीका वडा नम्बर ७ का पूर्व वडा अध्यक्ष रामचन्द्र महतो,वर्तमान वडा सदस्य विजय सदा लगायतको उपस्थिति रहेको थियो । आगलागी पीडित परिवारलाई आगलागी पश्चात् तत्कालै आवश्यक खाद्यान्न सामाग्री,त्रिपाल लगायत सहयोग गरेकोमा शुक्रबार २५ हजारका दरले उपलब्ध गराइएको कोसी गाउँपालीका अध्यक्ष ऐयुब अन्सारीले जानकारी दिए । उनले पीडित परिवारलाई आवश्यकता आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...








