लौकही । सुनसरीको कोशी गाउँपालीका वडा नम्बर ५ स्थित कुम्याहीमा केही दिनअगाडिबाट संचालनमा आएको प्रसुतीगृहमा पहिलो बच्चाको रूपमा बिहीबार बिहान ६ बजेर ५ मिनेटमा छोरा जन्मदिने इसरत जहाँ पुरस्कृत हुनुभएको छ । कोशी गाउँपालीकाका अध्यक्ष ऐयुब अन्सारीले उद्घाटन गर्दै प्रसुती गृहमा पहिलो बच्चा जन्मदिने आमालाई नगद ५ हजार दिने घोषणाअनुसार अनुसार पुरस्कृत गरिएको छ ।

अध्यक्ष अन्सारीको अनुपस्थितीमा उक्त बच्चा जन्म दिने आमालाई उहाँका स्वकीय सचिव धर्मेन्द्र विश्वासले नगद रकम हस्तान्तरण गर्नुभएको हो । यस्तै सोही महिलालाई आफूले गरेको घोषणाअनुसार कोशी गाउँपालीका उपप्रमुख अनितादेवी यादवले नगद ३ हजार र कोशी गाउँपालीका वडा नम्बर ५ का अध्यक्ष शाह जमालज्युले नगद २५ सय रुपैयाँबाट प्रसुती गृहमा पहिलो बच्चा जन्मदिने आमालाई पुरस्कृत गर्नुभएको छ ।
इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...








