लौकही । सुनसरी जिल्लाको कोशी गाउँपालीका वडा नम्बर ३ स्थित जमुवा अवस्थित रहेकोे कोशी गाउँपालीका अध्यक्ष ऐयुब अन्सारीको घरमा सुनसरीबाट हज गर्न जाने व्यक्तिहरुलाई प्रशिक्षण सहित सम्मान गरिएको छ । हाजी उस्मान एण्ड जमिला मेमोरियल ट्रष्ट कोशी गाउँपालीकाले आयोजना गरेको हज सम्बन्धि प्रशिक्षण तथा सम्मान कार्यक्रममा जिल्लाका विभिन्न क्षेत्रबाट हज गर्न जाने पुरुष र महिला गरी १५० जनाबढीको उपस्थिति रहेकोे थियो ।

हाजी उस्मान एण्ड जमिला मेमोरियल ट्रष्ट कोशी गाउँपालीकाकी अध्यक्ष नगमा शाहिदको अध्यक्षता एवं सुनसरी क्षेत्र नम्बर ४ बाट निर्वाचित संघीय सांसद ज्ञानेन्द्रबहादुर कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा सुनसरी क्षेत्र नम्बर ४ क बाट निर्वाचित सदानन्द मण्डल,सुनसरी क्षेत्र नम्बर ४ ख बाट निर्वाचित इसराइल मन्सुरी,जिल्ला समन्वय समिति सुनसरीका सभापति राजन मेहता,नेपाली कांग्रेसका केन्द्रिय सदस्य राजीव ढुंगाना,सिताराम मेहता,कोशीका अध्यक्ष ऐयुब अन्सारी,हरिनगरका अध्यक्ष गफार अन्सारी,अबुल अन्सारी,नेपाली कांग्रेस कोशी गाउँपालीका सभापति सुलेमान मन्सुरी,कोशी गाउँपालीका वडा नम्बर ५ का अध्यक्ष साह जमाल लगायत ३०० जना बढीको उपस्थिति रहेको थियो ।

कार्यक्रममा हज गर्न साउदी अरब जादको अवस्था,अपनाउनुपर्ने सावधानी,कानुनी अड्चन लगायत विषयमा मौलाना साबिरले प्रशिक्षण दिएका थिए भने हज सम्बन्धि प्रशिक्षण तथा सम्मान कार्यक्रममा प्रमुख अतिथि,अतिथि लगायत सहभागीहरुलाई हाजी उस्मान एण्ड जमिला मेमोरियल ट्रष्ट कोशी गाउँपालीकाका उपाध्यक्ष धर्मेन्द्र विश्वासले स्वागत गरे । यस्तै सो कार्यक्रम समाजिक अगुवा हजरत मन्सुरीले संचालन गरेका थिए ।

यसैबीच मुस्लिम समुदायले पवित्र स्थल साउदी अरबको मक्का मदिना हज जादा असहज भएको गुनासो गरेपछि सुनसरी क्षेत्र नम्बर ४ बाट निर्वाचित संघीय सांसद ज्ञानेन्द्रबहादुर कार्कीले शुल्क घटाउन सरकारको ध्यानाकर्षण गराएका छन् । हाजी उस्मान एण्ड जमिला मेमोरियल ट्रष्ट कोशी गाउँपालीकाले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले हज यात्रामा जानेहरुको शुल्क घटाउन आफूले सरकारको ध्यानाकर्षण गराउदै आएको बताए । विगतमा भन्दा तीन गुणा बढी रकम तिरेर हज यात्रा गर्न जानुपर्ने अवस्था सृजना हुँदा मुस्लिम धर्मावलम्बीले एक पटक पुग्नैपर्ने मक्का मदिना जानबाट निम्नआय भएका विपन्न वर्ग बन्चित भएको भन्दै सांसद कार्कीले त्यसबारे गम्भीर रूपमा सोच्न केही दिनअगाडि सांसदमा सरकारको ध्यानाकर्षण गराएका थिए ।
इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...








