लौकही । कोशी गाउँपालिकाले गाउँ तथा वडाका युवाहरुका लागि आयोजना गरेको निःशुल्क लोकसेवा तयारी कक्षा सम्पन्न भएको छ । आयोगद्धारा लिइने नायव सुब्बा र खरिदार पदको परीक्षा दिन चाहने गाउँका उम्मेदवारहरुलाई लक्षित गरी आयोजना गरिएको ३० दिने निशुल्क लोकसेवाको तयारी कक्षा सम्पन्न भएको हो । कोशी गाउँपालीकाको सहयोगमा सामजिक जीवन केन्द्र नेपाल सुनसरीले चैत १५ गतेदेखि आयोजना गरेको सो ३० दिने निशुल्क लोकसेवाको तयारी कक्षा तालिममा विभिन्न वडाका ४० जनाको सहभागिता रहेको जनाइएको छ ।

नायव सुब्बा र खरिदार पदको परीक्षा दिन चाहने उम्मेदवारहरुलाई छनोट गरी लोकसेवा परीक्षा उत्तीर्ण गर्न सहयोग पुग्ने उद्देश्यले आयोजना गरिएको सो तालिमबाट युवाहरू लाभान्वित भएको आयोजक सहयोगमा सामजिक जीवन केन्द्र नेपाल सुनसरीका अध्यक्ष हजरत हुसेनले जानकारी दिए । ३० दिने निशुल्क लोकसेवा तयारी कक्षा कार्यक्रमको समापन कार्यक्रममा बोल्दै कोशी गाउँपालिकाका ऐयुब अन्सारीले गाउँपालिकाले गाउँका युवायुवतीहरुलाई लक्षित गरी जिल्लामै पहिलो पटक आफूहरुको पहलमा नायव सुब्बा र खरिदार पदको तयारी कक्षा सम्पन्न गराउन पाउँदा निकै खुशी लागेको बताए । गाउँपालिकाका धेरै युवायुवतीहरुले नायव सुब्बा र खरिदार पदमा नाम निकालेर गाउँपालिकाको शिर माथि उठोस भनेर आयोजना गरेको तयारी कक्षा निकै महत्वपूर्ण भुमिका खेल्ने उनले बताए । तयारी कक्षामा सिकेका ज्ञानलाई सहभागीहरुले राम्रोसँग सदुपयोग गरेको अवस्थामा नाम निकाल्न सकिने अध्यक्ष अन्सारी बताउँछन् ।

कोशीका प्रमुख प्रशासकिय अधिकृत चोलाराज दंगालले सरकारी सेवामा केही गरौँ भन्ने भावना बोकेका युवाहरुलाई तालिममार्फत आफुहरुले बाटो देखाउने काम गरेको र त्यो बाटोमा सही ढंगले हिँडेर सफल हुन तयारी कक्षामा सहभागीहरुलाई आग्रह गरे । सम्पन्न भएको लोकसेवा तयारी कक्षामा सिकेका कुराहरुबाट आफूहरूलाई सफलता हात पार्न सहयोग पुग्ने सहभागीको भनाई थियो । ३० दिने निशुल्क लोकसेवा तयारी कक्षा कार्यक्रमको समापन सामजिक जीवन केन्द्र नेपाल सुनसरीका अध्यक्ष हजरत हुसेनको अध्यक्षता एवं कोशी प्रदेशका सांसद सदानन्द मण्डलको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । सोही कार्यक्रमलाई सम्बोधन गर्दै अर्का प्रदेश सांसद हाजी इसराइल मन्सुरीले वर्तमान समयको माग र आवश्यकता अनुसार कोशी गाउँपालीकाले आयोजना गरेको तयारी कक्षा जस्ता कार्यक्रम अन्य स्थानीय तहहरु हुनुपर्नेमा जोड दिए । स्थानीय तहहरुले भौतिक पूर्वाधारको विकासका साथसाथै गाउँघरका बेरोजगार युवाहरूलाई रोजगारको बाटो देखाउन यस्ता कार्यक्रम आवश्यक भएको उनको भनाइ थियो ।
इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...








