लौकही । श्री गौरी शंकर एग्रो इण्डष्ट्रिज प्रालि भरतपुर महानगरपालिका, वडा नं. ३, चितवनले निर्माण गरिरहेको गौरी शंकर एग्रो ईण्डष्ट्रिज विरुद्ध किसानले आपत्ति जनाएका छन् । कोशी गाउँपालिका वडा नं. ३ को कृषियोग्य जग्गामा निर्माणाधिन सो ईण्डष्ट्रिज विरुद्ध किसानले आपत्ति जनाएका छन् । किसानहरुको माग जायज भएको भन्दै त्यसमा कोशी गाउँपालीकाले पनि समर्थन गरेको छ । कोशी गाउँपालिका वडा नं. ३ को कृषियोग्य जग्गामा निर्माणाधिन भइरहेको एग्रो ईण्डष्ट्रिजबाट आफूहरूको जीवनयापनमा नै असर पर्ने भन्दै त्यसलाई रोक्न किसानहरुले ध्यानाकर्षण गराएपछि कोशी गाउँपालीका अध्यक्ष ऐयुब अन्सारी आफैले श्री गौरी शंकर एग्रो इण्डष्ट्रिज प्रालि भरतपुर महानगरपालिका, वडा नं. ३, चितवनलाई तत्काल निर्माणकार्य रोकेर छलफल आउन भन्दै गएको १९ गते पत्राचार गरेका थिए ।

सो पत्राचारमा निर्माणकार्य भइरहेको एग्रो इण्डष्ट्रिज कृषिक्षेत्र जग्गामा अवस्थित रहेको तथा वर्षाको वेला बाढीको पानी बगेर जाने मुहानलाई असर पर्ने र उक्त जग्गा धान पकेट क्षेत्र पर्ने भएकोले हजारौं विगाहा धानको खेतीलाई समेत क्षति पुर्याउन सम्भावनाका बारेमा उल्लेख गर्दै सचेत गराइएको थियो । सोही कारण उक्त निर्माणाधिन कार्य रोकी उक्त ईण्डष्ट्रिजको उद्देश्य सहितको विवरण एवं ईण्डष्ट्रिजसँग सम्बन्धित सम्पूर्ण कागजपत्र सहित ७ (सात) दिन भित्र कार्यालयमा सम्पर्क गर्नहुन सो पत्राचारमा उल्लेख गरिएको श्रोतको बताउँछ । कोशी गाउँपालीका अध्यक्ष ऐयुव अन्सारीद्वारा हस्तारित सो पत्राचार कार्यान्वयन निर्माण कम्पनीले नगरेको भन्दै २४ गते आइतबार कोशी गाउँपालीकाले बाटो अवरुद्ध गरी तत्काल निर्माणकार्य अवरुद्ध गरेको हो ।

निर्माणकार्य रोकेर गाउँपालीका अध्यक्ष अन्सारीले सोमबार बिहानै स्थानीय किसानहरुलाई भेला पार्दै उनीहरूको राय सल्लाह सुझाव लिएर आफू किसानहरुको साथमा रहेको बताएका छन् । खेतीपाती गरी वर्षभर जीविकोपार्जन गर्ने गरिब निमुखा किसानहरुको पेटमा लात हान्ने गरी आफूखुसी एग्रो ईण्डष्ट्रिज निर्माणकार्य भइरहेको हुनाले त्यसलाई रोक्नुपर्ने अध्यक्ष अन्सारीले बताए । निर्माण कम्पनीका व्यक्तिले आफ्नो फाइदाअनुसार सो ईण्डष्ट्रिजको निर्माणकार्य गरेपनि पानी निकासी गर्ने बाटो मुहान बनाउनेदेखि अन्य कतिपय नियमअनुसार महत्त्वपूर्ण गर्नुपर्ने शर्त पूरा नगरेसम्म निर्माणकार्य अगाडि बढाउन नदिने किसानहरुले चेतावनीसमेत दिएका छन् ।
इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...








