इनरुवा । सुनसरीको कोशी गाउँपालिका वडा नम्बर ५ मा निर्माण गरिएको प्रसूति गृह सञ्चालनमा आएको छ ।कोशी गाउँपालीका वडा नम्बर १ र वडा नम्बर ७ मा रहेको स्वास्थ्य चौकीको प्रसुती सेवा केन्द्र प्रभावकारी बन्दै गएपछि कोसी गाउँपालीका वडा नम्बर ५ कुम्याहीमा अर्को प्रसुती गृह र स्वास्थ्य प्रयोगशाला सेवा संचालनमा आएको छ ।कोशी गाउँपालीकाको ५० लाख लागतमा निर्माण भएको आठ कोठे भवनको एक कार्यक्रमका बीच गाउँपालीका अध्यक्ष ऐयुब अन्सारीले बिहीबार उद्घाटन गरेका हुन । गाउँमै सर्वसाधारणलाई सेवा दिने उद्देश्यले उपभोक्ता समितिमार्फत ५० लाख लागतमा प्रसुती गृह रप्रयोगशाला सेवा संचालनमा ल्याइएको कोसी गाउँपालीका वडा नम्बर ५ का अध्यक्ष शाह जमालले जानकारी दिए ।

गाउँमै तालिम प्राप्त र अनुभवी स्वास्थ्यकर्मीले सेवा दिदा भारतीय अस्पताल र इनरुवा, बिराटनगर धाउनुपर्ने बाध्यता हटेको उनले बताए । गरिब,निमुखा तथा पिछडिएका क्षेत्रमा प्रसुती गृह निर्माण गरिनु सकारात्मक पक्ष भएपनि त्यसको व्यवस्थापनमा ध्यान दिन स्थानीय अगुवा मौलाना अब्दुल वासिकले जनप्रतिनिधिहरुलाई सुझाव दिए । बाढी पीडित क्षेत्र समेत भएकाले सबै क्षेत्रमा बाटोको सुविधा नहुँदा समयमै गर्भवती महिलालाई लौकहीको प्रसुती गृह वा अस्पताल पुर्याउन नसक्दा कतिपयले अकालमा ज्यान गुमाएको विगत सम्झिदै आफूले चुनावको बेला गरेको प्रतिबद्धता पुरा गरेको गाउँपालीका अध्यक्ष अन्सारीले बताए । आफूले गरेको प्रतिबद्धता बमोजिम कोशी गाउँपालीकाको सबै वार्डमा स्वास्थ्य चौकी स्थापना गरिसकिएको उनले बताए । तीनवटा वडामा निर्माण सम्पन्न गरी संचालनमा ल्याइएको र अब सबैमा वार्डमा प्रसुती गृह निर्माण गर्ने आफ्नो योजना रहेको अध्यक्ष अन्सारीले बताए ।

प्रसूति गृह सञ्चालन भएपछि गर्भवती महिलालाई गाउँमै सहज प्रसुति गराउन पाउने कोशी गाउँपालीकाकी उपाध्यक्ष अनिता यादवले बताइन । नेपालको संविधानले नै महिलालाई सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य सम्बन्धित हक प्रदान गरेकाले त्यसको कार्यान्वन गर्नका लागि आफूहरू कटिबद्ध भएर लागेको कोशी गाउँपालीकाका प्रमुख प्रशासकीय अधिकृत चोलाराज दंगालले बताए । मातृत्व र प्रजनन स्वास्थ्यलाई सुरक्षित, गुणस्तरीय, सर्वसुलभ तथा पहुँचयोग्य बनाउने दायित्व स्थानीय सरकारको भएकाले प्रसुति गृह संचालन ल्याइएको अध्यक्ष अन्सारी बताउँछन् ।

गाउँगाउँमा प्रसूति गृह नहुँदा महिलाले बाटोमा नै बच्चा जन्माउनुपर्ने बाध्यताका कारण महिलाको स्वास्थ्यमा जोखिम रहेकोमा अव प्रसुति गृहसगैं महिलालाई सहज र सुरक्षित सुत्केरी गराउन पाउने उनको भनाइ छ । उनले अहिले प्रसूति गृह सञ्चालनमा आएकाले गर्भवतीको अवस्था हेरेर सेवा दिने र जटिल खालका भए अन्यत्र पठाउने बताए । राम्रो प्रसूति गृह नहुँदा घरमै असुरक्षित सुत्केरी गराउन बाध्य स्थानीय आफ्नै गाउँमा प्रसूति गृह बनेसँगै सो समस्याबाट मुक्ति पाउने स्थानीयको भनाइ छ । प्रसूति गृहको स्थापनासँगै महँगो खर्च गरेर अन्य सहरका अस्पतालमा जानुपर्ने बाध्यता हटेपछि स्थानीय हर्षित भएका छन् ।
इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...








