लौकही । कोशी गाउँपालीका वडा नम्बर ३ स्थित अकुवा बर्ड्समा मानव बेचबिखन तथा ओसारपसार विरुद्धको स्थानीय समन्वय समितिसँग समिक्षा बैठक सम्पन्न भएको छ । मानव बेचबिखन तथा ओसारपसार विरुद्धको स्थानीय समन्वय समितिकी संयोजक कोशी गाउँपालीकाकी उपाध्यक्ष अनितादेवी यादवको अध्यक्षता एवं कोशी गाउँपालीका अध्यक्ष ऐयुब अन्सारीको प्रमुख आतिथ्यमा आइतबार सो कार्यक्रम सम्पन्न भएको हो ।

समिक्षा बैठकमा सशस्त्र प्रहरी बल नेपाल बिओपी भण्टाबारीका प्रमुख,ईलाका प्रहरी कार्यालय भण्टाबारीका प्रमुख, कोशी गाउँपालीका वडा नम्बर १ का अध्यक्ष सोभितनारायण मण्डल,२ का अध्यक्ष ध्यानी उराँव,३ का सुलेमान मन्सुरी, ८ का बलरामकुमार क्षेत्री,साझा सवालका लागि साझा मञ्च कोकनका कार्यक्रम संयोजक हेमन्तराज पौडेल,बालकुमारी बिक,पहलाद आलम,कोशी गाउँपालीका अध्यक्षक!स्वकीय सचिव धर्मेन्द्र विश्वास,अभियन्ता बिरेन्द्र कामैत,कोशी गाउँकार्यपालीका सदस्यहरु सहितको उपस्थिति रहेको थियो ।

सो बैठकमा प्लान इन्टरनेसनल नेपालको सहकार्य एवं कोशी गाउँपालीकाको सहयोगमा संचालित मानव बेचबिखन तथा रोकथाम परियोजनाबाट भएका उपलब्धि र भावी दिनमा अपनाउनुपर्ने योजनाका बारेमा छलफल गरिएको थियो ।
इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...








