लौकही । बाढीबाट हुने सम्भावित जोखिम नियन्त्रणका लागि कोशी गाउँपालीका क्षेत्रका जनप्रतिनिधिलाई विपद् उद्दार तालिम दिइएको छ । बर्खामा आउने बाढीको क्षति कम गर्न सहयोग पुग्ने उद्देश्यले जनप्रतिनिधिलाई लक्षित गरेर बन्दोबस्ती क्षमता लेखाजोखा तथा आपतकालीन योजना तर्जुमा गोष्ठी कार्यक्रम आयोजना गरिएको जनाइएको छ । कोशी गाउँपालीका वडा नम्बर ३ कोशी टप्पुस्थित रहेको अकुवा बर्ड्स होटलमा डब्लूएफपीले कोशी गाउँपालीकाको समन्वयमा पूर्वानुमानमा आधारित अग्रिम कार्य बन्दोबस्ती क्षमता लेखाजोखा तथा आपतकालीन योजना तर्जुमा गोष्ठी आयोजना गरेको हो ।

कोशी गाउँपालीका अध्यक्ष ऐयुब अन्सारीको अध्यक्षतामा सोमबार सम्पन्न कार्यक्रममा कोशी गाउँपालीकाका ८ ओटै वडाका अध्यक्षहरु,कार्यपालिका सदस्यहरु,कर्मचारीहरुको उपस्थिति रहेकोे थियो भने सो दुईदिने कार्यक्रममा सहभागी भएकाहरुलाई यस वर्षको मनसुनलाई ध्यानमा राख्दै हुनसक्ने बाढी, डुबान, कटान, नदी कटान,जस्ता विपदबाट गाउँवस्ती, बालीनाली, स्वास्थ्यमा पुर्याउन सक्ने जोखिमको विश्लेषण गर्दै त्यसप्रति सजग रहन, तत्काल राहत तथा उद्दार कार्यमा जुट्न अपनाउनुपर्ने सावधानीबारे जानकारी गराइएको थियो । विपद्का बखत अपनाउनुपर्ने सावधानी र पूर्वतयारीबारे प्रशिक्षण दिई सहभागीबाट प्राप्त जिज्ञासा् र सुझावअनुसार कोशी गाउँपालीकाले विपद् व्यवस्थापन सम्बन्धि कार्यविधि बनाएको छ । सोही कार्यविधिअनुसार सम्भावित विपद् व्यवस्थापन नियन्त्रण गरिने कोशी गाउँपालीकाका प्रमुख प्रशासकीय अधिकृत चोलाराज दंगालले जानकारी दिए । आउनसक्ने सम्भावित बाढीको क्षति कम गर्नका लागि पूर्वतयारी गरिएको बताउदै कोशी गाउँपालीका अध्यक्ष ऐयुब अन्सारीले प्रभावितको उद्दारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरीसँग समन्वय गरेर उद्दार कार्य गरिने बताए ।

प्राकृतिक प्रकोपजन्य घटनाबाट हुने क्षति न्यूनीकरण तथा छिटो छरितो राहत उद्धार र पुनर्स्थापना लागि पूर्वतयारी आवश्यक भएकोले सोही अनुसार तयारी थालिएको उनको भनाइ छ । पूर्वसूचना प्राप्त, राहत उद्दार तथा पुनर्स्थापना लागि अग्रिम तयारी थालेको अध्यक्ष अन्सारी बताउँछन् । बाढीबाट हुनसक्ने सम्भावित जोखिममा मध्यनजर गर्दै सडक अवरुद्ध, खाद्यान्न आपूर्ति, पुनर्स्थापना, उपचार लगायतका राहत तथा उद्धारका कार्य छिटो छरितो गर्नका लागि पूर्वतयारी गरिएको उनलेे जानकारी दिए । कोशी गाउँपालीकाले सम्भावित विपद जोखिम न्यूनिकरणका लागि पूर्व तयारी गरेको हो । विगतका वर्षहरुबाट सिकेर यसपटक हामीले राम्रोसँग पूर्वतयारी गरेका छौं उनले भने बाढी पहिरो आइहालेको अवस्थामा उद्दार र राहत वितरण प्रभावकारी हुन्छ । बाढी आउनसक्ने जोखिमपूर्ण क्षेत्रमा बसोबास गर्ने बासिन्दालाई सुरक्षित स्थानमा सर्न अध्यक्ष अन्सारीले आग्रह गरे ।
इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...








